मुख्य समाचार

नेकपाले स्थानीय निकायका बोर्ड फाल्यो

काठमाडौं, १५ वैशाख । नेपाल कम्युनिस्ट पार्टी चितवनले स्थानीय निकायहरु कब्जामा लिएको बताएको छ । उसले एकै रातमा सबै स्थानीय निकायका बोर्डहरु फालेको र महानगर,नगर र गाउँपालिकाका साथै सबै वडाका साइनबोर्डको ठाउँमा जनपरिषद् लेखेको बताईएको छ । चितवनका १ महानगरपालिका,६ नगरपालिका र १ गाउँपालिकाका साथै सबै वडा कार्यालयका बोर्ड फालेर ‘जनपरिषद्’ लेखिएको छ । चुनाव […]

२०७४ बैशाख १५ गते, शुक्रबार

माओवादीद्वारा प्रहरीलाई जनसेनामा भर्ना हुन आह्वान

काठमाडौं , १५ बैशाख । भारतीय माओवादीले अाफूहरु हिंसा प्रेमी नभएको भन्दै प्रहरीलाई जनसेनामा भर्ना हुन अाह्वान गरेको छ । अप्रिल २४ मा भारतको छत्तिसगढ जिल्लाको सुक्मामा भएको घटनाबारे भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को दण्डकारण्य विशेष जोनल कमिटीका प्रवक्ता विकल्पले अडियो टेप सार्वजनिक गर्दै सो अाह्वान गरेका हुन् । जनमेल अनलाइनका अनुसार अप्रिल २७ मा […]

२०७४ बैशाख १५ गते, शुक्रबार

काँग्रेसद्वारा चुनाव बहिस्कार (विज्ञप्तिसहित)

काठमाडौं, १४ वैशाख । नेपाल समाजवादी कांग्रेसले चुनाव बहिस्कार गर्ने उदघोष गरेको छ । उसले अाफूलाई गणतन्त्र स्वीकार्य नभएको भन्दै नेपालको अावश्यकता संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र भएकाे बताएको छ । ‘राज्यलाई नियन्त्रण गर्ने र समाजलाई विखण्डित गर्ने संघीयता र गणतन्त्र हामीलाई स्वीकार्य छैन्, नेपालको आवश्यकता संवैधानिक प्रजातन्त्र र हिन्दू राष्ट्र स्थापना हो’ बिहीबार पत्रकार […]

२०७४ बैशाख १४ गते, बिहीबार

‘बन्दुकको बलमा चुनाव गर्छु भन्नु मुर्खता’

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विप्लवले सरकारले बन्दुकको बलमा स्थानीय चुनाव गर्छु भन्नु मुर्खता मात्र भएको बताएका छन् । नेकपाद्वारा बुधबार आयोजित ‘साँस्कृतिक योद्धा सम्मान कार्यक्रम’मा बोल्दै महासचिव विप्लवले सरकारले गर्न लागेको चुनावले देशलाई दलालको चङगुलमा पार्ने बाहेक केही नहुने बताए । साथै उनले जनयुद्धकालमै फ्याँकिएको चुनाव नगर्नपनि प्रधानमन्त्री प्रचण्डसँग आग्रह […]

२०७४ बैशाख १४ गते, बिहीबार

नेकपा जनवादी गायकहरुलाई सम्मान गर्दै

काठमाडौं, १३ बैशाख । नेपाल कम्युनिस्ट पार्टीले आज जनवादी गायकहरुलाई सम्मान गर्ने भएको छ । जनवादी गायक खुशीराम पाख्रिन, रायन, जेबी टुहुरे, जीवन शर्मा र कवि पूर्ण विरामलाई अाज काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा नेकपाका महासचिव विप्लवद्वारा विशेष कार्यक्रमको अायोजना गरी सम्मान गर्न लागेको नेकपाले बताएको छ । महासचिव विप्लवले जनवादी गीतको माध्यमबाट कम्युनिस्ट आन्दोलनलाई गाउँगाउँ […]

२०७४ बैशाख १३ गते, बुधबार

‘चुनाब लुटतन्‍त्रको राज फर्काउने कार्य’

काठमाडौं, १२ बैशाख । नेपाल कम्युनिष्ट पार्टी उपत्यका ब्यूरोले काठमाडौंमा आयोजना गरेको स्थानीय चुनाब खारेजी अभियान अन्तर्गत गरेको जनसभा सम्पन्न भएको छ । देशभर चुनाव बहिस्कार अभियान सुरु गरेको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौंको शान्तिवाटीकामा सो सभा गरेको हो । सभालाई नेपाल कम्युनिस्ट पार्टीका शिर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभालाई सम्बोधन गर्दै पार्टीका स्थायीय […]

२०७४ बैशाख १२ गते, मंगलवार

डीआईजी सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडौं, ११ वैशाख । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान प्रहरीको एक टोलीले नियन्त्रणमा लिई उनलाई प्रहरी प्रधान कार्यालयमा बयानका लागि लगिएको जनाइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित निवासबाट डीआइजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी कानुनी परामर्शका लागि वरिष्ठ अधिवक्ता थापाको निवासमा पुगेका थिए […]

२०७४ बैशाख ११ गते, सोमबार

शान्तिपूर्ण सभा सम्मेलन गर्न पनि नपाउने ?

काठमाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य धर्मेन्द्र वास्तोलाले सरकारले बैशाख ३१ गते गर्न लागेको स्थानीय तहको निर्वाचन खारेज नगरे देश द्वन्द्व र मुडभेडमा जाने बताएका छन् । नेकपा पश्चिम ताम्सालिङ् व्यूरोले चितवनको भरतपुरमा शुक्रबार गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले फाँसीवादी पुरानो संसदीय व्यवस्थाको संस्थागत बिकास गर्न स्थानीय तहको निर्वाचन घोषणा गरिएको […]

२०७४ बैशाख ९ गते, शनिबार

नेकपा सिन्धुपाल्चोकद्वारा नगरपालिका र गाउँपालिकामा तालाबन्दी

काठमाडौं , ७ बैशाख । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले ३ नगरपालिका र ९ गाउँपालिकामा तालाबन्दी गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको विरोध गर्दै आईरहेको उक्त पार्टीले निर्वाचन खारेज गर्न माग गर्दै तालाबन्दी गरेको हो । गएराति जिल्लाको ३ नगरपालिका र ९ गाउँपालिकामा तालाबन्दी गरेको नेकपाकासिन्धुपाल्चोकले जनाएको छ ।

२०७४ बैशाख ७ गते, बिहीबार

नेकपाको सभामा प्रहरी हस्तक्षेप

काठमाडौं , ७ बैशाख । सरकारले नेकपाको शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गरेको छ । नेकपा चितवनले चौबिसकोठीमा आयोजना गरेको सभालाई पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले सम्वोधन गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेको हो । कार्यक्रम स्थलबाट प्रहरीले२२ जनालाई नियन्त्रणमा लिएको जनाईएको छ । प्रहरीले कार्यक्रम विथोल्न खोजे पनि अाफूहरुले अाफ्ना कुरा राखेकाे बास्तोलाले बताए । […]

२०७४ बैशाख ७ गते, बिहीबार