मुख्य समाचार

‘प्रचण्डले जनयुद्धका सहिदहरुको सपनामाथि गद्धारी गरे’

काठमाडौं, २९ पुस । नेकपा माओवादीका प्रवक्ता प्रकाण्डले जनयुद्धका सपनामाथि प्रचण्डले ठूलो गद्धारी गरेको बताएका छन् । सहिद रचना प्रकाशन केन्द्रद्धारा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता प्रकाण्डले जनयुद्धको सपना नयाँ जनवादी व्यवस्था भएको तर प्रचण्डले त्यो सपना भुलेर संसदीय व्यवस्थाका सामु आत्मसमर्पण गरेको बताए । ‘हामीले जनयुद्ध थालनी गर्दा त्यसको लक्ष्य नयाँ जनवादी व्यवस्था […]

२०७३ पुष २९ गते, शुक्रबार

माओवादी भोजपुराद्वारा जनप्रतिनिधि सभा घोषणा

काठमाडौं, २९ पुस । नेकपा माओवादीको भोजपुरा स्वायत्त प्रदेशको जनप्रतिनिधि सभा घोषणा गरेको छ । रौतहटको जुडबेलामा माओवादीले २१ सदस्यीय जन प्रतिनिधि सभा घोषणा गरेको हो । त्यस्तै गोपाल जिम्बाको नेतृत्वमा ७ सदस्यि जनपरिषद् समेत घोषणा गरेको छ । जसको उपप्रमुखमा हरेराम यादब, सभामुखमा भक्तिमाया रेग्मी लगायत रहेका छन् । गंगाधर ढकालको सभापतित्वमा भएको घोषणा […]

२०७३ पुष २९ गते, शुक्रबार

‘नयाँ प्रविधिसहित युद्ध गर्न तयार छौ ‘

काठमाडौं, २९ पुस । नेकपा माओवादीका केन्द्रीय जनपरिषद प्रमुख तथा स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले मुलुकलाई वाह्य हस्तक्षपबाट रोक्नको लागि सम्पूर्ण देशभक्तहरु एक हुनुपर्ने बताएका छन् । नेकपा माओवादी मकवानपुरको हेटौँडामा सुरु भएको जिल्ला सम्मेलनमा बोल्दै प्रमुख अतिथि समेत रहेका बुढाले नेकपा माओवादीले उठाएको जनक्रान्ति नेपाली जनताको भएको दाबी गरे । राज्यले देशभित्र रहेको नागरिकहरुको […]

२०७३ पुष २९ गते, शुक्रबार

स्वघोषित इन्टरनेशनल स्कूल-कलेज अखिल क्रान्तिकारीकाे निसानामा

काठमाडौं, २८ पुस । स्वघोषित इन्टरनेशनल स्कूल तथा कलेज नेकपा ( माअाेबादी )निकट अखिल क्रान्तिकारीकाे निसानामा पर्न थालेका छन । आफ्नो स्कूल-कलेजको नामकाे पछाडि ‘इन्टरनेशनल’ शब्द झुण्ड्याउने स्कूल-कलेजमाथि अखिल क्रान्तिकारीले छानविन थालेको छ । अखिल क्रान्तिकारिले त्यस्ता स्कूल-कलेजले अभिभावकलाई ठग्न इन्टरनेश्नल झुण्ड्याउने तर भाैतिक संरचना विद्यार्थीमैत्री नभएका र पढाईकाे स्तर न्यून भएकाे भन्दै त्यस्ता स्कूल-कलेजमाथि […]

२०७३ पुष २८ गते, बिहीबार

‘क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुँदैछ’

काठमाडौं, २७ पुस । नेकपा (माओवादी)का स्थायी कमिटि सदस्य तथा केन्द्रिय जनपरिषद् प्रमुख सन्तोष बुढा मगरले क्रान्तिको क्षेप्यात्र प्रक्षेपण हुने बताएका छन । नेकपा (माओवादी) नवलपरासीको ५ औं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । उनले महाधिवेशनलाई पार्टी र संगठन निर्माणको अस्त्रको रुपमा हेर्नुपर्ने बताउदै अगाडी भने, ‘पार्टीले फाल्गुण १ गते काठमाडौंमा […]

