बिज्ञान तथा प्रबिधि

अमेरिका र बेलायतद्वारा रुसले अन्तरिक्षमा हतियारयुक्त स्याटेलाईट पठाएको आरोप

काठमाडौं । अमेरिका र बेलायतले रुसले अन्तरिक्षमा हतियारसहितको स्याटेलाइट (प्रोजेक्टाइल) प्रक्षेपण गरेको आरोप लगाएका छन् । सो प्रोजेक्टाइलले अन्तरिक्षको कक्षमा रहेका जुनसुकै स्याटेलाइटहरुलाई निशाना बनाउन सक्ने अमेरिका र बेलायतको भनाई छ । रुसले हालै ‘एक्च्युअल इन अर्बिट एन्टी स्याटेलाइट हतियार’ प्रक्षेपण गरेको अमेरिकाको विदेश विभागले जनाएको छ ।यसअघि रुसको रक्षा मन्त्रालयले रुसी अन्तरिक्ष सामग्रीको क्षमता […]

२०७७ श्रावण ९ गते, शुक्रबार

चीनद्वारा मंगलग्रहमा अन्तरिक्ष यान प्रक्षेपण

काठमाडौं । चीनले पृथ्वीबाट सबैभन्दा नजिकको मंगलग्रहको अध्ययन गर्न एउटा अन्तरिक्ष यानको सफल प्रक्षेपण गरेको छ । यो अभियानलाई तियानवेन–१ “स्वर्गको जिज्ञासा” नाम दिइएको छ । चीनको हेनान प्रान्तबाट प्रक्षेपण गरिएको यस यानलाई चीनको लङ मार्च ५ बाट प्रक्षेपण गरिएको थियो । पाँच टन वजनको तियानवेन–१ करिब सात महिनापछि फेब्रुअरी २०२१ मा ५ करोड ५० […]

२०७७ श्रावण ८ गते, बिहीबार

‘कोरोना भाइरसबिरुद्धको खोप यहीवर्ष आउने संभावना छैन’

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको खोप सन २०२० मै तयार भइनसक्ने बताएको छ । कोरोना भाइरसको खोप निर्माणमा सफता प्राप्त भएको समाचारहरु आइरहेका बेला संगठनले भने सन २०२० मै भने खोप तयार भइनसक्ने बताएको हो ।‘भ्याक्सिन बनाउने काममा शोधकर्ताहरुलाई प्रारम्भिक सफलता मिलिरहेको हो । तर यो वर्ष भ्याक्सिन तयार हुने कुरामा आशावादी […]

२०७७ श्रावण ८ गते, बिहीबार

अक्सफोर्ड विश्वविद्यालयद्वारा कोरोना विरुद्धको खोप तयार

काठमाडौं । अक्सफोर्ड बिश्वविद्यालयका बैज्ञानिकहरुले कोरोना भाइरस बिरुद्ध भ्याक्सिन तयार पारेपछि बिश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ )ले उनीहरुलाई धन्यबाद र बधाई दिएको छ । डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एदनहोम गेबे्रयासिसले बैज्ञानिहरुले कोरोनाका लागि भ्याक्सिन बनाउनु सकारात्मक भन्दै भ्याक्सिनले सफलता पाउनुपर्नेमा जोड दिए ।कोरोना भाइरसका लागि हालसम्म बिश्वमा २३ प्रकारको भ्याक्सिन बनेको भन्दै उहाँले भ्याक्सिन पहुँच हुनेले मात्रै […]

२०७७ श्रावण ६ गते, मंगलवार

मौसम विभागद्वारा बाढी-पहिरोबाट सतर्क रहन आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजपनि मुलुकका केही भागमा भारी वर्षाहुने जनाएको छ । विभागले मुलुकका धेरै स्थानमा हल्का देखि मध्य वर्ष हुने तथा केही भागमा भने भारी वर्षाको सम्भावना रहेको बताएको छ । काठमाडौं उपत्यकामा आज विहानैबाट भारी वर्षा भइरहेको छ । राति पनि मध्य वर्षा भएको थियो । मौसमविदहरुका अनुसार आज […]

२०७७ श्रावण ५ गते, सोमबार

आइतबारदेखि भारी वर्षाको सम्भावना , सचेत रहन आग्रह

काठमाडौं , ३ साउन । मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि भारी वर्षा हुने सम्भावना , सचेत रहन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भू–भागदेखि केही दक्षिण तिर अवस्थित छ। यसैले देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ साथै गण्डकी प्रदेश, कर्णाली […]

२०७७ श्रावण ३ गते, शनिबार

ह्याकरको निशानामा कोरोना भ्याक्सिनबारेको अनुसन्धान !

काठमाडौँ , २ साउन । बेलायतको नेशनल साइबर सेक्युरिटी सेन्टर (एन.सि.एस.सी) ले रुसी गुप्तचरले कोरोना भाइरसविरुद्धको खोप बनाउने प्रयासमा रहेका अमेरिकी, बेलायती तथा क्यानेडियन संस्थाहरुलाई निशाना बनाइरहेको चेतावनी दिएको छ । एन.सि.एस.सीले ह्याकरहरुले रुसी गुप्तचर सेवाका लागि काम गरिरहेको र कोरोना भाइरसविरुद्धको खोप बनाउने अभियानका महत्वपूर्ण जनाकारी उनीहरुको निशानामा रहेको दाबी गरेको छ । उसले […]

२०७७ श्रावण २ गते, शुक्रबार

डब्लुएचओद्वारा कोरोना महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी

काठमाडौं , ३० असार । विश्व स्वाथ्य संगठन डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी थप खराब र भयावह बन्दै जाने चेतावनी दिएको छ । डब्लुएचओका महानिर्देशक टेडरोज आध्यनोम धेरै देशहरु कोरोना नियन्त्रणको खराब दिशामा गइरहेको भन्दै चिन्ता जनाएका हुन । जेनेभमा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओका महानिर्देशक डा. टेडरोजले नेताहरुले समान खालको रणनीति नअपनाउँदा समस्या उत्पन्न भएको […]

२०७७ असार ३० गते, मंगलवार

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण सफल भएको दाबी !

काठमाडौं , २९ असार । रुसको सेचनोव विश्वविद्यालयले खोप स्वयंसेवकमा परीक्षण गर्दा सफल भएको दाबी गरेको छ । प्रमुख अनुसन्धानकर्ता इलिना स्मोलयारचुकले परीक्षणमा खोप प्रभावकारी देखिएको दाबी गरेकी छिन् । विश्वविद्यालयले जुन १८ मा १८ जना स्वयंसेवकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएको थियो भने २३ जुनमा अन्य २० जनाको समूहमा परीक्षण गरेको थियो । खोप […]

२०७७ असार २९ गते, सोमबार

आजपनि भारी वर्षा हुने सम्भावना !

काठमाडौं, २८ असार । मौसम पूर्वानुमान महाशाखाले आजपनि मुलुकका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभागनजिक रहेको कारण विशेषगरी प्रदेश १, प्रदेश २, बागम्ती प्रदेश लगायत अन्य भूभागका केही भागमा मेघ गर्जनसहित भारी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले सूचित गरेको छ । आज […]

२०७७ असार २८ गते, आईतवार