कम्प्युटर, ल्यापटप र मोबाइलको अत्यधिक प्रयोगले निम्त्याउने खतरनाक रोगहरू

कम्प्युटर, ल्यापटप, मोवाईल, जस्ता विद्युतीय उपकरणहरूलाई एकमुष्ट रुपम इलेक्ट्रोनिक्स ग्याजेट्स भनिन्छ । यी उपकरणको प्रयोग गर्न थालेपछि हाम्रो जीवनशैली बदलिएको छ । जीवनका हरेक पाटामा यी यन्त्र एवं उपकरणहरूको प्रयोग हुन थालेपछि हाम्रो जीवन अत्यन्त सुगम बनेको छ । तर, हाम्रो जीवनशैलीमा लामो समयदेखि घुलमिल भइरहँदा यी यन्त्र एवं उपकरणहरूले मानव स्वास्थ्यमा गहिरो असर समेत पु¥याउँदै गएको छ । यी उपकरणहरूको यथोचित प्रयोग गर्न जाने हाम्रो जीवन सुगम बन्दछ भने अनुचित एवम् अत्यधिक प्रयोगले स्वास्थ्य मात्र होइन, मानसिक स्थिति खराब गर्छ, आर्थिक अवस्था डामाडोल बनाइदिन्छ ।
१. आ“खामा असर ः विद्युतीय उपकरणहरूको अत्याधिक प्रयोगले असर पर्ने प्राथमिक अङ्ग भनेको हाम्रो आँखा नै हो । यी उपकरणको स्क्रिनबाट उत्सर्जन हुने प्रकाशले हाम्रो आँखालाई नरम्रो असर पार्दछ । लगातार स्क्रिनमा हेरिरहँदा आँखामा कम्प्युटर भिजन सिन्ड्रोम नामक शृंखलाबद्ध समस्या देखापर्ने गर्दछ । विशेषगरी मोबाइलफोन, ट्याबलेट, ल्यापटप वा कम्प्युटरको स्क्रिनमा लगातार हेर्दा हाम्रो आँखामा सुख्खापन बढ्न जान्छ । स्क्रिनमा लगातार हेर्दै गर्दा हामी आँखा झिम्क्याउन भुल्दछौं । फलतः आँखा सुख्खा हुने गर्दछ । सामान्यतया एक मिनेटमा १५ पल्टसम्म हाम्रो आँखा झिम्किने गर्दछ तर स्क्रिनमा लगातार हेर्दा आँखा झिम्क्याउने दर ५ देखि ७ पटक मात्र हुने गर्दछ, जसले आँखा सुख्खा बनाउँदछ र कम्प्युटर भिजन सिन्ड्रोम देखा पर्दछ । यसको अलावा स्क्रिनमा हेरिरहँदा आँखा सुख्खा हुने समस्याले रेटिनाको ओसिलोपन समेत नष्ट हुने हुँदा दृष्टि नाश पनि हुन सक्दछ ।
२) कानमा समस्या ः मोबाइलफोनको लगातार प्रयोग गर्दा कानको श्रवण शक्ति पनि क्षय हुन सक्दछ । यसका अलावा टिनिटसको समस्या पनि हुन सक्दछ । केही अध्ययनहरुले मोबाइलको अत्यधिक प्रयोगले एकोस्टीक न्युरोमाको समस्या समेत हुने दर्शाएका छन् ।
३) गर्धन–का“ध दुख्ने समस्या ः मोबाइलमा लगातार घोत्लिरहँदा ढाड कम्मर गर्धन दुख्ने समस्या आउन सक्छ । यसका अलावा मोबाइल समातेर लगातार कुरा गरिरहँदा एकातिर ढल्किरहनु पर्ने हुदा काँध गर्धन र मुन्टोमा अतिरिक्त दबाब पर्न जान्छ । फलतः ढाड, कम्मर, गर्धन, काँध र टाउको दुख्ने समस्या देखा पर्न सक्छ ।
४) औंला, नाडी र जोर्नीहरुमा पीडा ः लगातार मोबाइल, ट्याब्लेट, कम्प्युटर एवम् ल्यापटप चलाइरहँदा औंला, नाडी, एवम् अन्य जोर्नीहरुमा पनि दीर्घकालिन पीडा हुन सक्दछ । लगातार कम्प्युटरको किबोर्ड हानिरहँदा कार्पल टनल सिन्ड्रोम जस्तो बिमारी पनि हुन सक्छ ।
५) नोमोफोनिया ः मोबाइलफोनको प्रयोगमा लत लागेकाहरुलाई एकछिन मोबाइल फोन नपाउँदा छट्पटिने, रिसाउने, मुरमुरिने, झगडा गर्ने जस्ता मानसिक उन्मादता देखाउने गर्दछन् । यस समस्यालाई चिकित्सकिय भाषामा नोमोफोनिया भन्ने गरिन्छ ।
