अर्थ

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

काठमाडौं। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७८/७९ मा न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको सो कार्यालयले जनाएको छ । कार्यालयले […]

२०७९ श्रावण १४ गते, शनिबार

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरको कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो । यसमध्ये ५ प्रतिशत […]

२०७९ श्रावण १३ गते, शुक्रबार

नेप्से परिसूचकमा दोहोरो अंकले बृद्धि

काठमाडौ । आज शेयर बजार परिसूचक १५ दशमलव ४४ अंकले बढेर दुई हजार एक सय २७ दशमलव ४२ विन्दुमा कायम भएको छ । आज दुई सय २१ वटा कम्पनीका एक करोड १९ लाख ५५ हजार कित्ता शेयर चार अर्ब ९७ करोड ६४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको झन्डै […]

२०७९ श्रावण १२ गते, बिहीबार

४० माइक्रोन भन्दा पातलो प्लास्टिक उत्पादनमा प्रतिबन्ध !

काठमाडौं । सरकारले आगामी भदौ १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री तथा प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । वातावरण विभागले मंगलबार सूचना जारी गर्दै भदौ १ गतेदेखि ४० माइक्रोन भन्दा पातलो प्लास्टिकको उत्पादन, बिक्री, आयात र प्रयोगमा लगाइएको प्रतिबन्धलाई लागू गर्न कडाई गर्ने जनाएको हो । सरकारले गत वर्ष असोज १९ को […]

२०७९ श्रावण १० गते, मंगलवार

मन्दाकिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । योमध्ये ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २३ हजार ५२१ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि […]

२०७९ श्रावण ९ गते, सोमबार

कतारलाई नेपाली श्रमिक लैजान अनुमति

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतारमा यसै वर्ष हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । मन्त्रालयले आउँदो नोभेम्बरदेखि कतारमा हुने उक्त फुटबल प्रतियोगिता प्रयोजनमा छोटो अवधिका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको हो । कतारमा हुने उक्त प्रतियोगिताका लागि कतारका विभिन्न कम्पनीले नेपाली कामदार लैजान इच्छा देखाएका […]

२०७९ श्रावण ७ गते, शनिबार

द्वन्द्वपीडितलाई छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज

काठमाडौं । कर्णाली सरकारले सो प्रदेशका द्वन्द्वपीडित तथा तिनीहरुका परिवारका लागि छुट्याइएको जीवन निर्वाह भत्ता फ्रिज भएको छ । भत्ता बापतको १५ करोड बजेट फ्रिज भएको हो । गत आर्थिक वर्षमा बजेट कार्यान्वयन नहुँदा उक्त बजेट फ्रिज भएको हो ।कर्णाली सरकारले विभिन्न आन्दोलनका घाइते, अपांगता भएका व्यक्ति र सहिद तथा बेपत्ता परिवारका सदस्यलाई जीवन निर्वाह […]

२०७९ श्रावण ७ गते, शनिबार

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाद्वारा प्रवाह हुने कर्जाको ब्याजदरलाई क्षेत्रगत रुपमा वर्गिकरण गरिने बताए । उनले कर्जाको वृद्धिभन्दा कर्जालाई उत्पादनशील क्षेत्रमा प्रवाह गराउनेतर्फ मौद्रिक नीतिको प्राथमिकता रहने बताए ।गभर्नर […]

२०७९ श्रावण ६ गते, शुक्रबार

मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९-८० को मौद्रिक नीति आज (शुक्रबार) सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक गर्नुअघि बिहान ८ बजे राष्ट्र बैंक सञ्चालक समितिको बैठक डाकिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिएका छन् । समितिले पारित गरेपछि मौद्रिक नीति सार्वजनिक गर्नेछ । राष्ट्र बैंकको अनुसन्धान विभागले प्रस्ताव गरेको चालू आर्थिक वर्षको […]

२०७९ श्रावण ६ गते, शुक्रबार

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत !

काठमाडौं । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, […]

२०७९ श्रावण ५ गते, बिहीबार