अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको हो।निगमले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको जनाएको छ। आईओसीबाट पेट्रोलमा प्रतिलिटर […]

२०८२ श्रावण १ गते, बुधबार

हिमालयन बैंकको एफपीओ खुल्यो

काठमाडौँ । हिमालयन बैंकले आम सर्वसाधारणका लागि थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो ।बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गर्दैछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, […]

२०८२ श्रावण १ गते, बुधबार

मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुर भूमि सुधार शाखाका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ ।जग्गासम्बन्धी कामको सिलसिलामा उनीहरुले घुस मागेको भन्दै परेको उजुरीका आधारमा अख्तियारले मालपोत कार्यालयमा छापा मारेको […]

२०८२ असार ३१ गते, मंगलवार

नेप्से परिसूचक ३४.४६ अंकले बढ्यो !

नेप्से परिसूचक ३४.४६ अंकले बढ्यो !काठमाडौँ । नेप्से परिसूचक ३४.४६ अंक (१.२६ प्रतिशत) बढेर २७६० अंकमा पुगेको छ । अघिल्लो दिन ८ अर्ब १७ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४१ करोडको भयो । कुल २०९ कम्पनीको मूल्य बढ्दा ३९ को घट्यो ।आज सबै समूहका सूचक बढेका छन् । बैंकिङ सबैभन्दा धेरै १.८१ प्रतिशत बढ्यो […]

२०८२ असार ३१ गते, मंगलवार

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित

काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित गरेको छ । अध्यक्ष ओझाको कार्यक्षमता र जिम्मेवारी पालनबारे छानबिन गर्न समिति गठन गरेपछि उनी निलम्बित भएका हुन् ।साथै, पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति बनेको एक मन्त्रीले बताए । समितिमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला सदस्य रहेका छन् । छानबिन समिति गठन […]

२०८२ असार ३१ गते, मंगलवार

नेप्से परिसूचक २९ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक २९ अंकले बढेर दुई हजार ७६० दशमलव ८० बिन्दुमा कायम भएको छ। आजको कारोबारमा ३११ कम्पनीको तीन करोड २५ लाख ९२ हजार ३० कित्ता शेयर एक लाख पाँच हजार ४१५ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ बराबरको कारोबार भएको छ।सबैभन्दा धेरै बैंकिङ समूह तीन […]

२०८२ असार २९ गते, आईतवार

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । उनले ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको बताइन् । उनका अनुसार २५ अर्ब […]

२०८२ असार २९ गते, आईतवार

सिद्धार्थ बैंकद्वारा ऋणपत्र बिक्री खुला : ७.२५ प्रतिशत ब्याज पाइने

काठमाडौँ । सिद्धार्थ बैंकले आज असार २९ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ७.२५ प्रतिशत ब्याजदरमा ‘एसबिएल डिबेञ्चर २०९१’ बिक्री खुला गरेको हो ।बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० […]

२०८२ असार २९ गते, आईतवार

बुङ्गल हाइड्रोको प्राथमिक सेयरमा आवेदन खुला

काठमाडौँ । बुङ्गल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन खुला गरेको छ। कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीमध्ये ३५ प्रतिशत अर्थात् २९ करोड ५ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।यसमध्ये स्थानिय बासिन्दाका लागि ८ लाख ३० हजार ८२४ कित्ता सेयर छुट्याइएको हो, […]

२०८२ असार २९ गते, आईतवार

वाणिज्य बैंकहरुको मुनाफा घट्यो, विकास बैंक बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुको मुनाफा घटेको छ भने विकास बैंक बढेको छ।यस अवधिमा वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा झण्डै ५ प्रतिशत कम हो । गत आवको ११ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब […]

२०८२ असार २८ गते, शनिबार