राजनीति

नेकपा बाँकेद्वारा स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गर्न माग

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी बाँकेले मुलुककै सर्वाधिक कोरोना सङ्क्रमति जिल्ला बाँकेमा स्वास्थ्य आपत्काल क्षेत्र घोषणा गरी सङ्क्रमतिहरुको अविलम्ब उपचार गर्न माग गरेको छ । जिल्ला इन्चार्ज दीपक र सेक्रेटरी अनिलले वक्तव्य जारी गरी सबैभन्दा पहिलो प्राथमिकतामा रहेको अक्सिजन आपूर्तिका लागि एक महिनाभित्र पूरा गर्ने गरी प्रत्येक प्रदेशमा सरकारी स्तरबाटै कम्तीमा एउटा अक्सिजन प्लान्टको निर्माण यथाशीघ्र […]

२०७८ जेष्ठ ३ गते, सोमबार

चीनले दिएका १८ हजार अक्सिजन सिलिण्डर काठमाडौं आइपुग्दै

काठमाडौ । कोरोना महामारी तीब्र बनिरहेका बेला अक्सिजनको हाहाकार ब्यहोरिरहेको नेपाललाई चीनले नेपाललाई पठाएको स्वास्थ्य सामग्रीहरु स्थलमार्ग हुँदै काठमाडौं आउँदैछ । चीनले अक्सिजनसहितका स्वास्थ्य सामग्री सहयोगस्वरुप नेपाल पठाएको हो । चीनले दिएको १८ हजार थान अक्सिजन सिलिण्डर तिब्बत नाकामा आइपुगेको तातोपानी भन्सारका भन्सार प्रमुख नारद मुनि गौतमले जानकारी दिए । भोलिसम्म ती सिलिण्डर तातोपानी आइपुग्नेछन् […]

२०७८ जेष्ठ २ गते, आईतवार

नेकपा सिन्धुपाल्चोक कोरोना महामारीविरुद्ध जनसेवामा क्रियाशील

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक कोरोना सङ्क्रमण महामारीविरुद्ध जनसेवामा क्रियाशील भएको छ । सो पार्टीका सेक्रेटरी युगीनले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको सामना गर्न जिल्लाका सबै सरोकारवाला निकाय, सङ्घसंस्था, बुद्धिजीवी, राजनीतिक दल, स्वास्थ्यकर्मी र नागरिकसँग समन्वय, सहकार्य गरी कोरोना बिरामीलाई उपचारमा सहजीकरण गर्ने, सचेतना जगाउने काममा सहभागी हुने र जनसेवक टिम निर्माण गरी […]

२०७८ जेष्ठ १ गते, शनिबार

७३ जिल्लामा निषेधाज्ञा

काठमाडौं । गृह मन्त्रालयका अनुसार कोरोना संक्रमण बढ्दै गएपछि देशका ७३ जिल्लामा निषेधाज्ञा लगाइएको छ । खोटाङ, तेह्रथुम, पूर्वी रुकुम र मनाङबाहेक सबै जिल्लामा निषेधाज्ञा जारी भएको छ ।यसअघि जारी गरिएका निषेधाज्ञा लम्बिदै गएका छन् भने थप कडाई पनि गरिएको छ । सल्यान, गोरखा, बाजुरा, मकवानपुर, धनुषा, काभ्रे, झापालगायत जिल्लामा फेरि निषेधाज्ञाको समय थप गरिएको […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

नवनियुक्त प्रधानमन्त्री ओलीको सपथ ग्रहण आज दिउँसो २ः३० बजे

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो साढे २ बजे पद तथा गोपनियताको शपथ लिने बताइएको छ ।प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा ओलीलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेको हुन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ […]

२०७८ बैशाख ३१ गते, शुक्रबार

बहुमतीय सरकार गठनको सम्भावना टर्दै : ओली पुनः प्रधानमन्त्री बन्ने निश्चित

काठमाडौं । बहुमतीय सरकार गठनको सम्भावना टरेको छ । गतसोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समयसीमा आज राति ९ बजे सकिँदै छ ।आज अपरान्ह प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तापछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै बरिष्ठ नेता माधवकुमार नेपालले राजीनामाको […]

२०७८ बैशाख ३० गते, बिहीबार

एमालेका माधव नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा

काठमाडौं । नेकपा एमालेको आज बिहान बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ । बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।नेकपाबाट छुट्टिएर एमाले भएपछि समानान्तर गतिविधि गरेको र पार्टी निर्देशन उल्लंङ्घन गरेको भन्दै यसअघि उनीहरुलाई […]

२०७८ बैशाख ३० गते, बिहीबार

नयाँ सरकार गठनका लागि दिएको समयसीमा सकिँदै

काठमाडाैँ । गतसोमबार प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा विश्वासको मत जित्न असफल भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिनको समय दिएर आह्वान गरेकी थिइन् । सरकार गठनका लागि दलहरूकाे प्रयास जारी रहेकाे छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय […]

२०७८ बैशाख ३० गते, बिहीबार

नेकपाको पहलमा ६ राजनीतिक दलले बुझाए ज्ञापनपत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको पहलकदमीमा रुकुम पश्चिममा ६ राजनीतिक दलले संंयुक्त रूपमा जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन् । जिल्ला सदरमुकाममा ६ राजनीतिक दलको २६ गते बसेको बैठकको निर्णयअनुसार विश्वव्यापी रूपमा फैलिरहेको कोरोनाको रोकथाम नियन्त्रण र सहज जनजीवन निर्वाहका निम्ति पहल र संयुक्त रूपमा खट्ने प्रतिबद्धता व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको नेकपा […]

२०७८ बैशाख २९ गते, बुधबार

काठमाडौँ उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा

काठमाडौँ । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा अब १५ दिन थपिएको छ । काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको अवधि दुई १५ दिनका लागि थप गर्दै जेठ १३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो । कोरोनाको दोस्रो लहर शुरु भएपछि कोरोना भाइरस संक्रमण तीव्र […]

२०७८ बैशाख २८ गते, मंगलवार