काभ्रे महोत्सव फागुन १ देखि

२०७० माघ ५ गते, आईतवार


काठमाडौँ । आगामी फाल्गुन १ गतेदेखि ११ गतेसम्म काभ्रेको बनेपामा काभ्रे महोत्सव हुने भएको छ । बनेपास्थित काभ्रे कृषि बजार केन्द्रमा हुन लागेको उक्त महोत्सव मध्यमाञ्चल स्तरको हुने मुल आयोजक काभ्रे उद्योग वाणीज्य संघका अध्यक्ष सुर कृष्ण बैद्यले बताए । ‘समग्र मध्यमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, विज्ञान, लघु उद्यम, कृषि, कला, सँस्कृति, शिक्षा, साहित्य तथा खेलकुदको विकास तथा प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागेका हौँ ।’ अध्यक्ष बैद्यले भने, ‘काभ्रे केन्द्रित व्यवसायिक लगानी अभिवृद्धिमा भने हाम्रो विशेष ध्यान रहनेछ ।’ कुल एक सय ३५ स्टल रहने महोत्सवमा एक लाख पचास हजारभन्दा बढी अवलोकनकर्ताहरूले सहभागिता जनाउँदै तीन करोड बराबरको कारोवार हुने अनुमान रहेको महोत्सव प्रचार-प्रसार उपसमितिका संयोजक प्रकाश मानन्धर बताउँछन् । महोत्सवलाई आकर्षा थप्न फुड फेस्िटवल, बाल उद्यान, मनोरञ्जनात्मक गतिविधिहरूसमेत सञ्चालन हुने बताइएको छ । स्थानीय व्यवसायको विकास, स्रोत-साधनहरूको पहिचान गरी लगानीका सम्भावनाहरूको पहिचान गर्राई अर्थतन्त्रको सवल र समृद्धिमा सहयोग पुग्ने भनिएको महोत्सवका लागि काभ्रे यूवा उद्यमी मञ्च, धुलिखेल उद्योग वाणिज्य संघ, नेपाल मत्रकार महासंघ काभ्रे, नेपाल घरेलु तथा साना उद्योग महासंघ काभ्रे, काभ्रे होटल तथा रेस्टुरेष्ट व्यवसायी संघ र क्यान काभ्रेले विशेष सहयोग गर्ने बताइएको छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार