मुख्य समाचार

मुसहरहरुद्वारा चुनाव बहिस्कार गर्ने घोषणा

काठमाडौं,३१ चैत । सुनसरीका मुसहरहरुले स्थानीय चुनाव बहिस्कार गर्ने घोषणा गरेका छन् । सुनसरीको पुलाह भरौलका २८ घर परिवार मुसहरहरुले संयुक्त रुपमा चुनाव बहिस्कार गर्ने घोषणा गरेका हुन् । ‘चुनाव बहिस्कार’ अभियानको क्रममा नेपाल कम्युनिस्ट पार्टी सुनसरीका इन्चार्ज कृष्णकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीसँग मुसहरहरुले स्थानीय चुनावमा भोट नहाल्ने घोषणा गरेका हुन् । यसअघि अाफूहरुले एमालेलाई […]

२०७४ बैशाख १ गते, शुक्रबार

साँस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप

काठमाडौं,३१ चैत । नेपाल कम्युनिस्ट पार्टीले अायोजना गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । जिल्ला पार्टीको बिहीबार तमानमा अायोजनामा गरेको साँस्कृतिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरले जिल्ला सेक्रेटरी छम सेनसहित बाबुराम आचार्य, डिलबाहादुर कुमाल र सुमित घर्तीमगरलाई गिरफ्तार गरेको जिल्ला इन्चार्ज विकिरणले जानकारी दिएका छन् । ‘एकीकृत जनजागरण तथा प्रतिरोध’ अभियानको क्रममा […]

२०७४ बैशाख १ गते, शुक्रबार

बैद्य माओवादीको अरण्य रोदन

काठमाडौं , २८ चैत । नेकपा (क्रान्तिकारी माओवादी) को संगठन भताभुङ्ग हुन् थालेपछि अरण्य रोदन सुरु भएको छ । क्रान्तिकारी माओवादीको गलत नीतिका कारण सिंगो जिल्ला कमिटीहरु नै थाम्नै नसकिने गरि नेकपा र नेकपा माओवादी केन्द्रमा समाहित हुन थालेपछि अरण्य रोदन सुरु भएको हो । रुकुम, धादिङका सिंगो जिल्ला कमिटि नै माओवादी केन्द्रमा गाभिएका छन् […]

२०७३ चैत्र २८ गते, सोमबार

चुनाव खारेज अभियान तिब्र

काठमाडौं, २८ चैत । नेपाल कम्युनिष्ट पार्टीले चुनाव खारेज अभियानलाई तिब्र पारेको छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी गुल्मीले चुनाव हुन नदिने भन्दै गाउँपालिकाका बोर्डहरु तोडफोड गरी आफ्नो पार्टीको झण्डा ठड्याएर कार्यालय तालाबन्दी गरेको छ । चुनाव बहिस्कारको रणनीति अनुसार चैत २४ गतेदेखि उनीहरुले सो अभियान सुरु गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी गुल्मीले जिल्लाको […]

२०७३ चैत्र २८ गते, सोमबार

कारवाहीमा पर्ने डरले माओवादी केन्द्रमा प्रवेश

काठमाडौँ, २७ चैत । नेपाल कम्युनिस्ट पार्टी ललितपुरका जिल्ला सदस्य केशव देसहार र सविन्द्र महर्जन कारवाहीमा पर्ने डरले माओवादी केन्द्रमा प्रवेश गरेका छन । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेसँगै उनीहरु माओवादी केन्द्रमा पलायन भएका हुन् । जिल्ला सदस्य केशव देसहार सांगठानिक र सविन्द्र महर्जनलाई आर्थिक अराजकताको आरोप पुष्टि भएपछि माओवादी केन्द्रमा […]

२०७३ चैत्र २७ गते, आईतवार

वैद्य माओवादी विघटनको संघारमा

काठमाडौँ, २७ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) माओवादी गलत नीतिका कारण विघटनको संघारमा पुगेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठकबाट पार्टीले गलत निर्णय लिएको र चुनाव नै लड्ने भए फरक–फरक पार्टी किन राख्ने भन्दै नेता तथा कार्यकर्ताहरु लाखापाखा लाग्न थालेपछि सो पार्टी विघटनको संघारमा पुगेको हो । यसै क्रममा वैद्य माओवादीका केही जिल्लाका […]

२०७३ चैत्र २७ गते, आईतवार

स्थानीय चुनाबमा कुनै पनि भुमिका निर्वाह नगर्न कार्यालय प्रमुखहरुलाई ज्ञापनपत्र

काठमाडौँ, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी रुकुमले स्थानीय चुनाबमा कुनै पनि भुमिका निर्वाह नगर्न रुकुमका प्रमुख जिल्ला अधिकारीलगायतका कार्यालय प्रमुखहरुलाई शुक्रबार ज्ञापनपत्र बुझाएको छ । अहिले निर्वाचन आवश्यक नभएको , स्थानीय निर्वाचन जनताको पक्षमा नभएको र जवरजस्त निर्वाचन गर्न खोजीए जनताको सहभागिता र सर्मथनमा सशक्त प्रतिकार गर्ने नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय नीति बमोजिम सो […]

२०७३ चैत्र २६ गते, शनिबार

वैद्यको बिजोग , पार्टी नियन्त्रण बाहिर

काठमाडौँ, २६ चैत । नेकपा (क्रान्तिकारी माओवादी)का सिंगो जिल्ला कमिटीहरु नै एकअर्को गर्दै अन्य पार्टीमा गाभिन गएपछि बिजोगको स्थिति सिर्जना भएको छ । हालै सम्पन्न केन्द्रिय समितिको बैठकमा अध्यक्ष मोहन वैद्य किरणले गलत निर्णय गरेर सिङ्गो क्रान्ति र पार्टीमा समेत अपुरणीय क्षति पुर्याएको भन्दै पार्टीका जिल्ला कमिटीहरु केन्द्रको नियन्त्रणभन्दा बाहिर गएका छन् । जिल्ला कमिटीहरुले […]

२०७३ चैत्र २६ गते, शनिबार

देउवामा सत्ताआरोहणको दृढ इच्छा

काठमाडौं, २६ चैत । एकै चरणमा निर्वाचन गर्नुपर्ने पूर्व अडानबाट पछि हट्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा भने, ‘मधेसी मोर्चा निर्वाचनमा आउने सहमति गर्छ भने दुई चरणमा चुनाव गर्न सकिन्छ ।’ बैठकमा उनी अघि बोल्ने २८ सांसदमध्ये २० भन्दा बढीले एकै चरणमा निर्वाचन गर्न दबाव दिएका थिए […]

२०७३ चैत्र २६ गते, शनिबार

छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षकलाई कालोमोसो

काठमाडौं, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारीको अगुवाइमा छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक बलराम थापालाई जुत्ताको मालासहित कालोमोसो दलिएको छ । इलामको पुवामझुवास्थित बिडापानी माबिका ५५ वर्षीय शिक्षक बलराम थापाले ११ वर्षीय छात्रालाई बलात्कारको प्रयास गरेका थिए । उनलाई अखिल क्रान्तिकारी र अभिभावकहरुले जुत्ताका मालासहित कालोमोसो दलेका थिए ।

२०७३ चैत्र २२ गते, मंगलवार