देशका विभिन्न ठूलो वर्षा : सतर्कता अपनाउन आग्रह

२०७८ असार १७ गते, बिहीबार

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभरको मनसुनी वायुको सक्रिय प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशको तराई भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकोले काठमाण्डौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको
जनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा ठूलो तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित ठूलो र धेरै ठूलो वर्षाको सम्भावना रहेकोले र उक्त प्रदेशहरुमा भुक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सुरक्षित रहन महाशाखाले आग्रह गरेको छ ।
त्यस्तै महाशाखाले नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]