मुख्य समाचार

११ विद्यार्थी संगठनद्वारा विरोध सभा, धरपकड बन्द गर्न चेतावनी

काठमाडौं, १ जेठ । ५५ औं विद्यार्थी दिवसको अवसर पारेर ११ विद्यार्थी संगठनहरुले बुधबार विरोध सभा सम्पन्न गरेका छन । सो बिरोध सभामा बोल्दै विद्यार्थी नेताहरुले शान्ति पूर्ण कार्यक्रममा धरपकड नगर्न चेतावनी समेत दिएका छन । विरोध सभामा बोल्ने विद्यर्थी नेताहरु सरकारले एकपछि अर्को फाँसीवाद लाद्न खोजेको र त्यसविरुद्ध ११ विद्यार्थी संगठनले आन्दोलनको आधिबेहरी सृजना […]

२०७६ जेष्ठ २ गते, बिहीबार

पाँच वाम पार्टीद्वारा सञ्चार जगतको आन्दोलनप्रति ऐक्यबद्धता

काठमाडौँ, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा र देशभक्त जनगणतान्त्रिक मोर्चाले सञ्चार माध्यमलाई नियन्त्रण गर्ने र सञ्चार क्षेत्रलाई कमजोर तुल्याउने गरी सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील सम्बन्धी विधेयकको घोर विरोध एवम् तीव्र भत्र्सना गरेका छन् । सोमबार नेकपा (क्रान्तिकारी माओवादी) को कार्यालय बुद्धनगरमा बसेको पाँच […]

२०७६ जेष्ठ १ गते, बुधबार

ढकालको रिहाईको माग गर्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर , आज सुनुवाई हुने

काठमाडौँ, १ जेठ । ११ बिद्यार्थी संगठनले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरन्जीवी ढकालको रिहाईको माग गर्दै मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको मुद्धा दायर गरेको छ । ११ बिद्यार्थी संगठनका तर्फबाट मंगलवार गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का कोषाध्यक्ष बिनोद सुनामले ढकाललाई गैरन्यायीक रुपमा गिरफ्तार गरेको भन्दै रिहा गर्न माग गर्दै रिट दायर गरेका हुन् । अनामनगरस्थित […]

२०७६ जेष्ठ १ गते, बुधबार

सुकुम्बासी बस्ती हटाए जनकारबाही

काठमाडौँ, १ जेठ । जिल्ला जनपरिषद् नेपाल झापाले मेचिनगर ६ साठिबिघा गोसखानमा अवस्थित सुकुम्बासी बस्ती हटाउन नगरपालिकाले उर्दि जारी गरेकोमा आपत्ति जनाउदै बस्ती हटाए जनकारबाही गर्ने चेतावनी सहितको विज्ञप्ति र ब्यानर टाँस गरेको छ । जिल्ला जनपरिषद् नेपाल, झापाका प्रमुख दिपकले विज्ञप्ति जारी गर्दै चेतावनी दिएका हुन् । गत पुसमा आगलागीबाट सो बस्ती ध्वस्त भएको […]

२०७६ जेष्ठ १ गते, बुधबार

नेता जीवन्त पुनः अदलत परिसरबाटै गिरफ्तार

काठमाडौं, ३० बैशाख । सरकारले प्रतिबन्ध घोषणा गरेपछिको निर्णयको पहिलो निशानामा ने.क.पा.का पोलिटब्यूरो सदस्य एवं जनवर्गीय संगठनका ईन्चार्ज मोहन कार्की ‘जिवन्त’ लाई प्रहरीले सोमवार पुनः गिरफ्तार गरेको छ । काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिलगत्तै जीवन्तलाई प्रहरीले पुनः अदलत परिसरबाटै गिरफ्तार गरेको हो । राजद्रोहको मुद्धामा दुई महिनादेखि हिरासतमा रहेका नेता कार्कीलाई […]

२०७६ बैशाख ३१ गते, मंगलवार

झुठा अभियोगमा फसाउन खोजिए पछि पूर्जी बुझ्न अस्वीकार

काठमाडौं, २९ बैशाख । शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गर्दागर्दैको अवस्थामा गिरफ्तार गरिएका अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवि ढकाललाई काठमाडौं जिल्ला अदालतले एक दिन म्याद थप गरेको छ । १५ दिन म्याद थपको माग गरिएपनि अदालतले आइतबार अनुसन्धानका लागि एक दिन मात्र म्याद थपको अनुमति दिएको छ । कानून व्यवसायी (अधिवक्ता) समेत रहेका अध्यक्ष ढकाल नेपाल […]

२०७६ बैशाख ३० गते, सोमबार

जेठ ५ गते शैक्षिक हड्ताल

काठमाडौं, २८ बैशाख । अखिल (क्रान्तिकारी)ले संगठनका अध्यक्ष चिरञ्जीवी ढकालको रिहाईको माग गर्दै जेठ पाँच गते आमशैक्षिक हड्तालको घोषणा गरेको छ । ११ बिद्यार्थी संगठनले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनबाटै अध्यक्ष ढकाललाई प्रहरीले गिरफ्तार गरेपछि अखिल (क्रान्तिकारी)ले त्यसको बिरोधमा शैक्षीक हड्तालसहितका चरणबद्ध संघर्षका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार वैशाख २९ गते देशव्यापी कोणसभा, जेठ […]

२०७६ बैशाख २८ गते, शनिबार

ने.क.पा.माथिको प्रतिबन्ध खारेज गर्न माग

काठमाडौं, २७ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.)माथि सरकारले लगाएको प्रतिबन्ध खारेज गर्न माग गर्दै सरकारकोे विरोधमा उत्रिएका पाँच पार्टीले काठमाडौंको शान्तिबाटिकामा विरोधसभा गरेका छन । सो विरोधसभा बोल्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारको फासीवादी कदमकै कारण देशमा लडाईँ हुने बताएका छन् । विरोधसभालाई सम्बोधन गर्दै नेता गजुरेलले जनयुद्धलाई धोका […]

२०७६ बैशाख २८ गते, शनिबार

अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकाललाई २४ घण्टाभित्र रिहाई नगरे सशक्त संघर्ष

काठमाडौं, २७ बैशाख । नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ। ११ विद्यार्थी संगठनले शुक्रवार दिउँसो आफ्ना कार्यक्रमहरु पत्रकार सम्मेलन गरी सार्वजनिक गरिरहेकै बेला विप्लव नेकपानिकट अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो । उक्त गिरफ्तारीलगत्तै विद्यार्थी संगठनहरुले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र ढकालको रिहाइ […]

२०७६ बैशाख २८ गते, शनिबार

अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल गिरफ्तार

काठमाडौं, २७ बैशाख । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले गिरफ्तार गरेको छ। आज आयोजित ११ विद्यार्थी संगठनको संयुक्त पत्रकार सम्मेलनबाट ढकाललाई प्रहरीले गिरफ्तार गरेको हो । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होमिन्द्र बोगटीले अध्यक्ष चिरञ्जीवी ढकाललाई गिरफ्तार गरेको बताए। ढकाललाई महानगरिय प्रहरी परिसर काठमाडौंमा राखिएको बताइएको छ । […]

२०७६ बैशाख २७ गते, शुक्रबार