बंगालको शक्तिशाली चक्रवातको असर नेपालमा पनि पर्ने !

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले बंगालको खाडीमा धेरै शक्तिशाली चक्रवात बन्दै गरेको र त्यसको असर नेपालमा पनि पर्ने देखिएकाले आम नागरिकलाई सजग रहन आग्रह गरेको छ । जुन चक्रवातलाई भारतीय मौसमविद्ले यास नामकरण गरेका छन् । भारतमा त यसको भयंकर असर पर्ने भएकाले क्षति कम गर्न व्यापक तयारी भइरहेको भारतीय सञ्चारमामाध्यमले जनाएका छन् । नेपालमा पनि त्यसको केही असर पर्ने सम्भावना औंल्याउँदै महाशाखाले विशेष मौसम बुलेटिन जारी गरेको छ । महाशाखाका मौसमविद् वरुण पौडेलले बुधबारदेखि वर्षा सुरु हुने सम्भावना रेहेका बताएका छन् ।
कतिपय स्थानमा भारी वर्षा पनि हुन सक्ने देखिएकाले आवश्यक सतर्कता र चनाखो हुन सरोकारवालालाई महाशाखाले सचेत गराएको छ । माहाशाखाले मंगलबारदेखि नै हिमाली क्षेत्रमा पर्वतारोहण बन्द गर्न आग्रह गरेको छ । महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै नेपालमा पर्ने चक्रवातको सम्भावित असरबारे विस्तृत जानकारी दिएको छ ।