यात्रुवाहक सवारीलाई रुट परमिट खुला

२०८० आश्विन २७ गते, शनिबार


काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ। विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो। रुट परमिट खुला आगामी कात्तिक १० गतेसम्म जारी रहने बताइएको छ। रुट परमिट खुला गरेसँगै अब सार्वजनिक सवारी यात्रु लिएर देशका विभिन्न भागमा निर्बाधरुपमा जान पाउने भएका छन्।
सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौं उपत्यका प्रवेशमा रोक लगाइएको छ। दसैंका लागि घर जाने यात्रुलाई सहज होस् भन्ने उद्देश्यले सरकारले गत असोज २२ गतेदेखि नै अग्रीम टिकट बुकिङ खुला गरिसकेको छ। प्रत्येक वर्ष काठमाडौंबाट दसैं मनाउनका लागि २० लाखभन्दा बढी व्यक्ति आफ्नो जन्मस्थल जाने गरेका छन्।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३८.५२ अंकले उकालो

२०८२ फाल्गुन १९ गते, मंगलवार

संसारभर तेलको कच्चा मूल्य वृद्धि

२०८२ फाल्गुन १८ गते, सोमबार

नेप्से १९.२७ अकंले बढ्यो

२०८२ फाल्गुन १७ गते, आईतवार

शिखर पावरको आईपीओ बिक्री खुला

२०८२ फाल्गुन १७ गते, आईतवार