प्याराडाइज होटल- हेलीप्याड बनाउदै
चितवन २६ भदौ। चितवनको सौराहामा रहेको चितवन प्याराडाइज होटलले अफुलाई अन्य होटलभन्दा एक्स्ट्रा र सुविधा सम्पन्न बनाउन होटल परिसरमै हेलीप्याड -हेलीकोप्टर राख्ने ठाउँ) बनाउने तयारी गरिरहेको छ ।साढे १० विगाहामा फैलिएको होटल यसैपनि सुविधा सम्पन्न रहेको छ । हेलीप्याड बनाइसकेपछि होटल थप सुविधायूक्त बन्नुका साथै खर्चालु पर्यटक आकषिर्त गर्न समेत सघाउ पुर्याउने होटलका अपरेशन म्यानेजर शंकर प्रसाद पाठकले विश्वास व्यक्त गरे । होटलले ठूलो स्वीमिङ पुल, जीम हल र स्पाजस्ता सुविधाहरु थप गर्न लागेको जनाएको छ ।
‘होटलको सबैभन्दा आकर्षक पक्ष परिसरभित्र बनाइएको आकर्षक जंगल हो’ अपरेशन म्यानेजर पाठकले भने – ‘सौराहाको वाइल्ड लाइफमा रमाउन आउने पर्यटकहरुलाई होटलमै त्यसको आभाष दिलाउनु हाम्रो उद्देश्य हो ।’ उहाँका अनुसार होटलमा ठूलो जंगल बनाइएको हुँदा सबैभन्दा बढी चराहरु आउने गर्छन । होटलभित्र आउने प्याराडाइज लगायतका चराहरुले होटलको नामलाई पनि सार्थक बनाइदिएका छन् ।
‘२०/२१ वर्ष अगाडी बि्रटिस नागरिक ‘बब’ ले १६ रुमसहितको होटल सञ्चालन गरिरहेका थिए’ पाठकले भने – ‘उनले पछि होटलमै काम गर्ने ४ जना नेपालीलाई उक्त होटल हस्तान्तरण गरेर फर्किए , अनि ती ४ जनाले बि.के. श्रेष्ठलाई होटल बेचेका हुन ।’ होटल र्याडिसनका प्रबन्ध निर्देशक समेत रहेका श्रेष्ठले होटलको स्वामित्व लिइसकेपछि होटललाई विस्तार गर्दै, सुविधाहरु थप गर्दै आजको अवस्थासम्म ल्याइपुर्याएका हुन् । होटलको नाम चितवन प्याराडाइज होटल भएको पनि श्रेष्ठले स्वामित्व लिइसकेपछि हो ।होटलमा अहिले ६० वटा सुविधा सम्पन्न रुमहरु रहेका छन् । करिव ७ सय जना अट्ने सेमिनार हल, २ वटा सुइट रुम, ४ वटा सुपर डिलक्स रुम बाँकी नर्मल रुमहरु होटलमा रहेका छन् । होटलले सुइट रुमको १२ हजार रुपैयाँ, सुपर डिलक्स रुमको ८ हजार रुपैयाँ र नर्मल रुमको ३५ सय रुपैयाँ लिने गरेको अपरेशन म्यानेजर पाठकले जानकारी दिए । नर्मल रुममा पनि एसी र एट्याच वाथरुम लगायतका सुविधाहरु रहेका छन् ।होटलमा सबै वर्ग र तप्काका व्यक्तिहरु आउने गरेको बताउँदै पाठकले सबैभन्दा बढी सेमिनार र गोष्ठी, डिलर मिट आयोजना गर्नेहरु आउने गरेको बताए । होटलमा आकर्षक रेष्टुरेन्ट र २४ घण्टा वत्तीको व्यवस्था गरिएको छ ।
होटलले वान नाइट टु डेज, टु नाइट थि्र डेज र थि्र नाइट फोर डेज प्याकेज बनाएको छ । यस प्याकेज अन्तरगत नर्मल रुम लिनेले वान नाइट टु डेजको ५५ सय रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म तिनुपर्छ । त्यस्तै, नर्मल रुममै टु नाइट थि्र डेज प्याकेज लिने पर्यटकहरुले ८ हजार रुपैयाँ तिर्नुपर्ने पाठकले जानकारी दिए ।यस प्याकेजमा आउने पर्यटकहरुले हात्तीमा जंगल सफारी, राप्ती नदिमा डुङ्गा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, सनसेट अवलोकन, कल्चरल डान्स प्रोग्राममा सहभागी हुन पाउने होटलले जानकारी दिएको छ ।होटलमा १५० वटा रुमहरु पुर्याउने लक्ष्य बि.के. श्रेष्ठले लिएका छन । होटलमा साना सान ब्लकहरु भएका कारण पर्यटकहरुलाई रुममा बस्दा पनि आफ्नै घरमा बसेको जस्तो भान हुने दाबि गरिएको छ । होटलमा चाइनिज, इण्डियन, नेपाली र कन्टिनेन्टल खाना खुवाउने बताइएको छ ।