टीकापुर पार्कमा पर्यटक ओइरिए

२०७० कार्तिक २४ गते, आईतवार

काठमाडौँ । टीकापुर बृहत उद्दान पार्क-टीकापुर बंगला पार्कमा आउने आन्तरिक पर्यटकको संख्यामा दिनप्रतिदिन बृद्धि हुदै गएको छ । यस वर्षो दशैं सुरुसंगै पार्कमा गत वर्षन्दा बढी संख्यामा आन्तरिक पर्यटकहरू आइरहेको टीकापुर पार्कका इन्चार्ज अर्जुन कुँवरले बताए । विशेषगरी दशैंतिहार, नयाँ वर्ष माघे संक्रान्ति, होली लगायतका चार्डपर्वमा समयमा टीकापुर पार्कमा उल्लेख्यरूपमा आन्तरिक पर्यटकहरू आउने गर्छ । टीकापुर पार्कको सौर्न्दर्य हेन चाँडवाड तथा फूर्सद्को समयमा नेपालका विभिन्न जिल्लाहरूबाट आन्तरिक पर्यटकहरू आउने गरेको पार्कर् इन्चार्ज कुँवरले जानकारी दिए । पार्क हेन तथा पिकनिक खान आउने पर्यटकको संख्या बढेसंगै राजश्व संकलनमा समेत बृद्धि भएको छ । पार्क इन्चार्ज कुँवरका अनुसार दशैंको समयमा अर्थात असोज २४ गतेदेखि कोजाग्रत पूणिर्माका दिनसम्म करिब ७० हजार प्रबेश शुल्क उठेको छ । यो गत वर्षो तुलनामा करिब ५० प्रतिशतभन्दा बढी हो । नेपालकै ऐतिहासिक तथा नमुना पार्कको रूपमा परिचित टीकापुर पार्कमा दशैं सुरु भएसंगै पर्यकको संख्यामा बृद्धि हुने गर्दछ र यो क्रम आउने नयाँ वर्षम्म जारी रहन्छ । वषायाममा भने फाटफूटरूपमा मात्र पर्यटकहरू टीकापुर पार्क पुग्ने गर्दछन् । क्षेत्रफलको हिसाबले नेपालमै सबैभन्दा बढी जमिन भएको पार्कको रूपमा टीकापुर पार्क परिचित रहँदै आएको भएपनि यसको उचित व्यवस्थापन र प्रचार प्रसारमा अभावमा ओझेलमा परेको पर्यटन व्यवसायीहरू बताउँछन । टीकापुर पार्कको सिरानी भएर किनार हुँदै बग्ने कर्णाली नदीले झन यस क्षेत्रमा पर्यटनको सम्भव्यता बढाएको टीकापुरका पर्यटन व्यवसायी यमबहादुर बमले बताए । पर्यटन व्यवसायीहरू समेत टीकापुर पार्कमा लगानी गर्न तयार रहेको भएपनि हालसम्म राज्यपक्षवाट नीतिगत व्यवस्था नहुँदा पार्कमा निजी क्षेत्रको लगानी हुन नसकेको बमको भनाइ छ । टीकापुर पार्क विशेषगरी गुलाबको बगैचाको रूपमा नेपालभरि नै चिनिने गर्दछ भने पार्कमा तत्कालिन राजाले बनाएका बिश्रराम गृहले पनि पार्कको आकर्षा थप बढाएको छ । गत आर्थिक वर्षा स्थानीय विकास मन्त्रालयको सहयोगमा पार्क सुधार योजना सञ्चालन गरिएपछि हाल आएर टीकापुर पार्कको भौतिक संरचना, वातावरणीय सरसफाइ लगायतका विषयमा सुधार आएको टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत नारायणवहादुर बिष्टले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार