पुच्छर भएको मान्छे ….
 
                काठमाडौं, १५ साउन।  भारत पंजाबमा  पुच्छर भएको एक बालक भेटिएका छन्  । सन् २००१ मा जन्मिएका यि बालकलाई त्यस क्षेत्रमा हनुमानको रुपमा गाउँलेहरुले पुकार्ने गरेका छन । अहिले १२ बर्ष पुरा गरेका अरदश अली नाम गरेका यी बालकको पुच्छर आउनुमा चिकित्सकहरुले भने शारिरिक विकृतिको रुपमा लिएको बताइएको छ । नबीपुर गाउँमा रहेका बालकलाई बालाजीको नामले समेत पुकार्ने गरेको भारतीय समाचार संस्थाहरुले उल्लेख गरेका छन ।
हनुमानको रुपमा लिइएका बालकको हातमा सीताको चिन्हका साथै खुट्टामा पद्म चिन्ह समेत रहेको बताइन्छ । अहिले दैनिक रुपमा सयौंको संख्यामा टाढाटाढा बाट समेत मानिसहरु हनुमानको रुपमा पुकार्न र हेर्न आउन थालेको परिवारका सदस्यहरुले बताएका छन । हाल कक्षा ८ मा अध्ययनरत अली आफ्नो हजुरबासँगै बस्दै आएका छन । चार बर्षअघिनै पिता गुमाएका अलीको आमाले भने लोग्ने मरेको दोस्रो बर्ष अर्कै ब्यक्तिसँग भागि विवाह गरेर हिंडेको अलिको भनाइ उदृतगर्दै समाचार संस्थाहरुले उल्लेख गरेका छन ।पुच्छरका कारण दैनिकिमा समस्या भएउपछी उपचारको लागी अस्पताल गएपछि डाक्टरहरुले पुच्छर शरिरका महत्वपुर्ण अंगसँग जोडीएको भन्दै पुच्छर काटेमा बालकको मृत्युहुने भनेपछि पुच्छर नकाटीएको बालकका हजुरबुबाको भनाइ छ ।- एजेन्सी 

 
                 
                             
                             
                         
                         
                        