मुख्य समाचार

विद्युत प्राधिकरणका तीन सञ्चालक बर्खास्त

काठमाडौं ४ पुस । ऊर्जा मन्त्रालयले विद्युत प्राधिकरणका तीन जना सञ्चालकहरुलाई बर्खास्त गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको लोडसेडिङ हटाउने अभियानमा अवरोध गरेखा कारण उनीहरुलाई हटाइएको हो । सञ्चालक समिति सदस्यहरु लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई ऊर्जा मन्त्रालयले हटाएको हो । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्ने अभियान चलाइरहेका बेला सञ्चालकत्रय अग्रवाल, […]

२०७३ पुष ४ गते, सोमबार

आयल निगम घेराउ गरिदै

काठमाडौं , ४ पुस । नेकपा (माओवादी) निकट अखिल क्रान्तिकारीले नेपाल आयल निगम घेराउ गर्ने भएको छ । कालाेबाजारी र चुहावट नियन्त्रण गरी जनतालाई राहत दिनुकाे साटाे व्ययापारी कम्पनी झै निगमले नाफाको लागि मूल्य बृद्धि गरेकाले अखिल क्रान्तिकारीले निगम घेराउ गर्ने भएको हो । अखिल क्रान्तिकारी र राष्ट्रिय युवा जनस्वयमसेवकको अगुवाईमा दिउँसो ३ बजे घेराउ […]

२०७३ पुष ४ गते, सोमबार

विश्वका अर्बपतिको सूचिमा परेका विनोद चौधरीको कम्पनीमा माओवादीको घेराउ

काठमाडौं । विश्वका अर्बपतिको सूचिमा परेका विनोद चौधरीको स्वामित्वमा रहेका काठमाडौं र ललितपुर तथा उपत्यका बाहिर नवलपरासीमा रहेका सीजी ग्रुप अन्तर्गतका सबै कम्पनीहरुमा माओवादी निकट संचार प्राविधिकहरुले घेराउ गरिहेका छन् । विगत १० महिनादेखि व्यवस्थापनले बिना जानकारी कम्पनी सञ्चालन नगरी कर्मचारीलाई पनि तलव नदिई अन्यौलको स्थिति पैदा भएपछि कर्मचारीहरुले निरन्तर आन्दोलन गर्दै आएका छन् । […]

२०७३ पुष ४ गते, सोमबार

प्रचण्ड छोड़ी विप्लवतिर

काठमाडौँ, ३ पुस । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी)त्रि–चन्द्र एकाइ प्रदेश नं. ६ का संयोजक अनिल के.सी. नेकपा (माओवादी) निकट अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै भनेका छन् ‘ म विगत दुई बर्ष देखि माओवादी केन्द्र निकट भातृसंगठन अखिल (क्रान्तिकारी)मा आवद्ध थिए । तर माओवादी केन्द्रले आफ्नो विचार […]

२०७३ पुष ३ गते, आईतवार

माअाेवादीद्वारा दुलारीकाे जग्गा कब्जा

काठमाडौँ, ३ पुस । नेकपा (माअाेवादी)ले माेरङकाे लालबस्तीस्थित सुन्दर दुलारीकाे जग्गा कब्जामा लिएकाे बताएकाे छ । जनयुद्धकालमा कब्जा लिएकाे जग्गामा भूमाफियाहरुले बेच्ने चलखेल गरेकाे भन्दै माअाेवादी का‍र्यकर्ताहरुले शनिबार पार्टीकाे झण्डा गाँडेर कब्जा लिएकाे बताएका छन् ।

२०७३ पुष ३ गते, आईतवार

जिल्ला प्रशासनमा ५ नम्बर प्रदेशको बोर्ड

काठमाडौं, ३ पुस । संयुक्त आन्दोलन परिचालन संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय गुल्मीमा ५ नम्बर प्रदेशको साइनबोर्ड टांगेको छ । १९ दिनदेखिको बन्दले जनजीवन कस्टकर बनेको छ । सबै सरकारी कार्यालयमा तालाबन्दी गरिएको छ । आन्दोलन र प्रदर्शनले निकास निस्कन नसकेको भन्दै सर्वसाधारणहरुले भने बन्दको विकल्प खोज्न संघर्ष समितिलाई आग्रह गर्न थालेका छन् । संयुक्त […]

२०७३ पुष ३ गते, आईतवार

विप्लव,वैद्य र मोहनविक्रमले संयुक्त रुपमा संघर्ष गर्ने

काठमाडौँ , १ पुस । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र नेकपा (माओवादी)का महासचिव विप्लवले अक्टोबर क्रान्ति तथा कम्युनिष्ट पार्टी स्थापना दिवस सँगै मनाउने घोषणा गरेका छन् । शुक्रबार तीन नेताले संयुक्त विज्ञप्ति जारी गरेर आगामी बैशाख ९ गते संयुक्त रुपमा मनाउने घोषणा गरेका छन् । तीनै नेताले भारतको […]

२०७३ पुष २ गते, शनिबार

सांसदको छातीमा मुक्का !

काठमाडौं, ३० मंसिर । एमालेका सांसद लालबहादुर रावल पार्टी मुख्यालय धुम्बाराहीमा नै कुटिएका छन । बझाङ क्षेत्र नं. २ का सांसद रावललाई एमालेकै कार्यकर्ता मानबीर बोहोराले आक्रमण गरेका हुन् । बोहोराले सांसद रावलको छातीमा मुक्का हानेका थिए । पार्टी मुख्यालयमा स्थायी समितिको बैठक चलिरहेका बेला रावलमाथि आक्रमण भएको हो । बझाङबाट स्थानिय निकायको पुनर्संरचना आयोगले […]

२०७३ मंसिर ३० गते, बिहीबार

‘आवश्यक परे हतियार उठ्छ’

काठमाडाैँ , ३० मंसिर । नेकपा (माओवादी) का प्रवक्ता प्रकाण्डले जनयुद्ध र जनआन्दोलनवाट प्राप्त उपलव्धी गुम्ने खतरा वढेको भन्दै उनले ठुलो वलिदानवाट प्राप्त उपलव्धी रक्षाको लागि निर्णयक क्रान्ति गर्ने र त्यसको लागि आवश्यक परे हतियार पनि उठाउने बताएका छन । सुर्खेतको वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन । प्रवक्ता प्रकाण्डले संसदवादी […]

२०७३ मंसिर ३० गते, बिहीबार

नेपालगन्ज मेडिकल कलेजमा तालाबन्दी

काठमाडौं, २९ मंसिर । नेकपा (माअाेवादी) निकट अखिल(क्रान्तिकारी)ले नेपालगन्ज मेडिकल कलेजमा तालाबन्दी गरेको छ । अखिल(क्रान्तिकारी)ले कलेजले तोकेको भन्दा बढी शुल्क लिएकोले तत्काल खारेज गर्न माग गर्दै बुझाएको ज्ञापन पत्रको सुनुवाई नगरेपछि तालाबंदी गरेको बुझिएको छ ।

२०७३ मंसिर २९ गते, बुधबार