चिसो बढ्दै

२०७७ माघ २० गते, मंगलवार

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय रेखाको आंशिक प्रभावले पहाडी भू–भागमा आंशिक बदली रहेको बताएको छ । मंगलबार प्रदेश नं १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदेखि दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । अर्कोतिर तराईका भू–भागहरुमा हुस्सु्–कुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ भने राती प्रदेश नं ७ र अन्य देशका पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १,सुदुर पश्चिम र गण्डकी प्रदेशको को उच्च पहाडी तथा हिमाली भु-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
त्यसैगरी भोलि बुधबार दिउँसो देशको सुदुर पश्चिम र कर्णालि प्रदेशका पहाडि भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ भने राती देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
त्यसैगरी बिहिबार दिउँसो देशको सुदुर पश्चिम र कर्णालि प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकि पहाडि भू-भागमा आंशिक बदली साथै अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ र सुदुर पश्चिम र कर्णालि प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ भने राती देशको सुदुर पश्चिम,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकि भू-भागमा आंशिक बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भु-भागका केहि स्थानहरुमा हल्का हिमपाको संभावना रहेको छ र सुदुर पश्चिम प्रदेश ,कर्णालि प्रदेश, लुम्बिनि प्रदेश र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का बर्षा हुने संभाबना पनि रहेको छ।

प्रतिक्रियाहरु

[anycomment]