पुरातात्विक सम्पदाहरुको संरक्षण गर्न ‘हेरिटेज वाक’

२०७० पुष ५ गते, शुक्रबार

काठमाडौं, ५ पुस । काठमाडौंमा रहेका पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने उद्देश्यसहित भोलि शनिबार ‘हेरिटेज वाक’ अयोजना हुने भएको छ । सभासद नविन्द्रराज जोशीको पहलमा गणेशमान सिंह अध्ययन प्रतिष्ठान, काठमाडौं महानगरपालिका र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा हेरिटेज वाक आयोजना गर्न लागेका हुन् ।वसन्तपुर डवलीबाट साढे बजे शुरु हुने हेरिटेज वाक हनुमानढोका, काल भैरव, महेन्द्रेश्वर भगवान पशुपति, यट्खा दमाइटोल, विष्णुमति पुल, डल्लु, धिमेलो, भगवान पाउ हुँदै स्वयम्भू चैत्यमा पुगेर हेरिटेक वाक सम्पन्न हुनेछ ।
काठमाडौं संसारकै महत्वपूर्ण ‘हेरिटेज साइट’ हो । यहाँको सम्पदा संस्कृति, कला, परम्परा र रितिरिवाजले विश्वसामू नै देशको विशिष्ट पहिचान बनेको छ । संस्कृति तथा सम्पदाहरु संरक्षण गरी विश्वसामू पहिचान गराउन, पर्यटनमा सम्पदाको समन्वय गराउन, पर्यटकहरुको बसाई लम्व्याउन, आय-आर्जन मूलक रोजगारीको अवसर बढाउन, स्थानीय व्यापार व्यवसायमा अवसरको बृद्धि ल्याउन र हाम्रो सम्पदा, हाम्रो पहिचान नारालाई साकार पार्न हेरिटेज वाक अभियान सुरु गरेको आयोजकले जनाएका छन् ।
हाम्रा पूर्खाहरुले बनाएका संस्कृति सम्पदा र परम्पराको जगेर्ना गर्नु हामी सबैको दायित्व हो । पुरानो कान्तिपुर शहर खुला संग्रहालय हो । ऐतिहासिक शहरभित्रको इतिहास बुझाउन वाक महत्वपूर्ण हुने विश्वास गरिएको छ । सम्पदा मार्ग बनाउनुको उद्देश्य गल्ली-गल्लीमा रहेका साँस्कृतिक, ऐतिहासिक र परम्परागत महत्वपूर्ण सम्पदा तथा मूल्य मान्यतालाई सही अवलोकन गराउनु रहेको बताइएको छ ।
हेरिटेज वाकलाई अभियानका रुपमा थालिएको बताउँदै आयोजकले आगामी दिनहरुमा काठमाडौंका विभिन्न रुटहरुमा संस्कृतिक सम्पदाका विज्ञहरु सहित सबैलाई समावेश गरेर वाकलाई देश र स्थान परिचयात्मक कार्यक्रमको अभिन्न अङ्गका रुपमा विकास गर्दै लैजाने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार