राजनीति

ऊर्जामन्त्री घिसिङलाई तत्काल बर्खास्त गर्न माग

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले उर्जा, जलस्राेत तथा सिंचाईमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। जेनजी नेपालका प्रवक्ता विजय साहले विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन्।साहद्वारा जारी विज्ञप्तिमा ऊर्जामन्त्री घिसिङ र प्राधिकरणका प्रवन्ध निर्देशक मनोज सिलवालको सेटिङमा भारतको कम्पनी पीटीसी इण्डियासँग ४३ करोड रुपैयाँ बराबर नोक्शानी हुनेगरी गैरकानूनी विद्युत खरिद सम्झौता गरेर […]

२०८२ कार्तिक २६ गते, मंगलवार

एमालेले ७५३ वटै पालिकामा नारा जुलुस र मोटरसाइकल र्‍याली गर्दै

काठमाडौँ । नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तरगत आज सबै ७५३ वटै पालिकामा जनप्रर्दशन हुँदैछ। संसद विघटनविरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरे अनुसार वडा,पालिका,जिल्ला र राष्ट्रिय रुपमा जनप्रर्दशनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो।एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार २२ गते देशका सबै ६ हजार ७ सय ४३ वटै वडामा वडा भेलाहरू सम्पन्न भइसकेका […]

२०८२ कार्तिक २६ गते, मंगलवार

देउवा दम्पत्ति स्वदेश फर्कदै

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पत्ति सिंगापुरबाट स्वदेश फर्कदैछन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा पत्नि आरजु राणा देउवासहित कात्तिक १० गते थप उपचारका सिंगापुर प्रस्थान गरेका थिए । उनीहरू दुबै जनाले शुक्रबारका लागि नेपाल फर्कने टिकट लिएका छन ।जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको […]

२०८२ कार्तिक २५ गते, सोमबार

गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए ।विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्तावमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई […]

२०८२ कार्तिक २५ गते, सोमबार

कांग्रेस-एमाले संसद पुर्नस्थापनाको पक्षमा

काठमाडौँ । विघटित प्रतिनिधिसभाका प्रमुख दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले संसद पुर्नस्थापनाको पक्षमा उभिएका छन्। जेनजी आन्दोलनपछि मुलुकमा यतिबेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ, यो सरकारको मुख्य कार्यभार भनको फागुन २१ गते निर्वाचन गराउने हो। अहिले सरकार र निर्वाचन आयोगले चुनावको तयारी तीव्र रुपमा गरिरहेको जनाएका छन्। कार्कीको […]

२०८२ कार्तिक २५ गते, सोमबार

एकीकृत समाजवादी पुनर्गठन, घनश्याम भूसाल संयोजक

काठमाडौँ । अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरेपछिनेकपा एकीकृत समाजवादी पुनर्गठन भएको छ। सो पार्टीको संयोजकमा घनश्याम भूसाललाई तोकिएको छ । यसअघि भूसाल महासचिवको जिम्मेवारीमा थिए । शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको एक नेताले बताए । […]

२०८२ कार्तिक २४ गते, आईतवार

भारतीय सिमा नाका तीन दिनका लागि बन्द

काठमाडौँ । कोशी प्रदेशस्थित भारतीय सिमा नाकाहरु तीन दिनका लागि बन्द भएका छन्। आगामी मंगलबार भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विद्यान सभा निर्वाचनका लागि विराटनगर जोगबनीसहितका सिमा नाकाहरु शनिबारदेखि मंगलबारसम्म नाका बन्द भएका हुन । २५ कात्तिक मा हुने बिहार विद्यान सभाको दोस्रो चरणको निर्वाचनका लागि भारतको विहार राज्य र नेपालको कोशी प्रदेशका झापा, […]

२०८२ कार्तिक २३ गते, शनिबार

मोहम्मद अफताब आलमको मृत्यु

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ । कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेकाउनको गएराति २ बजेर ५८ मिनेटमा निधन भएको हो ।आलमको मुटुमा समस्या देखिएपछि केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो। त्यतिबेला माइतीघरस्थित अन्नपूर्ण न्यूरो […]

२०८२ कार्तिक २३ गते, शनिबार

अक्टोवर समाजवादी क्रान्तिको महत्त्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत

काठमाडौँ । अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले अक्टोवर समाजवादी क्रान्तिको महत्त्व र शिक्षा विश्व सर्वहारा वर्गका निम्ति प्रेरणाको श्रोत भएको बताएको छ। अक्टोवर समाजवादी क्रान्तिको १०८ आौं वार्षिकोत्सबको अवसर पारेर केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।अध्यक्ष केसीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ –’ महान् रुसी अक्टोवर समाजवादी क्रान्ति विश्वको […]

२०८२ कार्तिक २२ गते, शुक्रबार

खड्का ल्याण्डलाई स्काउटको बहाल चुक्ता गर्न सात दिनको अल्टिमेटम

काठमाडौँ । नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गर्दै आफ्नो स्वामित्वमा रहेको जग्गा र त्यसमा निर्माण भएका संरचना प्रयोगकर्तालाई बहालको बक्यौता रकम तिर्न सात दिनको समय दिएको छ। स्काउटले बहालको बक्यौता चुक्ता नभए जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामान जफत गर्ने चेतावनी दिएको छ। स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट […]

२०८२ कार्तिक २१ गते, बिहीबार