कागेश्वरीमा मेला
काठमाडौं, २८ भाद्र । काठमाडौंको गागलफेदी वडा नम्बर १ को कागेश्वरीमा आज भब्य मेला लागेको छ । हरेक वर्ष लाग्ने सो मेला भर्न काठमाडौका छिमेकी गाउँ र भक्तपुर, काभ्रे लगायतका जिल्लाबाट सर्वसाधारण जाने गर्छन् । सो स्थानमा महादेवले कागको रुप धारण गरेको धार्मिक किम्बदन्ती छ । कागेश्वरी महादेव मन्दिरमा पूजा गरे मुक्ति पाईने विस्वास गरिन्छ । कागेश्वरीबाट बगेको पानी वाग्मतिमा आएर मिसिने हुनाले त्यसलाई पवित्र मानी नुहाउने चलन पनि छ । रसुवाको गोसाईकुण्ड गएकाहरुले त्यहाँबाट ल्याएको जल कागेश्वरीमा चढाउने गर्छन् ।