मुख्य समाचार

भट्टराई र यादव एउटै कित्तामा

काठमाडौं, १३ मंसिर । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपन्द्र यादव राष्ट्रिय समस्याहरुको ठोस समाधान हुनेगरी संविधान संशोधन हुनुपर्ने भन्दै एउटै कित्तामा उभिएका छन । केही समयअघिदेखि दुवै पार्टीबीच एकीकरण हुने चर्चा चलिरहेका बेला आज संयुक्त विज्ञप्ति आउनुलाई अर्थपूर्ण हिसाबले हेरिएको छ । उनीहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै महत्वपूर्ण राष्ट्रिय […]

२०७३ मंसिर १३ गते, सोमबार

माअाेवादी सुकुम्बासी संघद्वारा एकीकृत जागरण अभियान सुरु

काठमाडौं, १३ मंसिर । नेकपा(माअाेवादी)निकट अखिल नेपाल भुमिहीन सुकुम्बासी संघले ‘सम्पूर्ण भूमिहीन सुकुमबासी एक होऔं ! मेची–महाकाली एकीकृत भूमिहीन सुकुमबासी जागरण अभियान सफल पारौं !! ‘ भन्ने नारासहित नेपालको भूमिब्यबस्थार र भूमिहीन सुकुमबासी समस्याको समाधानका बिषयमा मेचि–महाकाली एकीकृत जागरण अभियान चलाएको छ । मंसिर १३ गते देखि झापाबाट शुरू भएको सो अभियान मेचि महाकालीका बिभिन्न् […]

२०७३ मंसिर १३ गते, सोमबार

माअाेवादीद्वारा मन्दकिनी हाइड्राेपावर बन्द

काठमाडौं, ११ मंसिर । नेकपा(माओवादी)कास्की पश्चिम कमाण्डले स्थानीय र कामदारसँग विवाद रहेकाे सार्दिखोलास्थित निर्माणधीन ४ मेघावाटको मन्दकिनी हाइड्रोपावर बन्द गराएको छ । स्थानीय सर्वसाधारण र कामदारकाे उपस्थितमा माअाेवादी कार्यकर्ताले ‘मन्दकिनी हाइड्रोपावरलाई कार्वाही किन’ लेखिएकाे ८ बुँदे विज्ञप्ति टाँसेका छन् । स्थानीय र कामदारलाई सम्बाेधन गर्दै नेकपा (माओवादी) कास्कीका सचिवालय सदस्य परिवर्तनले चेतावनी स्वरुप बन्द गराएको […]

२०७३ मंसिर ११ गते, शनिबार

वैद्य माओवादी प्रध्यापक संघका केन्द्रीय उपाध्यक्षसहितका केन्द्रीय सदस्यहरु माओवादीमा प्रवेश

काठमाण्डौ , १० मंसिर । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीका प्राध्यापकहरु नेकपा माओवादी प्राध्यापक संघसँगको ध्रुवीकरणमा सहभागी भएका छन् । वैद्य माओवादी प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष डा. भगवानचन्द्र ज्ञवालीको नेतृत्वमा ८ केन्द्रीय सदस्यहरु क्रान्तिकारी ध्रुवीकरणमा सहभागी भएका हुन् । विहीबार नेकपा (माओवादी )नेपाल राष्टिय प्राध्यापक संगठनका केन्द्रीय अध्यक्ष मोहन खतिवडा र वैद्य माओवादी प्राध्यापक […]

२०७३ मंसिर १० गते, शुक्रबार

षड्यन्त्रपुर्वक गिरफ्तार गरेका नेताहरुलाई तत्काल रिहा गर्न माग

काठमाण्डौ , १० मंसिर । नेकपा (माअाेवादी) ले दाेलखा जिल्ला सेक्रेटरी अर्जुन याेगी र सचिवालय सदस्य रामबहादुर ढुंगेललाई दाेलखा प्रहरीले षड्यन्त्रपुर्वक ढंगले गिरफ्तार गरेकोमा आपत्ति जनाएको छ । उसले प्रहरीले षड्यन्त्रपुर्वक ढंगले गिरफ्तार गरेका आफ्ना जिल्ला नेताहरुलाई तत्काल रिहा गर्न माग समेत गरेको छ । साथै तत्काल रिहा नगरेमा कडा संघर्षका कार्यक्रम ल्याउने चेतावनी समेत […]