६) ध्यान केन्द्रित नहुने ः विद्युतीय उपकरणहरूको प्रयोग धेरै गर्ने गर्दा एकाग्र हुन नसक्ने, ध्यान नलाग्ने र विषय विश्लेषण गर्ने क्षमता घट्ने जस्ता मानसिक समस्या देखा पर्दछन् ।
७) छालामा समस्या ः विद्युतीय उपकरणहरूको अत्यधिक प्रयोगले यसबाट निस्कने प्रकाश हाम्रो छालामा त्यसमा पनि अनुहारको छालामा परिरहने हुँदा छालाका कोषहरु मर्दै जाने, छाला चाउरी पर्नेजस्ता समस्या देखा पर्दछन् । फलतः व्यक्ति समयभन्दा पहिले नै बुढो जस्तो देखिने गर्दछ ।
८) क्यान्सर ः विद्युतीय उपकरणहरू त्यसमा पनि मोबाइलफोनको अत्यधिक प्रयोग गर्ने गर्दा ग्लायोमा, एकोष्टिक न्युरोमा, मोनिन्जियोमा जस्ता समस्याहरुको जोखिम बढ्दछ ।
९) प्रजनन् क्षमतामा ह्रास ः विद्युतीय उपकरणहरूबाट निस्कने रेडियसन एवम् ताप दुवै प्रजनन् प्रणालीका लागि हानिकारकसिद्ध भइसकेका छन् । यी उपकरणहरूको प्रयोगले पुरुषमा शुक्रकीटको संख्या कम हुने वीर्यको गुणवत्ता कम हुने एवम् नपुसंकता जस्ता समस्या देखापर्दछ भने महिलाहरुमा पनि बाँझोपनको समस्या आउन सक्दछ ।
१०) अनिन्द्रा ः मोबाइल फोन लगायतका स्क्रिन भएका विद्युतीय उपकरणहरूको प्रयोगले निद्रासम्बन्धी समस्याहरु थपिदिन सक्दछ । विशेषगरी सुत्ने समय पूर्व स्क्रिन हेर्ने बानीले अनिन्द्राको समस्या ल्याउँदछ ।
११) नैराश्यता ः नैराश्यता एउटा मानसिक बिरामी हो । खासगरी विद्युतीय उपकरणहरूको दुनियाँमा रमाउनेहरुले आपूmलाई आफ्ना साथीभाइ एवम् परिवारजनहरुसँग टाढा राख्ने हुँदा पारिवारिक माया ममता, सद्भाव एवम् साथीसंगीहरुको साथ सहयोग र शुभकामनाबाट बञ्चित रहने हुँदा उसलाई एक्लोपनले सताउन थाल्दछ । फलतः यी समस्या निरासा वा नैराष्यताको रुपमा प्रकट हुने गर्दछ ।
१२) स्मृतिनाश ः मोबाइल, ल्यापटप एवम् ट्याब्लेट जस्ता उपकरणहरूलाई मानिसले डायरी नोटप्याडको रूपमा सूचना भण्डारणका लागि पनि उपयोग गर्ने हुँदा प्रयोगकर्ताहरुमा यी उपकरणहरुप्रति निर्भरता बढ्दै गरेकाले सूचना याद राख्ने क्षमता ह्रास आउँदछ ।
१३) स्नायू क्षय ः मोबाइलफोनबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडियसनले स्नायू तन्तुहरुको डीएनए ड्यामेज गर्न सक्दछ । स्नायु तन्तुहरुको ड्यामेज हुँदा यसले स्नायुहरुको कार्य प्रणालीमा पनि असर पार्न सक्दछ । फलतः एकाग्रत ध्यान, लय, तानभाव प्रकटिकरणमा समस्या देखिनुका साथै श्रव्यदृश्य संज्ञान वाणी रसस्वादन र चाल नियन्त्रण जस्ता क्रियाहरुमा पनि समस्या देखिन सक्दछ ।
१४) मुटुको समस्या ः मोबाइल, ट्याब्लेट एवम् कम्प्युटर जस्ता विद्युतीय उपकरणको प्रयोगले मुटुको चालसम्बन्धी समस्या निम्त्यान सक्दछ साथै यी उपकरणहरूको अत्यधिक प्रयोगले शारीरिक निष्क्रियता बढाउने हुँदा कोरानरी मुटुरोगको समस्या पनि बढ्ने गर्दछ ।
