मुख्य समाचार

लोकमानलाई कालोमोसो दल्ने शाही र बुढाप्रति सम्मान प्रकट

काठमाडौ, १४ पुस । नेकपा (माओवादी)को विद्यार्थी संगठन माओको १२४ औं जन्मजयन्तीको अवसरमा सोमबार घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा ५ औं पूर्ण वैठक सम्पन्न भएको छ । वैठकले निलम्वित अख्तिार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दली कारवाही गर्ने संगठनका पूर्व दाङ जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य प्रकाश शाही र चन्द्र बुढाप्रति समान्न प्रकट गर्दै तत्काल रिहाईको माग […]

२०७३ पुष १४ गते, बिहीबार

एसएसपीसँग प्रहरी जवानले घुस लिएपछि…

काठमाडौं, १३ पुस । काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस लिएकोे आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। घटनामा काभ्रेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ऋषिदेव कुशहवालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण […]

२०७३ पुष १३ गते, बुधबार

माअाेवादीकाे शान्तिपुर अधिवेशन सम्पन्न

काठमाडौं , १२ पुस । नेकपा ( माअाेवादी)गुल्मी जिल्लाको शान्तिपुर अधिवेशन सम्पन्न भएकाे छ । गुल्मी जिल्लाको दाेस्राे वजारकाे रुपमा परिचित शान्तिपुर गाविसकाे अधिवेशन सम्पन्न भएकाे नेकपा(माअाेवादी)का जिल्ला प्रमुख बिष्णु पंन्तले बताएका छन् । भेलाले अमृत थापाकाे नेतृत्वमा १५ सदस्यीय गाविस कमिटी घाेषणा भएको जानकारी दिएका छन् । सहसेक्रेटरीमा रमेश बस्याललाई चयन गरिएकाे छ । […]

२०७३ पुष १२ गते, मंगलवार

वैद्य माओवादी संविधान खारेजी गर्न कस्सियों

काठमाडौं , १२ पुस । नेकपा (क्रान्तिकारी ) माओवादीले वर्तमान संविधानलाई पश्चगामी भन्दै खारेजीकाे लागि तीन महिने अभियानको घोषणा गरेको छ ।संविधान कार्यान्वयनमा सत्तापक्ष र प्रतिपक्षबीच रस्साकस्सी भइरहेको बेला वैद्य माओवादीले सो अभियानको घोषणा गरेको हो । हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष वैद्यले आगामी माघदेखि संविधान खारेजी, भ्रष्टाचार र कालाबजारीविरुद्ध […]

२०७३ पुष १२ गते, मंगलवार

नेपाल चीनको सँयुक्त सैन्य अभ्यासबाट भारत चिन्तित

काठमाडौं, १२ पुस । नेपाल र चीनबीच सन् २०१७ को शुरुमा हुने भनिएको सुयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको छ । आज प्रकाशित टाईम्स अफ् ईन्डियाले केपी ओलीलाई हटाएर प्रचण्डले सत्ता लिए पछि भारतसगँको सम्बन्ध पुनस्थापित भईरहेका बेला यो अभ्यास हुन लागेको भन्दै खबर लेखेको छ । साथै केही समय पहिले भारतीय सेना प्रमुख दलबीर […]

२०७३ पुष १२ गते, मंगलवार

माओवादीद्धारा जानकारबाही तीब्र , सहायक वन अधिकृत र शिक्षकलाई कालोमोसो

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी) कैलालीले भ्रष्टाचारमा संलग्न रहेको भन्दै ईलाका वन कार्यलय अत्तरियाका सहायक वन अधिकृत कृष्ण बहादुर बोहरालाई कालोमोसो सहित जनकारवाहि गरेको जनाएको छ । पटक पटक सुध्रिन चेतावनि दिदा पनि नसुध्रिए पछि चेतावनि स्वरूप जनकारवाहि गरेको माओवादीले जनाएको छ । बोहराले सरकारि जग्गा अतिक्रमण गर्नेहरूसंग साॅठगाॅठ गरि पैसा असुल्ने गरेको । […]

२०७३ पुष ११ गते, सोमबार

‘ दलाललाई कालोमोसो मात्र हैन, जुत्ताको माला लगाएर जनताको कठघरामा ल्याउनु पर्छ ‘

काठमाण्डौ ,११ पुस । नेकपा (माओवादी)का महासचिव नेत्र विक्रम चन्द विप्लवले दलाल र तस्करहरुलाई कालोमोसो दल्ने मात्र हैन अब जुत्ताको माला लगाएर जनताको कठघरामा ल्याउने बेला आएको बताएका छन । पार्टीको अन्तराष्ट्रिय विभागले आज प्रज्ञा भवनमा आयोजना गरेको अक्टोबर क्रान्ति सय वर्ष पुगेको सन्दर्भको अन्तरक्रियामा बोल्दै महासचिव विप्लवले देशमा दलाल तस्करहरुले ठुलो ब्रम्हलुट मच्चाईरहेको भन्दै […]

२०७३ पुष ११ गते, सोमबार

‘प्रचण्ड बाबुराम कुहिएका सुन्तला’

काठमाण्डौ ,११ पुस । ईतिहासविद् डा. सुरेन्द्र केसीले प्रचण्ड र बाबुराम बोटबाट भुईमा झरेर कुईएको सुन्तला जस्तै औचित्यहिन बनेको टिप्पणी गरेका छन । नेकपा ( माओवादी)को अन्तराष्ट्रिय विभागले आज राजधानीको पज्ञा भवनमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै डा केसीले सो कुरा बताएका हुन । उनले समाजबाद र साम्यवादका लागी नेपाली माटोमा क्रान्ति थाल्नु सरहानीय भएपनि त्यसको […]

२०७३ पुष ११ गते, सोमबार

१२४ औं माओ दिवस मनाइदै

काठमाडौँ , ११ पुस । चिनियाँ नयाँ जनवादी क्रान्तिका नेता माओ–त्सेतुङको जन्म दिवस संसारभरका कम्युनिष्ट पार्टीहरुले मनाई रहेका छन । यसैक्रममा नेपालमा रहेका विभिन्न कम्युनिष्ट घटकले माओ–त्सेतुङको जन्म दिवस को पूर्ब सन्ध्यामा अाइतबार १ सय २४ औं माओ दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । २६ डिसेम्बर सन् १८९३ मा माओको जन्म चीनको हुनान प्रान्तको […]

२०७३ पुष ११ गते, सोमबार

पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता नभएसम्म संघर्ष

काठमाडौं, ९ पुस । नेकपा (माआवादी)ले इन्धनको मूल्य बृद्धि, महंगी, कलोबजारी, भ्रष्टाचारविरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टी निकट जनवर्गीय संगठनहरुले शनिबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारभन्दा धेरै मूल्य बृद्धि गरेको, सर्वसाधारण महंगीको मारमा हुँदा पनि सरकारले मूल्य बृद्धि घटेको भन्दै […]

२०७३ पुष १० गते, आईतवार