मुख्य समाचार

लखेटिए प्रहरी

काठमाडौं, २३ वैशाख । कालिकोटका जनताले स्थानीय चुनाबको लागि खटिएका प्रहरीलाई लखेटेका छन। उनीहरुले जनयुद्धको झल्को दिनेगरि स्थानीय निर्वाचनको सुरक्षामा खटिएका १५० बढी जनपथ र सशस्त्र प्रहरीलाइ १ किलो मिटर टाढा लखेटेका छन् । १५० जना संख्यामा रहेको सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीको सयुक्त टोलिले गाउँमा घेरा हालेर जबर्जस्त स्थानीय जनतालाई भोट हाल्न […]

२०७४ बैशाख २३ गते, शनिबार

प्रहरीद्वारा नेकपाका कार्यकर्ता गिराफ्तार

काठमाडौं, २३ वैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका दर्जनभन्दा बढी नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङले चुनाव विरोधी गतिविधि गरेको भन्दै गजुरी गाउँपालिका–३ गुम्बाडाडाँबाट पक्राउ गरिएको जनाएको छ । उनीहरुलाई प्रहरी चौकी जोगिमाराको हिरासतमा राखिएको छ ।

२०७४ बैशाख २३ गते, शनिबार

उम्मेदवारी फिर्ता लिन जनसत्ताको आग्रह

काठमाडौं, २२ वैशाख । देशभर स्थानिय निकायको चुनावी सरगर्मी बढिरहेको बेला नेपाल कम्युनिष्ट पार्टीद्धारा सञ्चालित समानान्तर सत्ता अवध स्वायत्त प्रदेश अन्तर्गत रहेको जिल्ला जनपरिषद् नवलपरासीले भने स्थानिय चुनावमा उमेदवार दर्ता गर्ने सबै उमेदवारहरुलाई उमेदवारी फिर्ता लिनको लागी आग्रह गरेको छ । जिल्ला जनपरिषद् प्रमुख पृथ्वीद्धारा हस्ताक्षरीत एक विज्ञप्ती सार्वजनिक गर्दै जनसत्ताले भनेको छ,‘ नवलपरासी जिल्लाको […]

२०७४ बैशाख २२ गते, शुक्रबार

माओवादी केन्द्र निकट युवाहरु नेकपामा समाहित

काठमाडौँ, २१ बैशाख । स्थानिय चुनाव नजिकिदै गर्दा माओवादी केन्द्र निकट युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्विकरण हुने क्रम बढ्दै गएको छ । यसै क्रममा हिजो माओवादी केन्द्रका दाङका जिल्ला वाईसिएल सह–संयोजक अतुल कँवरको नेतृत्वमा आठ जना युवाहरु नेपाल कम्युनिस्ट पार्टीमा धुर्वकृत भएका छन् । त्यस्तै अमिर चौधरी, हुम बहादुर परियार,शुमन रास्कोटी,अनिल कँवर,गोबिन्द भण्डारी, कृति भण्डारी […]

२०७४ बैशाख २१ गते, बिहीबार

प्रहरीद्वारा नेकपाका नेतामाथि ज्यादती , मध्यरातमा घरघरमा छापा

काठमाडौं, २१ बैशाख । प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि ज्यादती गर्न थालेको छ । यसैक्रममा प्रहरीले नेपाल कम्युनिस्ट पार्टी चितवनका नेता तथा कार्यकर्ताको घरघरमा प्रहरीले छापा मारेको छ । बुधबार मध्यराति प्रहरीले छापा मारेर तीन जना जिल्ला नेतालाई गिरफ्तार गरेको छ । चितवनको खैरेनी नगरपालिकामा प्रहरीले छापा मारेर जिल्ला नेता रघुविर,विराट र रोशनलाई मध्यराति सुतिरहेको […]

२०७४ बैशाख २१ गते, बिहीबार

‘वैद्यले क्रान्तिकारी विचार र राजनीतिलाई अनिर्णयको बन्दी बनाए ‘

काठमाडौँ, २० बैशाख । नेकपा क्रान्तिकारी माओवादी राजनीतिक रुपले गतिहीन र अकर्मण्यतामा फसेको भन्दै सो पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी परित्याग गर्ने लहर नै चलेको छ । यसैक्रममा मंगलबार मोहन वैद्य किरण नेतृत्वको पार्टीका थारुबान राज्य समितिका नेताहरुले पत्रकार सम्मेलन गरेर वैद्यले क्रान्तिकारी विचार र राजनीतिलाई अनिर्णयको बन्दी बनाएको भन्दै विद्रोह गरेका छन् । परित्याग […]

२०७४ बैशाख २० गते, बुधबार

‘माओवादी केन्द्र कम्युनिस्ट पार्टी रहेन ‘

काठमाडौँ, २० बैशाख । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको र इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै सो पार्टी परित्याग गरेको घोषणा गरेका छन् । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र सरकारको माथिल्लो निकाय […]

२०७४ बैशाख २० गते, बुधबार

दमनले बिद्राेह जन्माउँदैछ

काठमाडौँ, २० बैशाख । नेपाल कम्युनिस्ट पार्टी कर्णाली ब्युरोले शान्तिपूर्ण जनतासँग छलफल गरिरहेका पार्टी नेता-कार्यकर्ताकाे गिर्फतारी र दमनले स्वतः बिद्राेह जन्मिने चेतावनी दिएकाे छ । साे पार्टीका कर्णाली व्युराे इन्चार्ज एटम बिसीले मंगलबार एक बिज्ञप्ति जारी गर्दै जनताकाे त्याे अाँधीमय बिद्रोहले दमनकारी सत्तालाई सदाकम लागि बिदा गर्ने बताएका छन् । जुम्ला जिल्ला इन्चार्ज रविकिरण र […]

२०७४ बैशाख २० गते, बुधबार

नेकपाका दुई दर्जन नेता तथा कार्यकर्ता गिरफ्तार

काठमाडौँ, १९ बैशाख । प्रहरीले नेपाल कम्युनिष्ट पार्टी रुकुमका जिल्ला सेक्रेटरीसहित २५ नेता – कार्यकर्तालाई गिरफ्तार गरेको छ । रुकुमको आठविसकोटबाट पार्टीका जिल्ला सेक्रेटरी चन्द्रबहादुर बुढा, सहसेक्रेटरी गम्भीर, हिरामणि रावल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष दीपक विष्ट, मुसिकोट खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक हरिविष्णु ओलीसहित २५ नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको हो । आज दिउँसो आठविसकोट नगरपालिकाको राडीबजारबाट […]

२०७४ बैशाख १९ गते, मंगलवार

माओवादी केन्द्र र वैद्य माओवादीका नेताहरुद्वारा पार्टी परित्याग

काठमाडौँ, १९ बैशाख । नेकपा (माओवादी केन्द्र) का पोलिट्ब्युरो सदस्य श्यामबहादुर बोहरा ‘अटल’ले पार्टी परित्याग गरेका छन् । माओवादी केन्द्रले पुरानो संसदीय व्यवस्थालाई सुदृढ गर्ने दिशामा अगाडि बढेको, इमान्दार नेता–कार्यकर्ताभन्दा ठेकेदारहरुको हालिमुहाली बढेको भन्दै पार्टी परित्याग गर्नु परेको बताए । मंगलबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोलिट्ब्युरो सदस्य अटलले माओवादी केन्द्रका नेताहरु पार्टी र […]

२०७४ बैशाख १९ गते, मंगलवार