१५) आनीबानीमा परिवर्तन ः मोबाइलफोन लगायत अन्य उपकरणहरूको अधिक प्रयोगले मानिसलाई साथीभाइ परिवार एवम् समाजबाट टाढा लैजान्छ । फलतः प्रयोगकर्ताको आनीबानी असामाजिक हुने, स्वार्थी, एकलकाटे एवम् आपराधिक संस्कृतिले प्रश्रय पाउने जस्ता समस्याहरु देखा पर्न सक्छन् ।
१६) दुर्घटना ः रोड ट्राफिक दुर्घटनाका धेरै कारणहरुमध्ये महत्वपूर्ण कारण विचलित ड्राइभिङ्ग पनि हो र विचलित ड्राइभिङको पहिलो कारकतत्व मोबाइलफोन हो । सवारी चलाउँदा हातले पक्रेर फोन सुन्दा म्यासेज पठाउँदा, अडियो भिडियो सुन्दा–हेर्दा वा गेम खेल्दा चालकको ध्यान विचलित हुँने हुदा यसले दुर्घटना निम्त्याउँछ । विभिन्न अधययनले देखाए अनुरुप चालकले वाहन चलाउँदाका बखत मोबाइल चलाउँदा दुर्घटना हुने संभावना ३–४ गुणाले बढेर जान्छ ।
१७) संक्रमणको सम्भावना ः मोबाइलफोन एवम् अन्य विद्युतीय उपकरणहरूको लगातार प्रयोग गर्दा त्यहाँ पसिना, सिङ्गान, थुक, चिप्रा, खानाको पार्टिकल जस्ता जैविक मल जम्ने र त्यहाँ ब्याक्टेरियाहरु फैलिन सक्ने हुँदा लू, रुघाखोकी र संक्रमण जस्ता समस्या आइरहने हुन्छ ।
१८) शरीरमा राखिएका उपकरणलाई दखल पु¥याउने ः मोबाइलफोन जस्ता विद्युतीय तरंग पैदा गर्ने उपकरणहरुले मुटुको पेश मेकर, श्रवणयन्त्र जस्ता यन्त्र उपकरणहरुको कार्य क्षमतामा दखल पु¥याउँदछ ।
१९) छद्म पकेट कम्पन सिन्ड्रोम ः मोबाइलफोन पकेटमा कम्पन मोडमा राख्नेहरु मोबाइलमाफोन नआउँदा पनि पकेटमा मोबाइल भाइब्रेट भएको महसुस गर्दछन् । यसलाई चिकित्सकहरु छद्म पकेट कम्पन सिन्ड्रोम भन्दछन् ।
२०) साइबर बुलिड्ड ः मोबाइलवा कम्प्युटरमा नेट चलाउनेहरु अक्सर साइबर बुलिङ्गवा साइबर उत्पीडनको शिकार हुने गर्दछन् । साइबर उत्पीडनमा विशेषगरी सामाजिक अफवाह फैलाउने, धम्की दिने, यौनजन्य सामग्रीहरु पठाउने, व्यक्तिगत सूचनाहरु खुलासा गरिदिने र उत्तेजक भाषणहरु साझेदार गर्ने जस्ता क्रियाकलाप पर्दछन् ।
२१) व्यक्ति, परिवार र समाजस“ग दूरी बढ्ने ः यी विद्युतीय उपकरणको अति प्रयोगले व्यक्तिलाई अर्काे व्यक्तिसँग दूरी बढाएको, परिवार र समाजसँग पनि दूरी बढाएको छ । फलतः मान्छे आज सामाजिकभन्दा असामाजिक बन्दै गइरहेको छ ।
२२) उपकरणको नशा ः अध्ययनहरुले दर्शाए अनुरुप आज समाजमा विद्युतीय उपकरणको निर्भरता पनि बढ्दै गइरहेको र उपकरणहरूको अभावमा मान्छे छट्पटिने र नभई नहुने जस्ता समस्याले ग्रस्त बन्दै गइरहेको छ ।
२३) गर्भको शिशुलाई समेत असर ः गर्भवती महिलाले इलेक्ट्रोम्याग्निटोक रेडियसन उत्सर्जन गर्ने उपकरणहरू प्रयोग गर्ने गरे यसले गर्भको शिशुलाई समेत असर पु¥याउन सक्दछ । फलतः शिशुको विकास पनि प्रभावित हुन सक्दछ ।
२४) मानसिक तनाव ः यी उपकरणहरूको प्रयोगले दिमागी लोड बढ्ने हुँदा प्रयोगकर्ता चाँडै तनावग्रस्त हुन सक्दछ ।
(लेखक ः भरतपुर–१ वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।)