अब एसरको ट्याबलेट र एन्ड्रोइड स्मार्टफोन

२०७० जेष्ठ २२ गते, बुधबार

एसरले आफ्नो नयाँ उत्पादन ट्याबलेट र स्मार्टफोन सार्वजनिक गरेको छ ।आइकोनिया डब्लू ३ ट्याबलेटको डिस्प्ले ८ दशमलव १ इन्च छ भने लिक्विड एस १ स्मार्टफोनको डिस्प्ले ५ दशमलव ७ इन्च रहेको एसरले जनाएको छ ।ट्याब्लेटमा १२८०×८००को स्क्रिन रिजोलुसन छ भने इन्टेल एटमको जेड २७६० प्रोसेसर, अगाडी र पछाडी २ मेगा पिक्सेलको क्यामरासँगै ३२ वा ६४ जिबी क्षमताको मेमोरी छ । यो मेमोरीलाई आवश्यकता अनुसार बढाउन पनि सकिन्छ । ट्याबलेटको ब्याट्रीले ८ घण्टासम्म काम गर्ने एसरको दावी छ ।यो आकारमा विन्डो ८ भएको यो एक मात्र ट्याबलेट हो । यसमा पहिला नै माइक्रोसफ्ट सफ्टवेयर रहने भएकाले विद्यार्थीका लागि यो विषेश उपयोगी हुने एसरको विश्वास छ ।
३२ जिबी मेमोरी भएको ट्याबलेटको मुल्य ४ सय २८ डलर रहेको छ भने ६४ जिबी मेमोरी भएको ट्याबलेटको मुल्य ४ सय ९२ डलर रहेको छ । यी दुवै ट्याबलेट यही महिना भित्रमा बजारमा पाउन सकिने छ ।यस्तै एसरले निकाल्न लागेको लिक्विड एस १ भने ५ दशमलव ७ इन्चको ठुलो स्मार्ट फोन हो । यसको स्क्रिन रिजोलुसन १२८० × ७२० छ ।यसको मुख्य आर्कषण भनेको १ जिबी फोज मेमोरी, ८ जिबीको मेमोरी कार्ड हो, जसलाई आवश्यकता अनुसार बढाउन सकिन्छ । एसरको दावी अनुसार दिनभर चल्ने ब्याट्री हो ।
यी आर्कषण र केही कमजोरीसँगै २ वटा सिम प्रयोग गर्न सर्न सकिने सुविधाका कारण यो स्मार्टफोन ती व्यक्तिको रोजाइमा पर्न सक्छ जसले सस्तो मुल्यमा ठुलो एन्ड्रोइड स्मार्टफोन चाहान्छन् ।
४ सय ५४ डलरको सुरुवाती मूल्यका साथ यो फोन फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, युक्रेन, रसिया, वेलायत, जर्मनी, स्पेन र इटालीका बजारमा उपलब्ध हुने छन् ।
यसैबिच, ट्विटरले भिडियो अपलोड गर्ने लोकप्रिय मोबाइल एप्लिकेशन भाइनको एन्ड्रोइड भर्सन सुरु गरेको छ। एप्पपल आइओएस अपरेटिङ सिस्टममा भाइनका १३ मिलियन प्रयोगकर्ता पुग्दै गर्दा ट्विटरले विश्वको नम्बर एक गुगल अपरेटिङ सिस्टम एन्ड्रोइड भर्सनका लागि भिडियो अपलोड एप ल्याएको हो। भाइनको एन्ड्रोइड एपबाट प्रयोगकर्ताले सहजै ६ सेकेण्डको भिडियो अपलोड गर्न सक्छन्। यसरी अपलोड भएको भिडियो एम्बेड गर्न र सामाजिक सञ्जाल साइटहरुमा सेयर गर्न पनि सकिनेछ। यो एपबाट लोकप्रिय पोष्ट थाहा पाउन र ट्रेण्डिङ के छ बुझ्न, साथी खोज्न र नयाँ साथीलाई निम्ता गर्न पनि सकिनेछन्।डोम होफम्यान र रुस युसुपोभले सन् २०१२ मा स्थापना गरेको भाइनलाई गत अक्टोबरमा ट्विटर किनेको थियो। ट्विटरले एप्पलको आइओएस अपरिटिङ सिस्टम भएका आइफोन र आइप्याड प्रयोगकर्ताका लागि एप सुरु गरेको केही महिनामै यो सबैभन्दा बढी भिडियो सेयरिङ एप्लिकेशन बनेको थियो।

प्रतिक्रियाहरु

[anycomment]