SEE को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेलाई कारबाही गर

२०८० असार २८ गते, बिहीबार


काठमाडौं । अखिल(क्रान्तिकारी) दाङले एस ईई २०७९ को प्रयोगात्मक नतिजामा लापर्बाही गर्नेहरु लाई २४ घण्टा भित्र कार्वाही गर्न माग गरेको छ। सो संगठनले बुधबार माग पत्र पेश गर्दै पद्मोदय पव्लिक नमुना मावि भरतपुर दाङमा लापरबाही भएको भन्दै कारबाही गर्न माग गरेको हो । संगठनका दाङ जिल्ला इन्चार्ज खुमन सी र पुर्वी दाङ जिल्ला संयोजक दिपक सी द्वारा जारी माग पत्रमा २०७९ सालमा सम्पन्न भई भर्खरै प्रकाशन भयको एस ई ई नतिजामा विद्यालयबाट सहभागी जेहेन्दार विद्यार्थीहरुको प्रयोगात्मक विषयमा विषय शिक्षकले दिएको नम्बर र हाल नतिजामा आयको ठूलो अन्तरले विद्यार्थीहरु मानसिक हिसाबले बिक्षिप्त बनिरहेको अवस्थामा सङ्गठन दाङको गम्भिर ध्यान आकर्षण भयको बताइएको छ। जिम्मेवार संस्थाबाट लापरबाही गरि विद्यार्थीहरुको भविष्य माथि गरिएको गैर जिम्मेवार कार्य प्रति खेद प्रकट समेत गरिएको छ।
विद्यार्थी संगठनका नेता कार्यकर्ता सहित विद्यालय प्रशासनलाई माग पत्र बुझाउदै कहाँ कहाँ को कस्को सङ्लग्नतामा प्रयोगात्मक नम्बर दिँदा खेलवाड गर्ने काम भयो तत्काल २४ घण्टा भित्र छानबिन गरि सत्यतथ्य बाहिर ल्याउन पनि माग गरिएको छ। पीडित विद्यार्थीहरुको भविष्यमाथी खेलवाड गर्नेहरु लाई तत्काल कारबाही नगरे संगठन कडा संघर्षमा जान बाध्यहुने र त्यसबाट सिर्जित सम्पुर्ण परिस्थिति को जिम्मेवार स्वयम विद्यालय प्रशासन हुने चेतावनी समेत दिएको छ।- नविन के सी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आज विश्व रक्तदाता दिवस

२०८२ जेष्ठ ३२ गते, शनिबार

कोरोना संक्रमण बढ्दै

२०८२ जेष्ठ २६ गते, आईतवार