देशभर एनटिसी मोबाइलसेवा अवरुद्ध

२०७८ असार ९ गते, बुधबार


काठमाडौं । आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशभर नेपाल टेलिकमको प्रिपेड र पोष्डपेड दुवै नेटवर्कमा समस्या आएको छ । मोबाइलमा फुल टावर देखाएपनि मोबाइल फोन नलागेको सेवाग्राहीले गुनासो गरेका छन् । टेलिकमका मोबाइलमा फोन नलाग्ने, मेसेज नजाने, इन्टरनेट नचल्ने जस्ता समस्या देखिएको हो । एनसेल र ल्याण्डलाइन फोनहरुमा भने फोन आउने जाने भइरहेको छ । टेलिकम प्रधान कार्यालयले दिएको जानकारीअनुसार अहिले मर्मत कार्य जारी रहेको छ । मर्मतपछि मोबाइल नेटवर्कले काम गर्ने टेलिकमको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]