अर्थ

नेप्से २१.७६ अंकले बढ्यो !

काठमाडौँ । नेप्से २१.७६ अंकले बढेर २८९२ अंकमा कायम भएको छ । अघिल्लो दिन २१ अर्ब ४६ करोडको कारोबार भएकोमा आज १६ अर्ब ३२ करोडको भयो । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ को घट्यो । माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै १.९३ प्रतिशत बढ्यो । बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, हाइड्रोपावर ०.४६, […]

२०८२ श्रावण ६ गते, सोमबार

रसुवा ल्हेन्देखोलाको बाढी : २८ करोड ९२ लाख बराबरको बिमा दाबी

काठमाडौँ । रसुवाको ल्हेन्देखोलामा आएको बाढीका कारण भएको क्षतिबाट उत्पन्न प्रारम्भिक बिमा दाबी रु २८ करोड ९२ लाख ६० हजार बराबर रहेको छ । नेपाल बिमा प्राधिकरणका अनुसार विभिन्न सात बिमा कम्पनीमा सो बराबरको दाबी परेको हो । शिखर इन्स्योरेन्स कम्पनीमा रु १६ करोड १२ लाख १० हजार बराबरको १० वटा दाबी परेको छ । […]

२०८२ श्रावण ६ गते, सोमबार

नेप्से शून्य दशमलव ३२ अङ्कले बढ्यो

काठमाडौँ । नेप्से शून्य दशमलव ३२ अङ्कले बढेर दुई हजार ८७० दशमलव ९५ को बिन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री हुँदा रू २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ बराबरको कारोबार भएको नेप्सेले […]

२०८२ श्रावण ५ गते, आईतवार

आर्थिक वर्ष २०८१/८२ बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा वार्षिक लक्ष्यको तुलनामा सरकारको आय ८२ र व्यय ८१ प्रतिशतमा खुम्चिएको हो। गत आवका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएको थियो। असार समान्तसम्ममा १५ खर्ब २३ […]

२०८२ श्रावण ३ गते, शुक्रबार

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात !

काठमाडौँ । प्रेस्टिज कार्पेट इन्डिस्ट्रिजले आफ्ना गलैंचा तेस्रो मुलुकमा निर्यात हुन थालेको जनाएको छ। उद्योगले गत बिहीबार ३० हजार वर्गमिटर गलैंचा वीरगञ्ज सुक्खा बन्दरगाहमार्फत संयुक्त अरब इमिरेट्स, केन्या र संयुक्त राज्य अमेरिका लगायतका मुलुकमा पठाएको हो।यसअघि भारतमा मात्र निर्यात गर्दै आएको उद्योगले करिब १ करोड रुपैयाँ बराबरको गलैंचा तेस्रो मुलुकमा पठाएको जनाएको छ। उद्योगका युनाइटेड […]

२०८२ श्रावण ३ गते, शुक्रबार

नेप्से ७५.८४ अंकले बढ्यो

काठमाडौँ । नेप्से ७५.८४ अंकले २८७० अंकमा पुगेको छ । आज २३९ कम्पनीको मूल्य बढ्दा ९ को घट्यो । अघिल्लो दिन १४ अर्ब ३ करोडको कारोबार भएकोमा आज १६ अर्ब ५९ करोडको भयो । आज सबै समूहका सूचक बढेका छन् । अन्य समूह सबैभन्दा धेरै ५.०९ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.७६, विकास बैंक १.९५, […]

२०८२ श्रावण २ गते, बिहीबार

आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो ।आर्थिक वर्ष २०८१/०८२ मा […]

२०८२ श्रावण २ गते, बिहीबार

कल्याणपुरका मेयर साह एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए। तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन्। एक […]

२०८२ श्रावण १ गते, बुधबार

नेप्से ३४.६१ अंकले बढ्यो

काठमाडौँ । नेप्से ३४.६१ अंकले बढेर २७९४ अंकमा पुगेको छ । अघिल्लो दिन ९ अर्ब ४१ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३ करोडको भयो । आज १९३ कम्पनीको मूल्य बढ्यो भने ५५ को घट्यो । व्यापारबाहेक सबै समूहका सूचक बढेका छन् । विकास बैंक सबैभन्दा धेरै ३.८६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ १.५९, फाइनान्स […]

२०८२ श्रावण १ गते, बुधबार

निक्षेपको ब्याजदर घट्यो

काठमाडौं । अधिकांश बैंकहरूले साउन महिनाका लागि निक्षेप ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्‍यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई […]

२०८२ श्रावण १ गते, बुधबार