मुख्य समाचार

काँग्रेस–एमालेले सर्वपक्षिय सम्मेलन भाडे : वैद्य

काठमाडौं । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले काँग्रेस र एमालेले राजनीतिक निकास नचाहेकाले सर्वपक्षिय राजनीतिक सम्मेलन भाँडिएको बताएका छन् । ‘काँग्रेस–एमालेका साथीहरुले सर्वपक्षिय राजनीतिक सम्मेलनलाई विचार गोष्ठी जस्तो बनाउन खोजेकाले हामीहरुले सहभागी भएनौं’ वैद्यले भने । आइतबार संवाद डबलीमा आयोजित खिमा रिजालद्वारा लिखित ‘अविचलित यात्रा’ नामक पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै वैद्यले कांग्रेस र एमालले राष्ट्रिय सहमतिको […]

२०७१ आश्विन ५ गते, आईतवार

असोज ७ गते कर्णाली,सेती, महाकाली र थारुवान बन्द

काठमाडौं । नेकपा-माओवादीले भारतीय जिएमआर कम्पनीसँग सरकारले गरेको परियोजना विकास सम्झौता (पीडीए)मा राष्ट्रघात भएको ठहर गर्दै आन्दोलनको घोषणा गरेको छ।नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द बिप्लबले प्रेस वक्तव्य जारी पीडीएको विरोधमा संघर्षको घोषणा गरेको छन्। सचिव बिप्लवले राष्ट्रघात र जनघात गरेको बताउदै असोज ७ गते पश्चिम कमाण्डका भेरी कर्णाली,सेती महाकाली र थारुवान राज्य अन्तर्गतका जिल्ला बन्दको आब्हान […]

२०७१ आश्विन ४ गते, शनिबार

देश द्वन्द्वतर्फ

काठमाडौँ । गत भाद्र ३१ गते आयोजना गरिएको राष्ट्रिय राजनीतिक सभा विफल भएपछि देश पुनः द्वन्द्वतर्फजानसक्ने आँकलन राजनीतिक विश्लेषकहरूले गरेका छन् । नेकपा-माओवादीसहित ३३ दलले बहिष्कार गरेको संविधानसभाबाट जनताको संविधान बन्न नसक्ने बरु यसले झन् द्वन्द्व निम्त्याउने राजनीतिक विश्लेषकहरूको ठहर छ । सरकार र संविधानसभामा हालिमुहाली गरिरहेका दलहरू पनि यसमा सहमत छन् । तर, उनीहरू […]

२०७१ आश्विन ४ गते, शनिबार

पिडीए सम्झौता आपत्तिजनक छ: किरण

काठमाडौँ।नेकपा– माओवादीका अध्यक्ष मोहन वैद्य किरणले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले माथिल्लो कर्णाली जलविद्युत परियोजना सम्बन्धमा भारतको जीएमआर कम्पनीसँग ऊर्जा विकास सम्झौता ‘पिडए’ गर्ने निर्णय गरेकामा आपत्ति जनाएका छन् । अध्यक्ष किरणले सम्झौतामा उल्लेख गरिएका प्रावधानहरुले जलस्रोतमाथि नेपालको सार्वभौम अधिकार हनन गरिएको बताएका छन् । मन्त्रिपरिषदको २ असोजको बैठकले पिडीए सम्झौता गर्ने निर्णय गरेको थियो […]

२०७१ आश्विन ४ गते, शनिबार

पिडिए र पिटिए सम्झौताको सर्बत्र विरोध (पीडीए सम्झौताको नेपाली अनुवाद सहित )

काठमाडौं । नेकपा – माओवादीसहितका ३९ दलले भारतीय कम्पनी जिएमआरसँग हुन लागेको परियोजना विकास सम्झौता पिडिए नगर्न माग गरेका छन् ।उनीहरुले भारतसँग भएको उर्जा ब्यापार सम्झौता पिटिएको पनि विरोध गरेका छन् । ३९ दलले विज्ञप्ति निकालेर राष्ट्रिय हित विपरीत पिडिए र पिटिए सम्झौता नगरियोस भन्ने माग गरेका छन् । ‘प्रधानमन्त्रीको नेतृत्वमा नेपाली कांग्रेस र एमालेका […]