२०७३ मंसिर १० गते, शुक्रबार

पत्राकार गिरफ्तारी प्रति काउन्सिलको आपत्ति

काठमाण्डौ ,९ मंसिर । प्रेस काउन्सिल नेपालले फेसबुकमा समाचार पोष्ट गरेकै कारण सिरहाका पत्रकार अर्जुन थपलियालाई प्रहरीले गिरफ्तार गरेको घटनाप्रति आपत्ति जनाएको छ । काउन्सिलले विज्ञप्ती निकालेर पत्रिकामा प्रकासित समाचार फेसबुकमा पोष्ट गरेको बिषयमा स्थानिय प्रशासनले बिद्युतिय कारोवार ऐन अन्तरगत गिरफ्तार गरि थुनामा राखिएको प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै घोर आपत्ति जनाएको छ । सिरहाबाट […]

२०७३ मंसिर ९ गते, बिहीबार

‘मेरो पदमा खतरा नपुगोस्’

काठमाडौँ, ९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पदमा खतरा नपुग्ने सर्तमा मात्र संसद्मा संशोधन विधेयक पेस गर्ने अडान लिएका छन् । प्रस्ताव अस्वीकार्य भएको अवस्थामा राजीनामा गर्नुपर्ने परिस्थिति आउने हुँदा त्यसअघि नै संशोधन विधेयकको बुँदामा मधेसी मोर्चाको अनुमोदन हुनुपर्ने नयाँ सर्त उनले बुधबार मधेसी दलहरूसँगको वार्तामा राखे । मधेसी मोर्चालाई सहमतिमा ल्याई संसद्मा संशोधन […]

२०७३ मंसिर ९ गते, बिहीबार

‘अपराधीलाई कुनै हालतमा छोड्दैनौ ‘

काठमाडौं, ८ मंसिर । नेकपा (माओवादी ) माइला लामाविरुद्ध भयानक षड्यन्त्र भएको भन्दै निकै आक्रोशित भएको बुझिएको छ । माओवादी जनयुद्धका घाइते योद्धा तथा आफ्नो पाटीका केन्द्रीय सदस्य एवम् जनवादी साङ्गीतिक क्षेत्रका अविराम अभियन्ता माइला लामाबारे अत्यन्त भ्रामक, दुराग्रहपूर्ण, कपोलकल्पित समाचार छापेर एक अनलाइनले हददर्जाको पीतपत्रकारिता गरेको भन्दै आक्रोशित भएको बुझिएको छ । यस बिषयलाई […]

२०७३ मंसिर ८ गते, बुधबार

माओवादीद्वारा चौधरी ग्रुपलाई चेतावनी

काठमाडौं, ७ मंसिर । नेकपा (माओवादी) जिल्ला समिति नवलपरासीले एक विज्ञप्ती सार्वजनिक गर्दै चौधरी उद्योगले उद्योग भित्र कार्यरत मजदुरहरुलाई राजनैतिक आस्थाको आधारमा गरिने विभेद, अमानवीय व्यवहार लगायतका बारेमा गम्भीर भएको जनाएको छ । गत कात्र्तिक २८ गते गरेको संघर्ष अन्तर्गत नेपाल बन्दको क्रममा बन्दसमेत नगरी बन्दकर्तामाथी अनावश्यक अमानवीय व्यवहार गरेको भन्दै पार्टी जिल्ला सक्रेटरी पदम […]

२०७३ मंसिर ७ गते, मंगलवार

‘ संविधान संशोधन प्रस्ताव दर्ता गर्न दिइदैन’

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुसहितको बैठकमा एमालेले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नै गर्न नदिने अडान लिएको छ । एमाले नेताहरुले कार्यान्वनयन नगरी संविधान संशोधन गर्दै जाँदा मुलुकमा झन् अस्थिरता आउने भन्दै संशोधन प्रस्तावको प्रतिवाद गर्ने चेतावनी दिएका थिए । निकै चर्काचर्की भएको सो बैठकमा […]

२०७३ मंसिर ७ गते, मंगलवार