राजनीति

कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु हुँदै

काठमाडौ, २१ फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेसनको बन्दसत्र आज मध्यान्ह १२ बजेपछि सूरु हुँदैछ । बन्दसत्रमा पार्टीको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउनेछ । फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र आजदेखि भृकुटीमण्डपमा हुने […]

२०७२ फाल्गुन २१ गते, शुक्रबार

कांग्रेसको महाधिवेशन उद्घाटन

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको १३औं महाधिवेशन काठमाडौंको खुल्लामन्चमा कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ एक वर्ष ६ महिना ढिला गरी सुरु भएको महाधिवेशनको उद्घाटनसत्रमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत विभिन्न राजनीतिक दलका […]

२०७२ फाल्गुन २० गते, बिहीबार

कांग्रेसको महाधिवेशन सुरु हुदै

काठमाडौं,२० फागुन । आजबाट नेपाली कांग्रेसको १३ औं महाधिवेशन शुरु हुँदैछ । काठमाडौंमा हुने महाधिवेशनको उद्घाटन दिउँसो १ बजे खुलामञ्चबाट गर्ने कार्यक्रम छ । सभापति सुशील कोइरालाको निधनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका रामचन्द्र पौडेलले महाधिवेशनको उद्घाटन गर्नेछन् । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ हुन लागेको महाधिवेशनको उद्घाटन […]

२०७२ फाल्गुन २० गते, बिहीबार

सर्वोच्चको न्यायाधीशमा झन्डै एक दर्जनको नाम सिफारिस

काठमाडौं, १९ फागुन । न्याय परिषद्को हिजो साँझ बसेको बैठकले सर्वोच्च अदालतका लागि ११ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । बैठकले कानुन व्यवसायीबाट ४ र पुनरावेदन अदालतका मुख्य न्यायाधीशबाट ७ जनाको नाम सिफारिस गरेको हो । सिफारिसको रोलक्रम अनुसार पुनरावेदन अदालत बाग्लुङका मुख्य न्यायाधीश दीपक कार्की पहिलो नम्बरमा छन् । त्यस्तै केदार चालिसे, शारदा […]

२०७२ फाल्गुन १९ गते, बुधबार

कांग्रेस महाधिवेशनको निर्वाचन तालिका प्रकाशन

काठमाडौं, १९ फागुन | नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि निर्वाचन तालिका प्रकाशन गरेको छ । कार्यक्रमअनुसार विभिन्न पदमा उम्मेदवारी दर्ताको समय फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरिएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने फागुन २१ गते बिहान ११ बजे हुने भएको छ । प्रकाशित नामावलीमाथि संशोधनको समय […]

२०७२ फाल्गुन १९ गते, बुधबार

प्रहरीद्वारा अफिम खेती नष्ट

काठमाडौं, १७ फागुन । प्रहरीले पर्सा जिल्लाको मधुवन मथवल–३, सखौनिया टोलस्थित जंगल नजिकै ऐलानी जग्गामा लगाएको अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झण्डै १२ कट्ठा जग्गामा लगाइएको अफिम खेती आइतबार नष्ट गरिएको हो । यसैगरी पर्साकै झौवागुठी–१ बस्ने भोजीदास तत्वाले सोही गाविस–६ स्थित आफ्नै खेतमा लगाएको अफिम प्रहरीले नष्ट गरेको […]

२०७२ फाल्गुन १७ गते, सोमबार

जनस्वयंसेवकद्वारा युवा जागरण अभियान शुरु

काठमाडौं, १६ फागुन । राष्ट्रिय युवा जनस्वयंसेवकले ‘मेची महाकाली एकिकृत युवा जागरण अभियान ’पाँचथरको सदरमुकाम फिदिमबाट सुरु गरेको छ । नेकपा माओवादीनिकट युवा संगठनजन स्वयंसेवकले राष्ट्रियताको सवालमा जनतालाई जागरुक बनाउने, माओवादी आन्दोलनबाट प्राप्त उपलब्धि नयाँ संविधानले समेट्न नसकेको सन्दर्भमा जनतालाई आन्दोलनमा उठ्न अपील गर्ने तथा भ्रष्टाचार, कालोबजारी, दलालीका विरुद्ध युवाहरुलाई सचेत वनाउने मूख्य उद्देश्यका साथ […]

२०७२ फाल्गुन १६ गते, आईतवार

मधेसी मोर्चाद्वारा आन्दोलन चर्काउने निर्णय

काठमाडौं, १५ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले आन्दोलनका थप कार्यक्रम ल्याउन मोर्चामा आवद्ध ७ पार्टीबाट १-१ जना रहनेगरी सचिवालयको गठन गरेको छ । मोर्चाले आफ्ना मागबाट सरकार भाग्न खाजेको भन्दै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने निर्णय गरेको हो । सचिवालयको सुझाव अनुसार मोर्चाले केही दिनभित्रै आन्दोलनका नयाँ कार्यक्रम ल्याउने सद्भावना पार्टीका महासचिव मनिष सुमनले […]

२०७२ फाल्गुन १५ गते, शनिबार

तत्काल पार्टी एकता सम्भब छैन : बैद्य

काठमाडौं, १४ फागुन । नेकपा (क्रान्तिकारी माओवादीका) अध्यक्ष मोहन बैद्यले प्रचण्डलाई प्रधानमन्त्री बनाउनका पार्टी एकता नहुने बताएका छन । बैद्यले एमाओवादीका अध्यक्ष प्रचण्डले छिट्टै पार्टी एकता हुने सार्वजनिक अभव्यिक्ति दिइरहे पनि एकताबारे आफूसँग छलफल नै नभएको बताएका छन । अध्यक्ष बैद्यले सस्तो प्रचारबाजीका लागि छलफल र बहसनै नगरी पार्टी एकताको बिषयमा अभिव्यक्ति नदिन एकीकृत माओवादी […]

२०७२ फाल्गुन १५ गते, शनिबार

तेल लिन गएका ट्यांकरलाई रङ लगाउने पुर्जी

काठमाडाें, १३ फागुन । इन्डियन आयल कर्पोरेशन आइओसीले इन्धन लिन नेपालबाट गएका ट्यांकरलाई रङ लगाउन निर्देशन दिँदै चिट काटिदिएको छ। हिजो भारतको बरौनीमा इन्धन लिन गएका २० वटा गाडीलाई रङ लगाउन भन्दै आइओसीले चिट काटिदिएको नेपाल आयल निगमले जनाएको छ । चिट काटिदिएकाले अब ति गाडीले रङ नलगाएसम्म इन्धन लोड गर्न पाउने छैनन् । इन्धन […]

२०७२ फाल्गुन १३ गते, बिहीबार