फूलबारी होटलमा भारतीय ब्यबस्थापन
काठमाडौ, १८ मंसिर । पोखरास्थित पाँचतारे होटल फूलबारी रिसोर्ट भारतीय होटल समूह ‘क्लार्क’को ब्यबस्थापन संचालन हुने भएको छ । सम्झौताअनुसार क्लार्क समूहले जनवरी २०१४ देखि १० बर्षसम्म फुलबारीको ब्यबस्थापन र बजारीकरणको जिम्मेवारी लिएको छ ।सन् १९४८ मा स्थापित क्लार्क समूह भारतमा सवैभन्दा तिब्र गतिमा बिस्तार भइरहेको होटल चेन हो । फूलबारी र क्लाक्र्सबीचको साझेदारीबाट नेपालको आकर्षक पर्यटन गन्तव्य पोखरामा भारतका औद्योगिक केन्द्रबाट होलिडे प्योकज बनाउने र भारत आइपुगेका अन्तर्राष्ट्रिय पर्यटकलाई पोखरासम्म ल्याउन महत्वपूर्ण सहयोग पुग्ने फूलबारी व्यवस्थापनले जनाएको छ ।व्यापारिक घराना अमात्य समूहले करिब दुई दशकअघि स्थापना गरेको होटल सेती नदी किनारमाथि ५० रोपनी क्षेत्रफल ओगटेको छ । यसमा १३ सुइट्स, ६२ डिलक्स, ७६ सुपर डिलक्स र १३ रोयल एक्जिक्युटिभ गरी १ सय ६४ कोठा सञ्चालनमा छन् ।
‘अमेरिका र युरोपका अधिकांश टुर अपरेटर क्लाक्र्ससँग परिचित रहेकाले यो साझेदारीबाट फूलबारी रिर्सोटलाई अन्तर्राष्ट्रिय बजार छिर्न मद्दत पुग्ने विश्वास छ,’ फूलबारीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक ल्याउन पनि सहयोग पुग्नेछ ।’
फूलबारी रिसोर्टमा मुलुककै पहिलो हेल्थ स्पा, एक्जिक्युटिभ गल्फ कोर्स र हेलिप्याड रहेका छन् । यसैगरी मस्र्याङ्दी, सेती र टेरेस गरी तीनवटा सम्मेलन कक्ष पनि छन् । सन् १९९८ मा स्थापना भएको फुलबारी होटल माओवादी द्वन्द्व उत्र्कषमा पुगेसँगै संकटमा परेको थियो । पर्यटक आउन कम भएपछि होटलले प्रतिरात ३० डलरसम्ममा कोठा बेच्नुपरेको थियो ।
त्यसैगरी हाल ४० वटा होटल सञ्चालन गर्दै आएको क्लाक्र्स समूहको भारतीय आतिथ्य सत्कार उद्योगमा राम्रो पकड रहेको फूलबारीले जनाएको छ । यसले उत्तर भारतका प्रत्येक प्रमुख पर्यटन गन्तव्यमा पाँचतारे होटल सञ्चालन गरिरहेको छ ।
क्लार्कसँगको साझेदारीले भारत तथा युरोप अमेरिकाबाट बढि पैसा खर्च गर्ने पर्यटक ल्याउन सजिलो हुने फुलबारीले बिश्वास लिएको छ । नयाँ ब्यबस्थापनमा संचालन भएसँगै फुलबारीको बुकिङ ८० प्रतिशत पुर्याउने लक्ष्य लिइएको छ । औसत रेट २ सय डलर प्रतिरात राखिएको छ । फुलबारी ब्यबस्थापनले छिटै क्यासिनोसमेत सुरु गर्ने योजना बनाएको छ ।