मुख्य समाचार

पत्रकार चन्दको बन्दी प्रत्यक्षीकरण रिट दायर , पेशी मंसिर २६ गते

काठमाडौं, २४ मंसिर । विगत १३ दिनदेखि प्रहरी हिरासतमा राखिएका अनलाइन पत्रिका पोष्टपाटी डटकममा प्रधानसम्पादक गोपाल चन्दको अर्को पेशी आउँदो बुधबारको लागि तोकिएको छ । पोष्टपाटीमा मंसिर ६ गते प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार चन्दलाई गिरफ्तार गरी महानगरीय प्रहरी परिसर टेकुमा राखिएकोमा रमेश डाँगीले चन्दलाई गैरकानूनी रुपमा थुनामा राखिएको भन्दै रिहाईको मागसहित मंसिर १६ गते […]

२०७५ मंसिर २४ गते, सोमबार

माल्कोट पुगेका प्रकाण्डलाई भब्य स्वागत

काठमाडौं , २३ मंसिर । कालिकोटको नरहरिनाथ गाउँपालिका वार्ड ६ माल्कोट पुगेका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् प्रवक्ता प्रकाण्डलाई स्थानीयले गाजाबाजा सहित भब्य स्वागत एवम् अभिनन्दन गरेका छन । लामो समयको हिरासत बसाइँपछि पहिलो पटक अाफ्नो गाउँ पुगेका प्रवक्ता प्रकाण्डलाई देखेपछि स्थानीय भाबुक बन्दै अँकमाल गरेका थिए । वर्तमान सरकार प्रति अाक्रोसित नारा […]

२०७५ मंसिर २३ गते, आईतवार

भुषाललाई सुदखोर, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै जनकारबाही

काठमाडौं , २२ मंसिर । मुद्दा मिलाउने बहानामा जनतासग मोटो रकम उठाउने, महिलाहरुसग अनैतिक सम्बन्ध राख्ने सामाजिक दलाल, सुदखोर, भ्रष्टाचार र ब्यभिचारको आरोप लगाउदै वाणगंगा नगरको जनपरिषदले कपिलवस्तु वाणगंगा ३, कर्महनाका युवराज भुषाललाई जनकार्बाही गरेको छ । कारबाहीपछि भेटिएको एक पर्चामा ४ बुदे आरोप लगाउदै उनलाई कारबाही गरेको जनाएको छ । नेपाल कम्युनिस्ट पार्टीले चलाउदै […]

२०७५ मंसिर २२ गते, शनिबार

निष्कासनमा परेकालाई गलत हल्ला नफ़ैलाउन चेतावनी

काठमाडौं , २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ नेपालले संगठनबाट कारवाही परिसकेका व्यक्तिहरुले समानान्तर संगठनको नाममा गलत हल्ला फैलाएको भन्दै यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ । महासंघका अध्यक्ष टिका कँडेलले एक प्रेस विज्ञप्ति निकाल्दै पार्टी र नेताहरुको नाम दुरुपयोग गरि समानान्तर कमिटी बनाएको भनेर हल्ला गरेको भन्दै भ्रममा नपर्न […]

२०७५ मंसिर २२ गते, शनिबार

सत्ताधारी नेकपाबिरुद्ध सर्वोच्चमा रिट

काठमाडौं , २२ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएकोमा विरोध जनाउदै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा शुक्रबार दायर गरेको निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख […]

२०७५ मंसिर २२ गते, शनिबार

घिमिरेको पार्टी सदस्यता खारेज

काठमाडौं , २१ मंसिर । नेपाल कम्युनिस्ट पार्टी जनकपुर ब्यूराेले पार्टी नीति विपरित काम गर्ने एक कार्यकर्ताको साधारण सदस्यता खारेज गरेको छ । सो ब्युरोका इन्चार्ज अरुणले एक प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुली जिल्लाको हरिहरपुरगढि ७ का हरिकृष्ण घिमिरेलाई पार्टी नीति विपरीत काम गरेकाले साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट कार्वाही गरिएको बताएका छन् । कार्वाही […]

२०७५ मंसिर २१ गते, शुक्रबार

प्रकाण्ड अभिनन्दित , भ्रष्टाचारी र बलात्कारीलाई ठेगान लगाएरै छोड्ने उदघोष

काठमाडौं , २० मंसिर । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा बुधबार शक्ति प्रदर्शन गरेको छ । नेकपा कालिकोटद्वारा बुधबार आयोजित उक्त जनसभामा जिल्लाका ९ वटै स्थानीय तहबाट हजारौँको संख्यामा नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए । जनसभालाई सम्बोधन गर्दै प्रबक्ता प्रकाण्ड सरकारले आफूलाई हिरासतमै मार्ने कोशिस गरेको बताएका छन् । आफू जनताको लागि संघर्ष गरिरहेको तर […]

२०७५ मंसिर २० गते, बिहीबार

मान्मामा जनसागर उर्लियो, प्रकाण्डले सम्बोधन गर्दै

काठमाडौं, १९ मंसिर । नेपाल कम्युनिस्ट पार्टी कालिकोटले आयोजना गरेको जनसभामा जनसागर उर्लिएको छ । जनसभाका प्रमुख अतिथि नेकपा प्रवक्ता प्रकाण्ड रहेका छन् । जनसभामा सामना साँस्कृतिक परिवारले जनवादी गीत प्रस्तुत गरेको छ । जनसभामा प्रवक्ता प्रकाण्डलाई कालीकोटका सहिद परिवारसहित कोलिकोटवासीको तर्फबाट फूलको मालासहित भव्य अभिनन्दन गरिएको छ । प्रकाण्डले जनसभालाई केहीबेरमै सम्बोधन गर्दैछन् । […]

२०७५ मंसिर १९ गते, बुधबार

नेकपाद्वारा राष्ट्रियकरण गरिएका जमिन बिक्री वितरण गर्नेलाई सख्त कारबाही हुने

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीले कब्जा गरी राष्ट्रियकरण गरेको जमिन जमिनदारसँग मिलेर बिक्रीवितरण गर्ने र भूमिहीन किसान तथा सुकुमबासीहरूलाई उठीबास गर्ने, जमिन खरिद गर्ने व्यक्तिहरूलाई अनिश्चितता र आर्थिक समस्यामा धकेल्ने काममा लागेका व्यक्ति, सङ्घसंस्था, व्यवसायी, दलाल, भूमाफिया तथा कमिसनखोरमाथि सख्त कारबाही गर्ने चेतावनी दिएको छ । नेकपाका स्थायी समिति सदस्य तथा […]

२०७५ मंसिर १९ गते, बुधबार

‘वर्तमान सरकार नक्कली कम्युनिस्टको हाे’

काठमाडौं, १८ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले वर्तमान सरकारलाई कम्युनिष्ट मास्ने नक्कली कम्युनिष्टको सरकार भएको बताएका छन । मंगलबार अखिल (क्रान्तिकारी) मध्य पश्चिम कमान्डको अभियान उद्घाटन गर्दै नेता बुढा मगरले वर्तमान सरकार साम्राज्यवादीहरुको दलाल बुँख्याचा भएको बताए । यथास्तिबादी र पश्चगामी चेतनाले वर्तमान सरकार चलिरहेकोले बर्तमान सरकार नेपाली जनताकाे […]

२०७५ मंसिर १९ गते, बुधबार