मुख्य समाचार

नेकपाका नेताद्वारा धरौटी राख्न इन्कार

काठमाडौं, १८ जेठ । नेपाल कम्युनिस्ट पार्टीका स्यांग्जा जिल्ला सेक्रेटरी गोकुल पराजुलीलगायतका चार जना नेता जिल्ला अदालतले तोकेको धरौटी राख्न इन्कार गरेपछि कारागार चलान भएका छन् l जिल्ला कारागार शाखा स्याङ्गजा चलान गरिएका अन्य नेताहरुमा जिल्ला जनसरकार प्रमुख सागर अर्याल, अखिल नेपाल ट्रेड युनियन महासंघ क्रान्तिकारी स्याङ्गजा संयोजक गोबिन्द ओली र महिला नेत्री मिसिरा नेपाली […]

२०७६ जेष्ठ १८ गते, शनिबार

नेपाल कम्युनिस्ट पार्टीमाथि राज्य आतंक

काठमाडौं, १८ जेठ । राज्यले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि अहिलेसम्म कहाँ कहाँ गोली चलायो र गोली लागेर कति घाइते भए तथा कति जनाको ज्यान लियो ? भन्ने विषयमा जनचासो बढ्दै गएको छ । राजनीतिक अस्थिरता र राज्य व्यवस्थाप्रति नागरिकको असन्तुष्टिबीच यसो हुनु स्वभाविकै हो । झनै अहिलेजस्तो नागरिक र पेशागत विषयमाथि सरकारले लिँदै […]

२०७६ जेष्ठ १८ गते, शनिबार

सरकार नेपाल कम्युनिस्ट पार्टीसंग त्रस्त

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले आफ्नो पार्टीको कार्यकर्तालाई निसशस्त्र रुपमा गिरफ्तार गरी गोली हानी निर्मम तरिकाले हत्या गरेको भन्दै विरोधमा जेठ १३ गते नेपाल बन्द कार्यक्रम सम्पन्न गर्यो । बन्दका दिन देशैभर विष्फोट र आगजनीका थुप्रै घटना भए ,तोडफोड पनि उस्तै भए । राजधानीका केही विष्फोट घटनामा परी बन्द आयोजक पक्षकै सक्रिय […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

‘हार्ले डेभिडसन’ मोटर साईकलको कुरा गरेर चरित्र हत्या गर्न खोजियो ‘

काठमाडौं, १७ जेठ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दले केही मिडिया र केही सामाजिक सन्जालका समूहहरूले ‘हार्ले डेभिडसन’ मोटर साईकलको कुरा गरेर आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै आपत्ति जनाएका छन । उनले हालै चितवनस्थित बीबीसीका सम्वाददाता ईश्वर जोशीसग कुरा गर्दै सो आपत्ति जनाएका हुन् ।बीबीसीका सम्वाददाता ईश्वर जोशीले तपाईँ महँगो […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

नेकपाभित्र सत्ता विवाद

काठमाडौं, १७ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने क्रममा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आलोपालोमा सरकारको नेतृत्व गर्ने सहमति भएको तथ्य बाहिर आएसँगै उनीहरूबीच भित्रभित्रै विवाद रहेको देखिएको छ। उतिबेलाको लिखित सहमति बाहिर नआए पनि पार्टी र सरकार सञ्चालनमा ओली हावी हुँदै गएपछि त्यो बाहिर आएको हो। त्यसो […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

सहिद महानकाे अन्त्यष्टी

काठमाडौं, १६ जेठ । सयाैं प्रहरीको घेरा र हस्तक्षेपका बिच सहिद गाेकुल राना ‘महान’ काे श्रद्धाञ्जलीसहित दाङमा अन्त्यष्टी गरिएको छ । यहि जेठ १३ गते काठमाडौंकाे सुकेधारास्थित बम विस्फाेटमा परि सहिद हुनुभएका बबई गाउँपालिका ३ धनबासकाेटका गाेकुल राना ‘महान’ लाई अाज नेपाल कम्युनिस्ट पार्टीको झण्डा अाेढाएर अन्तिम श्रद्धाञ्जलीसहित ट्वाङ्खोलामा अन्त्यष्टी गरिएकाे छ । सहिद महानलाई […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

आधारहीन र भ्रामक समाचार नलेख्न चेतावनी

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)ले पार्टी विरुद्ध निरन्तर भ्रमपूर्ण समाचार प्रकाशन भइरहेको भन्दै उक्त हर्कत तत्काल रोक्न र सत्यतथ्यमा आधारित समाचार सम्प्रेष गर्न आग्रह गरेको छ । ने.क.पा.को उपत्यका विशेष ब्यूरोले आज बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टी र पार्टीको नीति–योजाना विपरीत केही संचारमाध्यमले कपोलकल्पित र भ्रामक समाचार प्रकाशन गरेको उल्लेख […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

‘ तीर्थ हत्याकाण्ड’ भीडन्त होइन, नियोजित ईन्काउन्टर

काठमाडौं, १६ जेठ । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)का युवा नेता तीर्थराज घिमिरे ‘राजु’को हत्या दोहोरो भीडन्तमा नभई राज्यले गरेको सुनियोजित ईन्काउन्टरबाट भएको एक पूर्वमन्त्रीले बताएका छन् । भीडन्तस्थल, खुट्टामा गोली लागेका राजुको निधन, प्राथमिक उपचार क्षेत्र र मृत्यु भएको स्थान उल्लेख गरेको देख्दा राजुलाई नियोजित ईन्काउन्टरमा गोली हानी हत्या गरिएको अनुमान सहजै गर्न सकिने पनि […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

सर्वोच्चद्वारा आदर्शलाई आठौ पटक म्याद थपेर हिरासतमा राख्नुको कारण पेश गर्न आदेश

काठमाडौं, १५ जेठ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ लाई आठौ पटक सम्म म्याद थपेर हिरासतमा राख्नुको कारण पेश गर्न जिल्ला अदालतलाई आदेश दिएको छ । ५२ वर्षीय चुडामणिलाई राज्यले प्रहरी हिरासतमा गैरन्यायिक तरिकाले थुनामा राखेको जनाउँदै तत्काल रिहाइको माग सहित लालबहादुर पुत्र विनोद ओलीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

सहिद दिपेन्द्रको अन्त्येष्टी, महानको गृह जिल्ला लगियो, निरन्तरको शव अस्पतालमै

काठमाडौं, १५ जेठ । काठमाडौंको सुकेधारमा भएको बम विस्फोटमा परी सहिद भएका नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता दिपेन्द्र विकको मंगलवार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको सोमवार सुकेधाराको ढलाने पुल छेउमा बम विस्फोट हुँदा मृत्यु भएको थियो । टिचिङ अस्पतालमा पोस्टमार्टमपछि प्रहरीले दिपेन्द्रको शव उनका कान्छा बुबाको जिम्म लगाएको थियो । अस्पतालबाट सिधै पशुपति आर्यघाट […]

२०७६ जेष्ठ १५ गते, बुधबार