२०७१ आश्विन ३ गते, शुक्रबार

शान्ति प्रक्रियाको काम पूरा गर्न सरकार तयार भएन : माओवादी

काठमाडौँ । संविधान निर्माणको विषयमा सहमति जुटाउन तय गरिएको सर्वपक्षीय राजनीतिक सम्मेलन अन्तिम समयमा आएर रद्द भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा–माओवादीसहित प्रमुख तीन राजनीतिक दलको बैठकमा सम्मेलनको मागकर्ता माओवादीले शान्ति प्रक्रिया, राष्ट्रिय सहमति र राष्ट्रिय सम्मेलनको एजेन्डा तय गर्नुपर्ने माग गरेको थियो ।सम्मेलनसँगै शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्न सत्तारुढ […]

२०७१ भाद्र ३१ गते, मंगलवार

हामी बद्लियौं भने मात्र नेपाल बद्लिने हो – पोष्टबहादुर बोगटी ‘दिवाकर’, मुख्य सचेतक , नेकपा माओवादी

० नेकपा माओवादीको सरकारविरोधीहरूको चक्रब्यूहमा फस्यो भन्छन् नि ? स्वाभाविकैरूपमा यो समाज रूपान्तरणको आन्दोलन अथवा परिवर्तनको आन्दोलनले थुप्रै प्रकारका आँधीबेहरीहरू थुप्रै प्रकारका चक्रब्यूहहरू थुप्र्रै प्रकारका भुमरीहरूको पार गर्दै अगाडि बढ्नुपर्ने हुन्छ, त्यसकारण अहिले जुन खालको वातारण हामीले देखिराखेका छौँ, त्यसलाई अन्यथाको रूपमा हामीले लिएका छैनौँ किनभन्दा यो समाज विकासको प्रक्रियामा अग्रगामी सोच र पश्चगामी सोचबीचको […]

२०७१ भाद्र ३० गते, सोमबार

सनकको भरमा गरेको कारबाही मान्य छैन : शर्मा

काठमाडौँ । नेकपा माओवादीका केन्द्रिय सदस्य अनिल शर्मा ‘बिरही’ले महासचिव रामबहादुर थापा बादलले सनकको भरमा विज्ञप्ती निकालेर आँफुलाई कारबाही गरेको बताएका छन् । केन्द्रिय समितिको निर्णय बिना निकालिएको विज्ञप्तीमा हस्ताक्षर समेत नभएको भन्दै उनले महासचिवको विज्ञप्ती किर्ते जस्तो देखिएको बताए । आज सिनर्जी एफएमको कार्यक्रम संबादमा कुराकानी गर्दै केन्द्रिय सदस्य बिरहीले अबैध रुपमा निकालिएको विज्ञप्तीलाई […]

२०७१ भाद्र २४ गते, मंगलवार

केन्द्रीय सदस्य शर्मा निलम्बित भएका छैनन् : विप्लव

काठमाडौँ ।नेकपा–माओवादीका महासचिव रामबहादुर थापाको केन्द्रीय सदस्य अनिल शर्मा विरहीलाई अनिश्चितकालसम्मका लागि निलम्बन गर्ने निर्णय आधिकारिक नभएको बताइएको छ ।केही दिन पहिले चितवन जिल्ला पार्टी कार्यालयको विषयलाई लिएर केन्द्रीय सदस्य अनिल शर्माले प्रेस वक्तव्यमार्फत पार्टी नेतृत्वलाई आरोप लगाएको भन्दै कारबाही गरिएको महासचिव रामबहादुर थापाले विज्ञप्तिमार्फत जनाएका थिए । तर माओवादीका सचिव नेत्र विक्रम चन्द विप्लवले […]

२०७१ भाद्र २४ गते, मंगलवार

विघटनको संघारमा संविधानसभा

काठमाडौँ । नेकपा-माओवादीको मागबमोजिम सत्तासीन नेपाली काँग्रेस, एमाले र एमाओवादी राष्ट्रिय राजनीतिक सभा गर्न तयार भएका छन् । राजनीतिक सभा आयोजना हुने भएपछि नेकपा-माओवादी नेतृत्वको ३३ दलले बहिष्कार गर्दागर्दै निर्वाचन भएर गठन भएको संविधानसभाले अन्ततः विघटनको मार्ग समातेको छ । माओवादीले यो संविधानसभालाई नमान्ने भन्दै कथित संविधानसभाको खारेजी र गोलमेच सम्मेलनको माग गर्दै आएको थियो […]

२०७१ भाद्र २२ गते, आईतवार