२०७३ पुष २७ गते, बुधबार

प्रचण्डलाई जनअदालतमा उभ्याउने चेतावनी

काठमाडौं, २७ पुस । नेकपा माओवादीका स्थायी कमिटी सदस्य हेमन्तप्रकाश वलि ‘शुदर्सन’ले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘जनअदालत’मा उभ्याउने चेतावनी दिएका छन् । प्रचण्ड हिटलर बन्न खोजेकाले उनलाई जनअदालतमा उभ्याउनु पर्ने बेला भएको ओलीले बताए । नेकपा माओवादी जाजरकोटको चौथो जिल्ला सम्मेलनको उद्‍घाटन कार्यक्रममा उनले माओवादीले पनि आफ्नो जनसत्ता सञ्चालन गरेको बताए […]

२०७३ पुष २७ गते, बुधबार

माओवादीद्वारा जनकारबाही तीव्र , भ्रस्ट र तस्करहरुको भागाभाग

काठमाडौं, २७ पुस । नेकपा (माओवादी) कैलालीले टीकापुरबाट चेलीबेटी तस्करलाई नियन्त्रणमा लिएर एक महिलालाई बेचिनबाट जोगाएको छ । माओवादी टीकापुर नगर सेक्रेटरी झलक विकका अनुसार चेलीबेटी तस्कर टिकापुर ६ कटानपुरका दानेयल बिकले टिकापुरास्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी ३० बर्षिया नानीमाया परियार (नाम परिवर्तन) लाई बेच्न लगिरहेको अवस्थामा आफ्नो नियन्त्रणमा लिएको बताएका छन् । नानीमायााई दानेयलले […]

२०७३ पुष २७ गते, बुधबार

बन्दको अबज्ञा गर्ने कलेज क्रान्तिकारीको निशानामा

काठमाडौं, २६ पुस । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले कञ्चनपुरको ब्रिक्सटन कलेजमा तोडफोड गरेका छन् । अखिल क्रान्तिकारीले आज आव्हान गरेको बन्दको अवाज्ञा गरेको भन्दै उनीहरुले तोडफोड गरेको बताइएको छ । उनीहरुले कलेजको प्रिन्सिपल कार्यकक्षका टेबुल तोडफोड गर्नुका साथै उक्त कार्यकक्ष भित्र रहेका फर्निचर यत्रतत्र फालेरका छन् । ब्रिक्सटन कलेजका प्रिसिन्पल निशा भट्टले एकाएक कलेजमा […]

२०७३ पुष २६ गते, मंगलवार

आज शैक्षिक आमहड्ताल

काठमाडौं, २६ पुस । नेकपा (माओवादी) अनेरास्ववियु क्रान्तिकारीले आज एकदिने शैक्षिक आमहड्तालको घोषणा गरेको छ । क्रान्तिकारीले गत पुष ७ गते महाभ्रष्ट लोकमान सिंह कार्कीलाई सर्बोच्च अदालतमा उच्च साहस र बहादुरीताका साथ कालो मासो दल्ने संगठनका केन्द्रिय सदस्यद्धय .प्रकाश शाही र चन्द्र बुढा बिना सर्त स–सम्मान रिहाईको माग गर्दै आज एकदिने आमहड्तालको घोषणा गरेको हो […]

२०७३ पुष २६ गते, मंगलवार

‘ एकीकृत जनक्रान्तिमार्फत संसदबादी दलहरुको सिन्डिकेट तहन नहस पार्छौ’

काठमाडौं, २६ पुस । नेकपा(माअाेवादी) गुल्मीका सेक्रेटरी बिष्णु पंन्तले संसदबादी दलहरुको सिन्डिकेट एकीकृत जनक्रान्ति मार्फत तहन नहस पारी दिने उदघोष गरेका छन । सेक्रेटरी पंन्तले नेकपा(माअाेवादी ) रेसुङ्गा नगर पालिकाकाे अधिवेशन उद्घाटनको क्रममा सो ठोकुवा गरेका हुन् । सो अधिवेशनका प्रमुख अतिथि रहेका पन्तले जुन सिन्डिगेट मार्फत नेपाली जनतालाई बन्दक बनाई दलाल संसदिय सत्ता मार्फत […]

२०७३ पुष २६ गते, मंगलवार