मुख्य समाचार

प्रकाण्डलाई पुन : २ दिन म्याद थप

काठमाडौँ, २७ साउन । साउन २२ गते काठमाडौंको चोभारबाट साँझ साढे सात बजेतिर प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई अनुसन्धान गर्न पुन : २ दिन म्याद थप गरेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै १५ दिनको म्याद थप गर्न माग गरेकोमा अदालतले २ दिन मात्र म्याद थपको अनुमति दिएको हो । […]

२०७५ श्रावण २७ गते, आईतवार

प्रकाण्डलाई हत्कडी लगाएर सरकारले फासीवादी चरित्र प्रदर्शन गरेको छ : डा. भट्टराई

काठमाडौँ, २७ साउन । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डमाथि हत्कडी लगाएर घोर अमानवीय व्यवहार गरेकोमा आपत्ति जनाएका छन । प्रकाण्डमाथि अपराधीलाई जसरी गैरराजनीतिक विषयसँग जोडेर मुद्दा बनाउनु राजनीतिक प्रतिशोध बाहेक अन्य केही हुन सक्दैन भन्दै . भट्टराईले प्रकाण्डमाथिको अभियोग फिर्ता लिएर बिनासर्त तुरुन्त रिहा गर्न […]

२०७५ श्रावण २७ गते, आईतवार

‘गिरफ्तार गर्दैमा क्रान्तिकारी आन्दोलन रोकिदैन झन् शसक्त भएर जान्छ ‘

काठमाडौँ, २७ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफूसहितका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दैमा क्रान्तिकारी आन्दोलन नरोकिने बरु झन् शसक्त भएर जाने बताएका छन । उनले आफ्नो पार्टीका राजनीतिक गतिविधिमा हस्तक्षेप गरेर सरकारले ठूलो भुल गरेको समेत बताएका छन् । गत मंगबारदेखि प्रहरी हिरासतमा रहेका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले उठाएका राजनीतिक एजेण्डालाई सरकारले जवरजस्त अपराधिकरण गर्न […]

२०७५ श्रावण २७ गते, आईतवार

नेकपाले चन्दा मागेको छैन : श्रृजना राणा, संचालिका , होटल अन्नपूर्ण

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टीले आफूसँग कहिल्यै चन्दा माग नगरेको होटल अन्नपूर्णकी संचालिका श्रृजना राणाले बताएकी छन् । चन्दा अभियोग लगाएर यही साउन २२ गते साँझ काठमाडौंको चोभारबाट गिरफ्तार गरिएको नेकपाका प्रवक्ता प्रकाण्डसँग जोडेर केही दिनदेखि लगातार समाचार सार्वजनिक भइरहेको सन्दर्भमा दरबारमार्गमा अवस्थित उक्त होटल अन्नपूर्णकी संचालिका राणाले होटल वा आफूसँग नेकपाले कुनै […]

२०७५ श्रावण २६ गते, शनिबार

नेकपा चितवनका ईन्चार्ज बिसीको घरमा पक्राउ पूर्जी टाँस

काठमाडौं, २६ साउन । नेपाल कम्युनिस्ट पार्टी चितवन जिल्ला ईन्चार्ज लालबहादुर बिसीको घरमा सरकारले पक्राउ पूर्जी टाँस गरेको छ । पूर्जीमा बिसीलाई ‘फरार अभियुक्त’उल्लेख गरिएको छ । ज्यान मार्ने उद्योगसम्बन्धी कसुर गरेको अभियोगमा ईन्चार्ज बिसीको गुराँस गाविस–२ दैलेखमा रहेको घरमा जिल्ला अदालत चितवनले जारी गरेको म्यादी पूर्जी शुक्रबार टाँस गरिएको हो । सो कुराको पुष्टी […]

२०७५ श्रावण २६ गते, शनिबार

होटल अन्नपूर्णसँग चन्दा मागेको प्रचार भ्रामक र कपोल्कल्पितः प्रकाण्ड

काठमाडौं , २६ साउन । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले राजधानीको दरबार मार्गमा अवस्थित होटल अन्नपूर्णसँग पार्टीले चन्दा मागेको प्रचार झुठा भएको भन्दै खण्डन गरेका छन् । सरकारले गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएका प्रवक्ता प्रकाण्डले अन्नपूर्ण होटलका संचालकलाई आफूले नचिन्ने प्रष्ट पारेका छन् । उक्त होटलकी संचालिका सिर्जना राणासँग नेकपाले चन्दा मागेको प्रचार केही दिनदेखि […]

२०७५ श्रावण २६ गते, शनिबार

मलाई के आधारमा समातियो , सरकारले स्पष्ट जवाफ दिनुपर्छ : प्रकाण्ड (जेलभित्रैबाट दिएको अन्तरवार्ता)

तपाईंको हिरासत बसाइ कस्तो छ ? बसाइको अवस्था त हिरासतकै छ । तपाईं पूर्वमन्त्री भएकाले पनि यो प्रश्न गरेको । हिरासतकै भन्नाले कस्तो ? राज्य निकै कमजोर छ । राज्यले गर्नुपर्ने व्यवस्था गरेकै छैन । हिरासतमा रहेका बन्दीको बसोबासमा स्तरीकरण गर्ने र त्यस ढंगले म्यानेजिङ गर्नमा राज्यको कमजोरी नै छ नि । तपाईंमाथि सात करोड […]

२०७५ श्रावण २६ गते, शनिबार

श्रीमतीलाई जागिर खुवाउन चाकडी गर्नेले प्रकाण्डलाई हतकडी लगाए !

काठमाडौं , २६ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले काठमाडौं प्रहरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई ‘अपराधी’ भनेर अभिव्यक्ति दिएपछि बादलको बुझाईप्रति सबैतिर गम्भीर चासो बनेको छ । शुक्रबार चितवनमा पत्रकारहरुको जिज्ञासामा बादलले प्रकाण्ड गैरकानूनी रुपमा चन्दा उठाउने कार्यमा संलग्नता देखिएको भन्दै कानूनबमोजिम कारवाही गरिने प्रतिज्ञा समेत गरे । त्यसमा उनले विगतलाई सम्झेर […]

२०७५ श्रावण २६ गते, शनिबार

सत्तारुढ पार्टी निकटसहित १४ मजदूर संगठनद्वारा आन्दोनलको घोषणा

काठमाडौँ, २५ साउन । सरकारले घोषणा गरेको पारिश्रमले आफूहरुको श्रमको अपमान गरेको भन्दै १४ मजदूर संगठन तथा टे«ड यूनियनहरुले नयाँ आन्दोनलका कार्यक्रम घोषणा गरेका छन् । संयुक्त ट्रेड युनियन संघर्ष समितिले आफूहरुको आधारभूत पारिश्रमिक २२ हजार तोकिनु पर्ने माग समेत गरेको छ । शुक्रबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मजदूर संगठनहरुले साउन १५ गतेको […]

२०७५ श्रावण २५ गते, शुक्रबार

नेताहरुलाई तत्काल रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने चेतावनी

काठमाडौँ, २५ साउन । सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेको भन्दै विरोध स्वारुप देशव्यापी कोणसभा सम्पन्न भएको छ । उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत आज देशव्यापी कोणसभा कार्यक्रम भएको हो । यसैबीच नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र क्याम्पसमा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै कोणसभा सम्पन्न […]

२०७५ श्रावण २५ गते, शुक्रबार