राजनीति

जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य पाण्डे गिरफतार : तत्काल रिहा गर्न माग

काठमाडौं । उत्थान साप्ताहिकका सम्पादक तथा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डेलाई प्रहरीले गिरफ्तार गरेको छ । MCC बिरुद्धको प्रतिरोध आन्दोलनमा रिपोर्टिङमा गएका उत्थान साप्ताहिकका सम्पादक , तथा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डेलाई बानेश्वरबाट प्रहरीले गिरफ्तार गरेको हो । पत्रकार सुदर्शनराज पाण्डेलाई गिरफ्तारीप्रति जनपत्रकार संगठन नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाउदै तत्काल रिहा […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

एमसीसी खारेजी माग गर्दै कानुनमन्त्री बडुको घरमा कालो झण्डा र ब्‍यानर झुण्ड्याइयो !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दार्चुलाले एमसीसी खारेजी माग गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुको घरमा कालो झण्डासहित ब्यानर झुण्ड्याएको छ । सो पार्टीले ‘राष्ट्रघाती’ एमसीसी खारेज गर्न माग गर्दै बिहीवार महाकाली नगरपालिका-५ नमस्कारस्थित मन्त्री बडुको घरमा कालो झण्डा र ब्यानर झुण्ड्याएको हो ।नेकपा दार्चुलाका इन्चार्ज भरत मल्लले मन्त्री बडुले ‘राष्ट्रघाती’ एमसीसी […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

एमसीसीको विपक्षमा मतदान गर्न अपिल

काठमाडौं । गुल्मीका ६ राजनीतिक पार्टीसहित एक मोर्चाले एमसीसीको विपक्षमा मतदान गर्न संसदलाई चेतावनी सहित अपिल गरेका छन् । बुधबार सदरमुकाम तम्घासमा बसेको ६ राजनीतिक दल र एक मोर्चाले बैठकले यस्तो अपिल गरेको हो ।अहिले हाम्रो देश नेपालमा अमेरिकन मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरुद्ध जनमत सिर्जना भैइरहेको छ । विश्वमा साम्राज्यवादको बाटोमा अगाडि बढिरहेको अमेरिका […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

एमसीसीविरुद्ध देशभर मशाल जुलुस

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध बुधबार साँझ काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेका छन । काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकी र भक्तपुरका बिभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरिएको छ । त्यसैगरी चितवन, मकवानपुर ,पोखरा, नवलपुर, रुपेन्देही, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर लगायत देशका […]

२०७८ फाल्गुन १२ गते, बिहीबार

MCC को विपक्षमा उत्रन आग्रह गर्दै सांसदको घरमा ब्यानर !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट भातृ संगठन अखिल क्रान्तिकारी कञ्चनपुरद्वारा राष्ट्रघाती सम्झौता MCC को विपक्षमा मतदान गर्न आग्रह गर्दै कञ्चनपुर बाट प्रतिनिधित्व गर्ने सांसदको घरमा ब्यानर लगाएको छ । कन्चनपुर बाट निर्वाचित प्रतिनिधि सभा सदस्य निरु देवी पाल र दीपक प्रकाश भट्टको घरमा संगठनले एमसीसी सम्झौताको विरोध स्वरूप ब्यानर झुन्ड्याइएको बताइएको छ । अन्यथा MCC […]

२०७८ फाल्गुन ११ गते, बुधबार

परराष्ट्र मन्त्रालयद्वारा अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध

काठमाडौं । परराष्ट्र मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले अत्यावश्यक परेर त्यहाँ बस्नु परेमाबाहेक उपलब्ध व्यवसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन अनुरोध गरेको छ ।‘युक्रेनमा रहनु भएका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन […]

२०७८ फाल्गुन ११ गते, बुधबार

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक सुरू हुँदै

काठमाडौं । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गदै छन् भने भारतीय टोलीको […]

२०७८ फाल्गुन ११ गते, बुधबार

गाउपालिका अध्यक्ष र प्रशासकीय अधिकृतलाई कालोमोसो !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्युठानले मल्लरानी गाउपालिकाका अध्यक्ष अमरध्वज राणा र सोही गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई कालोमोसो दलेको छ। सो पार्टीले मल्लरानी गाउपालिकाका अध्यक्ष र प्रशासकीय अधिकृतलका बिषयमा स्थानीय जनताको व्यापक जनगुनासो रहेकाले स्थानीय जनताको सक्रियतामा कालोमोसो दलिएको जनाएको छ।यस बिषयमा नेकपा प्युठानका सेक्रेटरी अजयले एक बिज्ञप्ति जारी गर्दै मल्लरानी गाउपालिकाका अध्यक्ष […]

२०७८ फाल्गुन १० गते, मंगलवार

एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रीट निवेदन

काठमाडौं । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन दिएका छन । भण्डारीको रीट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज मंगलबार टुंगो लाग्नेछ । भण्डारीले नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार एमसीसी सम्झौता सन्धिको मापदण्डमा नपर्ने जिकीर गर्दै त्यसलाई […]

२०७८ फाल्गुन १० गते, मंगलवार

नेपाल बारको निर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल बार एसोसिएसनको आगामी चैत १९ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । देशैभर एकसाथ मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । निर्वाचन समितिका अनुसार चुनावका लागि फागुन १० गते […]

२०७८ फाल्गुन ९ गते, सोमबार