आज बुढी पोल्ने पर्व

२०७० आश्विन १ गते, मंगलवार

डोटी, १ असोज । सुदूरपश्चिममा आज बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदैछ ।बुढी अर्थात राक्षस पुतनालाई भगवान श्री कृष्णले मारेको उत्सवको रुपमा यो पर्व प्रत्येक असोज सक्रान्तिमा मनाइन्छ । यसलाई बन्दुनी संक्रान्ति पनि भनिन्छ । परम्परागत किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उहाँका साथी ग्वालाहरुले पुतनाको शव दहन गरेको कथन छ ।द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको र भगवान श्री कृष्ण बाँचेको खुसियालीमा यो पर्व मनाइने गरिएको स्थानीय बुढापाकाहरुको भनाइ रहेको छ ।आज साँझपख सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा बन्दुनी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियालो पनि गाड्दै जाने गरिन्छ । यस पर्वमा रातभर देउडा खेल्ने, भुवा खेल्ने चलन पनि रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार