राजनीति

सरकार गठनका निम्ति बहुमतिय प्रक्रिया सुरु हुँदै

काठमाण्डौ,२२ असोज । नया सरकार गठनका लागि आजबाट बहुमतिय प्रक्रिया सुरु हुदैछ । राष्ट्रपतिले सहमतीय सरकार गठनको लागि दिएको समयसीमा सकिएसँगै संसद्ले बहुमतका आधारमा प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउन लागेको हो । त्यसका लागि आज दिउसो १ बजे ब्यबस्थापिका संसदको बैठक बस्दै छ । संसद बैठकमा प्रधानमन्त्री चयनका लागि राष्ट्रपतिबाट प्राप्त पत्र सभामुख सुबास चन्द्र […]

२०७२ आश्विन २२ गते, शुक्रबार

मोर्चाका कार्यकर्ताद्वारा मालबाहक ट्रक तोडफोड

काठमाडौँ, २१ असोज । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले आजपनि बारामा प्रदर्शन जारी राखेका छन् । उनीहरुले आज जीतपुरमा एउटा मालबाहक ट्रकमा तोडफोड गर्नुका साथै आगजानीको प्रयास गरेका छन् । वीरगन्जबाट सिमेन्ट बोकेर काठमाडौं आउँदै ट्रकलाई रोकेर उनीहरुले आगजनीको प्रयास गरेका हुन् । मोर्चाका कार्यकर्ताहरुले ट्रकमा रहेका ४ सय ४० बोरा सिमेन्टमा पानी हालेर नस्ट गरिदिएका […]

२०७२ आश्विन २१ गते, बिहीबार

सहमतीय सरकार गठनको समयसीमा सकिँदै

काठमाडौं, २१ असोज । राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठनको लागि दिएको समयसीमा आज सकिँदैछ । तर सहमतीय सरकार गठनको सम्भावना नभएपछि दलहरु बहुमतीय प्रक्रियामार्फत धेरै भन्दा धेरै दलको समर्थनमा सरकार गठनको कसरतमा जुटेका छन् । सहमतीय सरकार गठनको लागि व्यवस्थापिका संसदमा रहेका सबै दलको सहमति र समर्थन चाहिन्छ । तर मधेस केन्द्रित दलहरु […]

२०७२ आश्विन २१ गते, बिहीबार

‘अत्याआवश्यकीय बस्तुको आपुर्ति सहज गर ‘

काठमाण्डौ, २० असोज । ईन्धन लगायत अत्याआवश्यकीय बस्तुको सहज आपुर्तिका लागि सरकारलाई दबाब स्परुप काठमाण्डौको अनामनगरका स्थानिय बासिन्दाले आज दबाब रयाली निकालेका छन । दुई साता यता भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी खुलाएको बताएपछि इन्धनको सहज आर्पुर्ति नहुदा आफुलाई समस्या भएको भन्दै उनीहरुले दबाब रयाली निकालेको बताएका छन । दबाब रयालीमा हजारौको सहभागिता रहेको थियो […]

२०७२ आश्विन २० गते, बुधबार

राष्ट्रसंघमा बुझाउन हस्ताक्षर संकलन गर्दै

काठमाडौँ, २० असोज । संघीय मधेसी मोर्चा र नेपाल सदभावना पार्टीले संयुक्त राष्ट्रसंघमा बुझाउनका लागि तराई–मधेसमा हस्ताक्षर संकलन गरिरहेको छ । मधेस आन्दोलनलाई सरकार र प्रमुख राजनीतिक दलले उपेक्षा गर्दै आएको भन्दै मोर्चाले हस्ताक्षर संकलन गरेर अन्तर्राष्ट्रिय समुदायको ध्यानाकृष्ट गर्ने जनाएको छ । नेपाल सदभावना पार्टीका अध्यक्ष अनिलकुमार झाका अनुसार प्रमुख दलहरु कांग्रेस, एमाले र […]

२०७२ आश्विन २० गते, बुधबार

छिट्टै नयाँ पार्टी घोषणा गर्छुः भट्टराई

काठमाडौँ, १९ असोज । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले विभिन्न पार्टीमा छरिएर रहेका र कुनै पार्टीमा नलागेका स्वतन्त्र ब्यक्तिहरुलाई संगठित गरी नयाँ राजनीतिक दल वनाउने योजना रहेको बताएका छन । एमाओवादी त्यागेर देश दौडाहामा निस्केका भट्टराईले रिपोर्टर्स क्लब दाङले आयोजना गरेको साक्षात्कारमा सो कुरा बताएका हुन् ।कार्यक्रममा भट्टराईले संमृद्ध नयाँ नेपाल निर्माण गर्ने यो बेलामा नयाँ ठंगले […]

२०७२ आश्विन १९ गते, मंगलवार

एमाओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौ, १९ असोज । आज एमाओवादी पदाधिकारी बैठक बस्दै छ , बैठकले पार्टी छाडेका नेता डा बाबुराम भट्टराईबारे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा हिजो बसेको पदाधिकारी बैठकले धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो । नेता भट्टराईले पार्टीका विरुद्धमा दिएको धारणा बुझ्ने र आज पार्टीका तर्फबाट आधिकारिक धारणा […]

२०७२ आश्विन १९ गते, मंगलवार

नवलपरासीमा मधेसी सांसदलाई प्रवेश निषेध

काठमाडौ, १९ असोज । मधेसी थरुहट संयुक्त मोर्चा नवलपरासीले जिल्लाको मधेस क्षेत्रका सांसदहरुलाई आफ्नो क्षेत्र प्रवेशमा निषेध घोषणा गरेको छ। मधेसमा विगत लामो समयदेखि मधेसी जनता आन्दोलित भईरहँदा पनि नयाँ संविधानमा मधेसीको अधिकार स्थापित गर्न भुमिका नखेलेको भन्दै मोर्चाले आजदेखि नवलपरासीको क्षेत्र नं. ४, ५ र ६ का सांसदहरुलाई प्रवेश निषेध गरेको जनाएको छ । […]

२०७२ आश्विन १९ गते, मंगलवार

आयल निगमका क्षेत्रीय प्रमुख मधेसी मोर्चाको नियन्त्रणमा

काठमाडौ, १८ असोज । संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव नेतृत्वको टोलीले नेपाल आयल निगमका क्षेत्रीय प्रमुख अशोक साहलाई वीरगञ्जबाट नियन्त्रणमा लिएका छन् । नियन्त्रणमा लिएका साहलाई मोर्चाका कार्यकर्ताहरुले मितेरी पुलमा आफूहरुसँगै धर्नामा बसालेका छन् । इन्धनको सहज आपूर्तिका लागि भारतीय अधिकारीहरुसँग कुरा गर्न भारत जाँदै गर्दा मोर्चाका कार्यकर्ताहरुले आफूलाई नियन्त्रणमा लिएको क्षेत्रीय प्रमुख साहले […]

२०७२ आश्विन १८ गते, सोमबार

सर्वदलीय बैठक बस्दै

काठमाडौ, १८ असोज । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा आज सर्वदलीय बैठक बस्ने भएको छ । प्रधानमन्त्री कोइरालाले सहमतीय सरकार गठनका विषयमा छलफल गर्न बालुवाटारमा बिहान १० बजे सर्वदलीय बैठक बोलाएकोे प्रधानमन्त्री प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । उनका अनुसार सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल काँग्रेस, […]

२०७२ आश्विन १८ गते, सोमबार