मुख्य समाचार

नयाँ कम्युनिष्ट पार्टीको घोषणा

काठमाडौं , ३ भदौं । नेपालका कम्युनिष्ट पार्टीहरुकोबीचमा आजदेखि अर्को नयाँ कम्युनिष्ट पार्टीको जन्म भएको छ । आज राजधानीको संवाद डबलीमा आयोजित एक कार्यक्रमबीच डिपी जैसी (महेन्द्र) को नेतृत्वमा कम्युनिष्ट केन्द्र पार्टीको घोषणा गरिएको हो । पार्टीले सम्पूर्णं कम्युनिष्टहरुलाई एकताबद्ध गर्दे नेपाली जनताहरुलाई अधिकार सम्पन्न गर्ने अध्यक्ष डिपी जैशीले बताए । नेपालका सच्चा कम्युष्टि भन्नेहरुले […]

२०७३ भाद्र ३ गते, शुक्रबार

सत्तारुढ दल परित्याग गरि नेकपा माओवादीमा प्रवेश

काठमाडौं , ३ भदौं । धनकुटा नगरपालिका वडा नम्बर १५ बेलहाराका १६ जना सत्तारुढ दल परित्याग गरि नेकपा माओवादीमा प्रवेश गरेका छन । बिभिन्न पार्टी त्याग गरि नेकपा माओवादीमा प्रवेश गर्ने १६ मध्य भाबी कमिटीमा वडा सेक्रेटरी कुमार भन्डारी रहने गरि प्रवेश कार्यक्रम सम्पन्न भएको बताइएको छ । प्रवेश गर्नेमा (माओवादी केन्द्र), माओवादी क्रान्तिकारी र […]

२०७३ भाद्र ३ गते, शुक्रबार

सहिद रामबृक्ष स्मृति दिवस मनाइयो

काठमाडौ, २ भदौ । सहिद रामबृक्ष यादवकाे २२अाै स्मृति दिवस महाेत्तरीकाे बर्दिबासमा मनाईएको छ । नेकपा माअाेवादीका पिबिएम तथा जनकपुर ब्युराे ईन्चार्ज अाेम प्रकाश पुनकाे प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा मिथिला जनपरिषद प्रमुख अादम कवाडी र सप्तरी जिल्ला पार्टी सचिव बिष्णु पाैडेलले रामबृक्ष यादवकाे ब्यक्तित्व बारेका प्रकाश पारेका थिए भने कार्यक्रममा पार्टी सिसिएम राम लखन महताे, […]

२०७३ भाद्र २ गते, बिहीबार

दाहाल सरकारले देश र जनताको पक्षमा काम गर्न सक्दैन : वैद्य

काठमाडौं, १ भदौ । नेकपा माओवादी क्रान्तिकारी पार्टीका अध्यक्ष मोहन वैद्यले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारले राष्ट्रिय हितको पक्षमा काम गर्न नसक्ने बताएका छन् । आज विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै वैद्यले ‘विदेशी शक्तिको आडमा अहिलेको सरकार बनेकाले देश र जनताको पक्षमा यसले काम गर्न नसक्ने’ टिप्पणी गरेका हुन् । उनले ‘सरकार परिवर्तनका लागि […]

२०७३ भाद्र १ गते, बुधबार

‘संसदवादको कथित तागतमा सहिदको परिभाषा फेरिदैछ ‘

काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोलाले संसदवादीहरु सहिदको परिभाषा बिगार्न लागि परेको बताएका छन् । ‘दोरम्बा हत्याकाण्ड चौधौं स्मृति दिवस’ कार्यक्रममा नेता वास्तोलाले सो कुरा बताएका हुन् । रामेछाप–काठमाडौं जनगणतन्त्र सम्पर्क मञ्चले अनामनगरस्थित संवाद डबलीमा आयोजना गरेको सोे कार्यक्रममा बोल्दै स्थायी समिति सदस्य वास्तोलाले भने ‘संसदवादको कथित तागतको बलमा सहिदको परिभाषा परिवर्तन […]

२०७३ भाद्र १ गते, बुधबार

आज पनि शैक्षिक हड्ताल

काठमाडाैँ, ३२ साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले आज पनि शैक्षिक हडताल गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, मनोरञ्जन लगायतमा ५० प्रतिशत विद्यार्थी छुट र सहुलियत लागू गराउन, […]

२०७३ श्रावण ३२ गते, मंगलवार

पार्टी नीति बिपरित गतिविधि गर्ने पुलामी कारवाहीमा

काठमाडौं, ३१ साउन । नेकपा माओवादीले पार्टी नीति बिपरित गतिविधि गरेको भन्दै सविन पुलामीमगरलाई पार्टीबाट निस्कासन गरेको छ । पार्टी निकट मजदूर संगठनको भक्तपुर संयोजक युवराज आचार्यमाथि भौतिक आक्रमण गरेको भन्दै पार्टीकै कार्यकर्ता सविन पुलामीमगरलाई कार्वाही गरेको उपत्यका विशेष व्यूरो इन्चार्ज सन्तोष बुढामगर ‘विषम’ ले बताएका छन् । साउन २७ गते बेलुकी आचार्यमाथि भएको उक्त […]

२०७३ श्रावण ३१ गते, सोमबार

बन्द अबज्ञा गर्ने कलेजमा तोडफोड

काठमाडौँ, ३१ साउन । अखिल क्रान्तिकारीले बन्दको अबज्ञा गर्दै कक्षा र प्रशासन सन्चालन गर्ने तीनवटा कलेजमा तोडफोड गरेको छ । प्राप्त जानकारी अनुसार काठमाडाैँ मोडेल नर्सिङ कलेज स्वयम्भु , स्कुल अफ मेडिकल साइन्स कलेज बस्थाली र संकरापुर एकेडेमी जोरपाटीमाथि तोडफोड भएको छ । ति कलेजहरुले बन्दको अबज्ञा गर्दै कक्षा र प्रशासन सञ्चालन गरेकाले अखिल क्रान्तिकारीका […]

२०७३ श्रावण ३१ गते, सोमबार

आज र भोलि शैक्षिक हड्ताल, देशभरका शैक्षिक संस्था ठप्प

काठमाडाैँ, ३१ साउन । नेकपा माओवादीनिकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीले आज साउन ३१ गते र भोलि ३२ गते दुई दिने आम शैक्षिक हडतालको घोषणा गरेको छ । निजी स्कुल, निजी कलेज, मेडिकल र ईन्जिनियरिङ कलेजहरुले बृद्धि गरेको चर्काे शुल्क खारेज गराउन, सिबिएसईको सम्बन्धन, पाठ्यक्रम र स्वीकृत खारेज गराउन, पूँजी र विद्यार्थी पलायन रोक्न, यातायात, स्वास्थ्य, […]

२०७३ श्रावण ३१ गते, सोमबार

सत्तारुढ दलका कार्यकर्ता माओवादीमा प्रवेश

काठमाण्डौ , ३१ साउन । नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसका नेता–कार्यकर्ता नेकपा माओवादीमा प्रवेश गरेका छन् । आफूहरु आवद्ध पार्टीले देश र जनताको हितविपरीत काम गरेको र नेतृत्व तहमा सच्चिनुको साटो स्वेच्छाचारी बढ्दै गएको धनकुटा नगरपालिकामा आयोजित एक प्रवेश कार्यक्रममा बताए । नेकपा माओवादीमा प्रवेश गर्नेमा माओवादी केन्द्रबाट चन्द्र राना, नगेन्द्र भुजेल, […]

२०७३ श्रावण ३१ गते, सोमबार