खिचरा महोत्सव सुरु

२०७० माघ १ गते, बुधबार


चितवन , १ माघ । पूर्वी चितवनको खैरहनी–५ सुल्तानामा पहिलोपटक खिचरा महोत्सव हुँदैछ ।थारू जातिको महान चाड माघीको अवसरमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा महोत्सव हुन लागेको हो ।महोत्सवमा थारू जातिको खानाको परिकारसहितको ६ वटा स्टल रहने छ । महोत्सव आयोजनाका लागि करिब दुई लाख रुपैयाँ खर्च हुँदैछ ।स्टलहरुमा थारू जातिको परिकारमध्ये माघी पर्वमा खाइने चिचर, माछा, घोङगी, ग्वागा लगायतका रहने सभाका सचिव दिलीप महतोले जनाए । त्यस्तै महोत्सवमा झाम्टा नाच, डम्फु नाच, लाठी नाच, झुमरी नाच, रजधारी नाच लगायत परम्परागत नृत्य प्रस्तुत गरिने छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार