स्वास्थ्य / शिक्षा

केआईआईटीका १५९ विद्यार्थी स्वदेश फर्किए

काठमाडौँ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल ट्रेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक सय ५९ जना विद्यार्थी रक्सौल भएर स्वदेश आएको जानकारी दिएका छन । केआईआईटीमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युपछि उत्पन्न विषम परिस्थितिका कारण उनीहरू स्वदेश आएका हुन् ।बिहीबार बेलुका नै वीरगञ्जका युवाले लम्साल र […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार

९१ वर्षमा आँखाको ज्योति फर्किएपछि…

काठमाडौँ । सर्लाही हरिवन नगरपालिका–८ का ९१ वर्षीय नरबहादुर खड्का आँखाको ज्योति फर्किएपछि मक्ख छन् । नेपाल नेत्र ज्योति सङ्घले निःशुल्क सञ्चालन गरेको शिविरमा आँखाको शल्यक्रियापछि उनले फेरि संसार देख्न पाएका हुन् । लामो समयदेखि मोतियाविन्दुको समस्याबाट पीडित उनले शल्यक्रिया गरेपछि स्पष्ट देखिएको बताए। आँखा नदेख्दाको पीडा शब्दमा वर्णन नहुने र अन्धकारबाट पुनः उज्यालोमा फर्कदाको […]

२०८१ फाल्गुन ९ गते, शुक्रबार

सुनसरीमा बर्डफ्लु !

काठमाडौँ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयले सुनसरीको कोशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु रोग पुष्टि जनाएको छ । मन्त्रालयले बर्डफ्लु पुष्टि भएसँगै कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा […]

२०८१ फाल्गुन ७ गते, बुधबार

कक्षा १२ को परीक्षातालिका सार्वजनिक(तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ। बोर्डले आज सूचना जारी गर्दै २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वर्षीक परीक्षातालिका सार्वजानिक गरेको हो। साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ। परीक्षा हरेक […]

२०८१ फाल्गुन २ गते, शुक्रबार

पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिका पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले पन्यु तताएर विद्यार्थीको गालामा डाम्ने शिक्षिकालाई पक्राउ गरेको जानकारी दिएका छन्। उनले भिमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलकी शिक्षिका सुषमा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जानकारी दिए।शिक्षिका श्रेष्ठले कक्षा ४ मा अध्ययनरत १० वर्षीय प्रमिश परियारसहित चार जना विद्यार्थीलाई तातो पन्युले गालामा […]

२०८१ फाल्गुन १ गते, बिहीबार

सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नुपर्ने निर्देशिका स्वीकृत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अङ्कित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ । मन्त्रालयले उक्त निर्देशिका स्वीकृत गर्दै चेतावनीमूलक सन्देश र घातक रङ्गीन चित्र नभएका सूर्तीजन्य पदार्थ उत्पादन, दरिखबिक्री गर्न नपाउने जनाएको हो ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्देशिका […]

२०८१ माघ २४ गते, बिहीबार

कृषि र पशु विज्ञान अध्ययन संस्थानको सहायक डिनमा ६ जनाको आवेदन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानको दुई जना सहायक डिनको लागि ६ जनाको आवेदन परेको छ । आवेदन दिनेमा डा. पुष्पराज पौडेल, डा. मुक्तिराम पौडेल, डा. राम भजन मण्डल , डा. शम्भु शाह, डा. रमा पौडेल र डा. हुमा न्यौपाने रहेका छन । उनीहरूको अन्तर्वार्ता २७ माघमा हुनेछ ।

२०८१ माघ २३ गते, बुधबार

निःशुल्क ‘एचपीभी’ खोप दिइँदै

काठमाडौँ । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ । मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई आजदेखि निःशुल्क ‘एचपीभी’ खोप दिइदै छ। मन्त्रालयले यो अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने […]

२०८१ माघ २२ गते, मंगलवार

आवासीय चिकित्सकद्वारा ओपीडी सेवा बहिष्कार

काठमाडौँ । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको आव्हानमा आवासीय चिकित्सकहरुले ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका छन् । उनीहरुले सरकारीसरह पारिश्रमिक माग गर्दै ओपीडी सेवा तीन घण्टा बहिस्कार गरेका हुन् । आन्दोलनरत आवासीय चिकित्सकहरुले आज बिहान ९ बजेदेखि १२ बजेसम्म देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानबाहेकका स्वास्थ्य संस्थानमा ब्यानर/प्लेकार्डसहित प्रदर्शन र ओपीडी सेवा बहिस्कार गर्ने […]

२०८१ माघ २१ गते, सोमबार

केयूद्वारा पुन: उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । काठमाडौं विश्वविद्यालयले पुन: उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेर दोस्रो पटक आह्वान गरेको हो । छनोट समितिले आवेदनका लागि ७ दिनको समय दिइएको छ।यसअघि १८ पुसमा पहिलो पटक आवेदन माग गरिएको […]

२०८१ माघ १८ गते, शुक्रबार