अर्थ

माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

काठमाडौं, १९ जेठ । माउन्टेन एयरको हेलिकोप्टर दुर्घटना भएको छ । सिन्धुपाल्चोकको बलेफीनजिकै पर्ने यमुनाडाँडा गाविस–८ को शिलापर्वत जंगलमा मंगलबार दिउँसो हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्याप्टेन सुधीर श्रेष्ठ, अमृतकुमार सिंह, शेरबहादुर कार्की र एकजना नेदरल्यान्ड्सका नागरिक रहेको प्रहरीले जनाएको छ ।उद्धारका लागि गएको माउन्टेन एअरको ‘९ एन एजेपी’को […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

गोमा एयरको विमान धावनमार्गमा चिप्लियो

काठमाडौ, १९ जेठ । जोमसोमबाट पोखरा आउंदै गरेको गोमा एयरको नाइन एन ए के वाई कलसाइनको विमान आज बिहान पोखरा विमानस्थलमा ठूलो दुर्घटना हुनबाट जोगिएको छ । अवतरण गर्ने क्रममा जहाजको अघिल्लो चक्का नखुलेपछि विमान धावनमार्गमा चिप्लिएको हो । विमानको अघिल्लो भागमा सामान्य क्षति पुगे पनि मानविय क्षति नभएको पोखरा विमानस्थलले जनाएको छ । विमानमा […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं, १८ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटि्टतेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । अन्तराष्ट्रिय बजारमा बढेको मूल्य अनुसार नेपालमा पनि समायोजन गरिएको आयल निगमले जनाएको छ ।

२०७२ जेष्ठ १८ गते, सोमबार

रसुवागढी जलविद्युत्मा पचास करोडभन्दा बढीको क्षति

काठमाडौं, १८ जेठ । उत्तरी रसुवाको धमन र टिमुरे गाविसमा निमार्णाधीन जलविद्युत् आयोजनामा रु पचास करोडभन्दा बढीको क्षति भएको छ । भूकम्पका कारण एक सय ११ मेगावाट क्षमताको सो आयोजनाको सडक तथा उपकरणमा क्षति पुगेको छ । आयोजना प्रमुख नागेन्द्र ज्ञवालीका अनुसार क्षतिको पूर्ण मूल्याङ्कन गर्न बाँकी नै रहेको छ । आयोजनाको सुरुङभित्रको भाग सुरक्षित […]

२०७२ जेष्ठ १८ गते, सोमबार

तामाकोसीको सेयर बाँडफाँट हुदै

काठमाडौं । माथिल्लो तामाकोसी आयोजनाको सेयर बाँडफाँट यसै साता हुने भएको छ । वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका शक्तिशाली पराकम्पनका कारण बाँडफाँटको काम निर्धारित समयभन्दा करिब एक साता पर सरेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि आयोजनाको सेयर बाँडफाँट बुधबारसम्म हुने बताएको थियो । मुलुकमा विपत्ति आएका कारण उक्त समयभित्र […]

२०७२ जेष्ठ १७ गते, आईतवार

“नेपाली पहिचान दिलाउने बस्ती आवश्यक छ”

काठमाडौँ, १७ जेठ । भूगोल केन्द्र नेपालका अध्यक्ष प्रा रामकुमार पाँडेले नेपाली संस्कृति र पहिचानमा विकृति नआउने गरी राष्ट्रिय पुनःनिर्माणमा जोड दिनुभएको छ । “हतारमा हैन, राम्ररी अध्ययन गरी नेपालको पुरानो स्वरुप कायम राख्नुपर्छ, साथै नेपाल भूकम्पको जोखिम क्षेत्र पनि भएकाले नयाँ प्रविधि पनि अँगाल्नुपर्छ” रासससँग आज बिहान कुरा गर्दै उहाँले सुझाव दिनुभयो । नेपाली […]

२०७२ जेष्ठ १७ गते, आईतवार

गठ्ठाघरका चारवटा पसलमा एकैसाथ आगलागी

काठमाडौं, १६ जेठ । मध्यपुरथिमि नगरपालिका– १७ नमुना बस्ती गठ्ठाघरमा चारवटा पसलमा एकैसाथ आगलागी भएको छ । गठ्ठाघर स्थित डेरी पसलमा आज बिहान ग्यास लिक भएर आगलागी भएको हो । गठ्ठाघरबाट सानोथिमि जाने सडकमै रहेको दानबहादुर जिसीको टहरामा राखिएको आठवटा पसलमध्ये आगलागीबाट चार वटा पसलमा क्षति भएको छ । आगलागीबाट टङ्कप्रसाद पराजुलीको डेरी पसल, दीपेन्द्र […]

२०७२ जेष्ठ १६ गते, शनिबार

करोडौँको जडीबुटी अलपत्र

काठमाडौँ । भूकम्पका कारण ग्राहक नआएपछि म्याग्दीका जङ्गलमा पाइने र स्थानीयले सङ्कलन गरी बिक्री वितरणका लागि तयारी अवस्थामा राखेको करोडौँ मूल्य बराबरको जडीबुटी अलपत्र परेको छ । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा यस वर्ष रु २० करोड मूल्य बराबरको जडीबुटी तयारी अवस्थामा रहेको छ । नेपालमा पाइने २१८ प्रजातिका जडीबुटीमध्ये म्याग्दीका जङ्गलमा १५७ प्रजातिका जडीबुटी […]

२०७२ जेष्ठ १६ गते, शनिबार

माथिल्लो मादी एक वर्षभित्र समपन्न हुने

काठमाडौँ, १५ जेठ । माथिल्लो मादी जलविद्युत् आयोजनाको काम एक वर्षभित्र सकिने भएको छ ।कास्कीको सिल्दुजुरे गाविस– ९ बाहुन डाँडामा निर्माणाधीन मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ । सन् २०१६ को मे महिनाभित्र काम सम्पन्न हुने आयोजनाका संयोजक रामराज कोइरालाले जानकारी दिए । वैशाख […]

२०७२ जेष्ठ १५ गते, शुक्रबार

उद्योग वाणिज्य महासङ्घमा अध्यक्षको निर्वाचन हुने

काठमाडौँ, १४ जेठ । नेपाल उद्योग वाणिज्य महासङ्घको रिक्त अध्यक्ष पदको निर्वाचन आगामी असार १८ गते हुने भएको छ । महासङ्घ कार्यकारिणी समितिको आजको बैठकले उक्त निर्णय गरेको हो । साथै बैठकले रोटरी क्लब इन्टरनेशनलसँगको सहकार्यमा भूकम्पबाट प्रभावित १४ जिल्लाका प्राथमिक विद्यालय भवन पुनःनिर्माण गर्न महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशीलाई संयोजनको जिम्मेवारी दिएको छ । […]

२०७२ जेष्ठ १४ गते, बिहीबार