मुख्य समाचार

भारत चीनबिचको भएको लिपुलेक सहमति खारेज गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीलगायत ९ वटा वामपन्थी पार्टी तथा राजनीतिक संगठनहरुले भारत र चीनबिच भएको लिपुलेक सहमति खारेजीका लागि तत्काल पहल गर्न नेपाल सरकारसंग जोडदार रुपमा माग गरेका छन् ।९ वटा वामपन्थी पार्टी तथा राजनीतिक संगठनहरुले शुक्रबार संयुक्त बिज्ञप्ति जारी गर्दै नेपालको सार्वभौम भौगोलिक अखण्डतामाथि हस्तक्षेप हुने गरी नेपालको भूभागमा दुई देशले व्यापारिक नाका […]

२०८२ भाद्र ७ गते, शनिबार

भारत र चीनबीच भएको लिपुलेक व्यापारिक नाका सुचारु गर्ने समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात

काठमाडौँ । समाजवादी मोर्चा नेपालले भारत र चीनबीच भएको लिपुलेक व्यापारिक नाका सुचारु गर्ने र दुई पक्षीय व्यापार पुर्नस्थापना गर्ने समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भिर आघात पुगेको जनाउदै उक्त समझदारीप्रति घोर बिरोध तथा असहमति प्रकट गरेको छ।मोर्चाद्वारा जारी बिज्ञप्तिमा ऐतिहासिक प्रमाण र दुई पक्षीय सन्धिहरूले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग हो भन्ने […]

२०८२ भाद्र ६ गते, शुक्रबार

नेकपाद्वारा भारत र चीनबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति फिर्ता लिन आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भारत र चीनबीच लिपुलेक हुँदै द्विपक्षीय व्यापार खोल्न भएको सहमति फिर्ता लिन आग्रह गरेको छ। सो पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सीले बिहिबार एक बिज्ञप्ति जारी गर्दै भारत र चीनका विदेश मन्त्रीहरु बीच गरिएको अन्यायपुर्ण र राष्ट्रघाति सहमतिलाई तदारुकताका साथ फिर्ता लिन चीन र भारत सरकारलाई […]

२०८२ भाद्र ५ गते, बिहीबार

‘चन्दा मागेर अबको राजनीति चल्न सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले चन्दा मागेर अबको राजनीति चल्न नसक्ने ठोकुवा गरेका छन्। आइतबार उद्योग वाणिज्य संघ नेपालगंजद्वारा आयोजित ‘विप्लवसंग उत्पादनमुलक व्यवसाय’ विषयक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै चन्दा मागेर अबको राजनीति चल्न नसक्ने ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले राजनीतिक क्रान्ति सँगसँगै आर्थिक क्रान्ति नहुँदा नेपालमा […]

२०८२ भाद्र २ गते, सोमबार

नेकपाका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एस) का सम्मानित नेता खनालबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सी र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भएको छ । आइतबार बिहान खनाल निवास डल्लुमा भएको उक्त भेटवार्तामा देशको समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।उक्त भेटवार्तामा देशको स्थिति एकपछि अर्को खराब भन्दा खराब स्थितिमा पुगेको, राजनीतिक , आर्थिक, सांसकृतिक […]

२०८२ भाद्र २ गते, सोमबार

दोरम्बा हत्या काण्डका दोषीलाई कारबाही गर

काठमाडौँ । दोरम्बा घटनाका दोषीहरुलाई कारबाही गरिनुपर्ने पीडित परिवारले माग गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा अखिल नेपाल लेखक संघले आयोजना गरेको २३ औं स्मृति दिवसमा पीडितले सो माग गरेका हुन् । सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य माईला सीले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कार्यमा ढिलाई भएको बताए । उनले दोरम्बा लगायतका […]

२०८२ भाद्र १ गते, आईतवार

नेपालमा नयाँ आन्दोलन जरुरी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले नेपालमा नयाँ आन्दोलन जरुरी भएको ठोकुवा गरेका छन्। अखिल (समाजवादी) र युवा संगठन नेपाल कर्णाली प्रदेशद्वारा सुर्खेतमा आयोजित समाजवादका लागि नयाँ पुस्ता बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्।उक्त अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको […]

२०८२ श्रावण ३२ गते, शनिबार

नेकपाद्वारा एमसीसी कुनै हालतमा कार्यन्वयन हुन नदिने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी नेपाल र नेपालीका निम्ति घातक रहेको भन्दै कुनै हालतमा कार्यन्वयन हुन नदिने उदघोष गरेको छ। सो पार्टीले शुक्रबार एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै देशव्यापीरुपमा बिरोध प्रदर्शन गर्दै सो उदघोष गरेको हो।यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीले एमसीसी परियोजना पुनः सक्रिय गरिएको भन्दै काठमाडौँको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहित बिरोध प्रदर्शन […]

२०८२ श्रावण ३१ गते, शुक्रबार

‘कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नुको बिकल्प नभएको बताएका छन् । शुक्रबार बर्दिबासमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लव सीले कम्युनिस्ट आन्दोलन मधेशमा झाँङ्गीएर पहाड उक्लिएको बताउँदै आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने बताएका हुन् ।महासचिव विप्लव सीले अरु थुप्रै कम्युनिस्ट पार्टीहरु बदनाम भएको स्मरण […]

२०८२ श्रावण २५ गते, शनिबार

वर्तमान राजनीतिक प्रणाली र व्यवस्था नै भ्रष्टाचारको कारक

काठमाडौँ । वर्तमान राजनीतिक प्रणाली र व्यवस्था नै भ्रष्टाचारको कारक भएको विज्ञहरुले ठोकुवा गरेका छन् । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको भ्रष्टाचार अध्ययन समितिले आयोजना गरेको ‘अर्थतन्त्र र भ्रष्टाचार’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले आफ्नो धारणा प्रस्तुत गर्दै सो ठोकुवा गरेका हुन्।उक्त कार्यक्रमको अध्यक्षता गर्दै नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा भ्रष्टाचार अध्ययन समितिका प्रमुख चिरन […]

२०८२ श्रावण २५ गते, शनिबार