मुख्य समाचार

प्रतिक्रान्ति र साम्राज्यावादीबिरुद्ध लड्न समाजवादी मोर्चा (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले प्रतिक्रान्ति र साम्राज्यावादीबिरुद्ध लड्न समाजवादी मोर्चा गठन भएको बताएका छन्। समाजवादी मोर्चा नेपालद्वारा शुक्रबार कास्कीको पोखरामा सभा गृहमा आयोजित सन्देशसभालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।

२०८० भाद्र १५ गते, शुक्रबार

नेकपाद्वारा एमसीसीविरुद्ध संघर्षको शंखघोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी विरुद्ध चरणवद्ध संघर्षको कार्यक्रम घोषणा गरेको छ । शुक्रबार विहान पार्टी केन्द्रीय कार्यालय वुद्धनगरमा बसेको स्थायी समितिको वैठकले एमसीसी विरुद्ध संघर्षको कार्यक्रम घोषणा गरेको हो ।जसअनुसार भदौ १९ गते पाल्पा,२०गते रुपन्देही,२१गते नवलपरासी, हेटौडा,नुवाकोट र धादिङमा २३ गते देशभक्त वामपन्थी र एमसीसी परियोजना विरुद्ध रहेका शक्तिहरुसंग अन्तरक्रिया गर्ने कार्याक्रम रहेका […]

२०८० भाद्र १५ गते, शुक्रबार

‘ प्रधानमन्त्री प्रचण्ड एमसिसीविरुद्ध लड्नुहुन्छ भन्ने विश्वास छ’

काडमाडौं ।   नेपाल कम्युनिष्ट पार्टीका महासचिव   विप्लव सीले  प्रधानमन्त्री प्रचण्ड  एमसिसीविरुद्ध     लड्ने  विश्वास व्यक्त गरेका छन्।  समाजवादी मोर्चाले  बिहिबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले  सो कुरा बताएका हुन्।   महासचिव   विप्लव सीले   अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन   जनताको हितमा नरहेको बताउदै  यसको विरुद्धमा प्रधानमन्त्री  प्रचण्ड लड्ने विश्वास व्यक्त  गर्दै भने – ‘एमसिसी जनताको […]

२०८० भाद्र १४ गते, बिहीबार

साम्राज्यवादी हस्तक्षेप कदापी स्वीकार्न सकिदैन (भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले साम्राज्यवादी हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्वीकार गर्न सकिने बताउदै एमसीसीकाे नाममा अमेरिकाले सैन्य मोर्चा खडा गर्न चाहेकोले नेपाल कुनै पनि सैन्य मोर्चामा जान नसक्ने बताएका छन । समाजवादी मोर्चाले बिहीबार कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।महासचिव विप्लव सीले भने,–‘अरु कुरामा […]

२०८० भाद्र १५ गते, शुक्रबार

‘नेपालमा एमसीसी लागू हुन सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी नेपालमा लागू हुन नसक्ने ठोकुवा गरेका छन। उनले बुधबार साँझ एक सञ्चारमाध्यमसँगकाे कुराकानीमा सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले नेपालमा कुनै पनि हालतमा एमसीसी कार्यान्वयन हुन नसक्ने र एमसीसीले किनेको जमिनमा सुकुम्वासी तथा वाढी पीडितहरुलाई बसाल्ने चेतावनी समेत दिए । उनले अमेरिकी साम्राज्यवादको ५० अर्बमा नेपाल […]

२०८० भाद्र १४ गते, बिहीबार

एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्छ(भिडियोसहित )

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले एमसीसी खारेज नभए ०५२ साल दोहोरिन सक्ने चेतावनी दिएका छन । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेजको माग गर्दै काठमाडौँमा आयोजना गरेको बिरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले एमसीसी […]

२०८० भाद्र १३ गते, बुधबार

नेकपाका महासचिव विप्लव सीद्वारा अनशनमा बसेका विद्यार्थी नेतालाई भेट

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (IOE) पुल्चोकमा अनशनरत विद्यार्थी नेताहरुसँग भेट गरेका छन् । भेटमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले IOE ले अनावश्यक शुल्क वृद्धि गरेको र त्यसपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले चरणबद्ध संघर्ष गर्ने क्रममा शुल्क वृद्धि फिर्ता गराउन दबाबस्वरुप अनशन सुरु गरेको जानकारी […]

२०८० भाद्र १३ गते, बुधबार

‘एमसीसी कार्यान्वयन गर्न खोजे राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नुपर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले एमसीसी जवर्जस्त कार्यान्वयन गर्न खोजे नेपालमा राष्ट्रिय मुक्ति मोर्चाको गठन गरी प्रतिरोध गर्नुपर्ने बताएका छन् ।बुधवार एक सञ्चारमाध्यमसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले नेपालमा एमसीसी कार्यान्वयन भए नेपाल, नेपाली नरहने भएकाले त्यस विरुद्ध राष्ट्रिय मुक्ति मोर्चा बनाई प्रतिरोध गर्नु पर्ने बताएका हुन् ।उनले एमसीसीबाट अमेरिकी साम्राज्यवादले नेपाललाई दक्षिण […]

२०८० भाद्र १३ गते, बुधबार

समाजवादी मोर्चाको धनगढी सन्देशसभा स्थगित

काठमाडौं । समाजवादी मोर्चा नेपालको आज धनगढीमा हुने भनिएको सन्देश सभा स्थगित भएको छ । आज विहान बालुवाटारमा बसेको मोर्चाको अध्यक्ष मण्डलको बैठकले उक्त कार्यक्रम रोक्ने तर मोर्चा कायम नै रहने सहमति भएको हो । एमसीसी पारित गर्दा भएको ‘व्याख्यात्मक घोषणा’ को विषयमा आजसम्म अमेरिकी सरकार र एमसीसी परियोजनाको कार्यालय मौन बस्नु, जनदबाब बढ्दै गएपछि […]

२०८० भाद्र १३ गते, बुधबार

चार कम्युनिस्ट पार्टीद्वारा एमसीसी खारेजीको माग : भोलि देशब्यापी संयुक्त विरोध प्रदर्शन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले एमसीसी खारेज गर्न जोडदार माग गरेका छन। नेपाल कम्युनिस्ट पार्टीका महासचिव बिप्लव सी ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष किरण , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक […]

२०८० भाद्र १२ गते, मंगलवार