नेकपाका महासचिव विप्लव सी र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

२०७९ चैत्र २८ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच नेपाल कम्युनिस्ट पार्टीको कार्यालय कपिलवस्तुमा भेटबार्ता भएको छ। उक्त भेटबार्ता पछि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा भट्टराईले नेकपाको पार्टी कार्यालयमा रहेको पुस्तकालय ,तरकारी खेति, माछा पोखरी र अन्य निर्माणाधीन भौतिक संरचनाहरुको अवलोकन गरेका थिए ।


देशमा आर्थिक- राजनीतिक संकट गहिरिदै गएको ,बाह्य हस्ताक्षेप बढ्दै गएर मुलुकको सार्वभौमिकता खतरामा रहेको र १० बर्षको जनयुद्धलाई अपराधिकरण गर्न खोजिएको बेला बामपंथी , देशभक्त, कम्युनिस्टहरु र सच्चा लोकतान्त्रिक शक्तिहरु बिच सहाकार्य र धुर्बिकरणका बिषयमा छलफल गर्न दुई शीर्ष नेता बीच भएको भेटवार्ता महत्वपूर्ण भएको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]