राजनीति

माओवादीका नेतालाइ सार्बजनिक मुद्दा चलाउने तयारी

काठमाडौं, ८ चैत । नेकपा माओवादीका १७ नेता र कार्यकर्तालाई सार्बजनिक अपराधको मुद्दा चलाउने तयारी भएको छ । प्रहरीले लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको घरमा कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई सो मुद्दा चलाउने तयारी गरेको हो । प्रहरीले कालो झण्डा गाड्ने क्रममा पक्राउ परेका माओवादीका १७ नेता कार्यकर्तालाई थप […]

२०७१ चैत्र ८ गते, आईतवार

सरकारले शान्ति सम्झौता उलंघन गर्यो : माओवादी

काठमाडौँ, ८ चैत । नेकपा माओवादीलगायत ६ वटा माओवादीले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत सत्तारुढ दल अगाडि बढेको निष्कर्ष निकाल्दै एकीकृत रुपमा प्रतिवाद गर्ने निर्णय गरेका छन् । नेकपा–माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको संयुक्त बैठकले शान्ति सम्झौतालाई उल्ट्याएर जाने प्रवृत्तिले मुलुकलाई पुनः द्वन्द्वमा धकेल्ने भन्दै त्यसो नगर्न सरकारलाई सुझावसमेत दिएको छ । दसवर्षे […]

२०७१ चैत्र ८ गते, आईतवार

माओबादीको संघर्षका कार्यक्रमहरु

काठमाडौ, ८ चैत । नेकपा माओबादीको देशभर बिभिन्न संघर्षका कार्यक्रमहरु तय भएका छन । पहिलो चरणमा राष्ट्रघाति तथा दलालहरुमा केन्द्रीत गरिएको भनिएको आन्दोलन स्वरुप देशभर भएका बिभिन्न जलबिद्युत योजना, केही छोटो समयमा अस्वभाबिक धन आर्जन गरेको ब्याक्तीहरुमा लक्षीत भएको माओबादीले जनाएको छ । आन्दोलन स्वरुप कास्की जिल्लामा पनि माओबादी कार्यकर्ताहरुले उपत्यका नगरबिकास समितका अध्यक्ष तथा […]

२०७१ चैत्र ८ गते, आईतवार

इलाममा मेचि-महाकाली अभियान तिब्र

काठमाडौँ ।इळाम जिल्लाको पुर्बी क्षेत्रमा ने.क.पा- माओबादीले मेचि- महाकाली जागरण अभियानलाइ तिब्र पारेको छ।माइखोला पुर्ब र माइखोला पश्चिम गरी समग्र जिल्ला लाइ २ भागमा बिभाजन गरी जिल्ला पार्टीले अभियान संचालन गरिरहेको छ।यसैक्रममा २०७१/१२/७ गते अभियान ‘बि’ अन्तर्गत पुर्ब जिल्ला इन्चार्ज तथा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा केन्द्रिय अध्यक्ष कान्छा लाओतिको प्रमुख आतिथ्यमा बैठक बसी संगठन सुदृढिकरण […]

२०७१ चैत्र ८ गते, आईतवार

राष्ट्रपति शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौ, ८ चैत । राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो ४ बजेपछि दलहरुसँग छलफल गर्ने भएका छन । दलहरुबीच बढेको दुरी र आफ्नो चीन भ्रमणका विषयमा परामर्श गर्न राष्ट्रपति यादवले दलहरुलाई शितल निवासमा बोलाएका हुन् । छलफलका क्रममा उहाँले आफ्नो चीन भ्रमण र त्यसमा उठाउने एजेण्डाका विषयमा छलफल हुने बताइएको छ । चीनको आइनाना प्रान्तमा […]

२०७१ चैत्र ८ गते, आईतवार

अति राजनीतिकरण भयो : मुख्यसचिव

काठमाडौ, ७ चैत । उद्योग संगठन मोरङको ४३ औं वार्षिक साधारणसभालाई बिराटनगरमा सम्वोधन गर्दै मुख्य सचिव लीलामणि पौडेलले राजनीतिकरणले मुलुक आक्रान्त बनेको बताएका छन् । निजी तथा सरकारी दुबै क्षेत्र अति राजनीतिकरणबाट गाँजिएको बताउँदै मुख्य सचिव पौडेलले भने- ‘आफ्नो पेशामा दक्ष नभएका मानिसहरु राजनीतिको आडमा व्यक्तिग लाभ लिन सक्रिय भएका छन् । यस्ता व्यक्तिका कारण […]

२०७१ चैत्र ७ गते, शनिबार

प्रचण्ड चीन जाँदै

काठमाडौं, ७ चैत। एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन जाने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पत्नी सीता र महासचिव कृष्णबहादुर महराका साथ उनी चीन जान लागेका हुन् । यो उनको तेश्रो औपचारिक चीन भ्रमण हो । उनले झण्डै एक साता चीनमा बिताउनेछन् । प्रचण्डले नेपाल–चीन दौत्य सम्बन्ध स्थापना भएको ६० औं […]

२०७१ चैत्र ७ गते, शनिबार

माओवादीका पोलिटब्यूरो सदस्य गिरफ्तार

काठमाडौं, ६ चैत। नेकपा माओवादीका पोलिटब्यूरो सदस्य ईश्वरी दाहाल (असारे काका) र पदम राईलाई प्रहरीले गिरफ््तार गरेको छ । उनीलाई शुक्रबार दिउसो महाराजगञ्जबाट गिरफ्तार गरिएको हो । उनीहरुलार्इ अहिले जिल्ला प्रहरी कार्यालय हनुमानढाेकामा लगिएकाे छ । विभिन्न आयोजनाहरुमा राष्ट्रघाती सम्झौता गर्न मुख्य भूमिका खेलेको भन्दै त्यसको विरोध स्वरुप नेपाल लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको […]

२०७१ चैत्र ६ गते, शुक्रबार

युवासंघ विद्रोही पक्षको भेला हुदै

काठमाडौं,६ चैत । नेकपा एमालेका नेता माधवकुमार नेपालले भ्रातृ संगठन युवा संघ नेपालको विद्रोही पक्षले राजधानीमा आयोजना गर्न लागेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने भएका छन् । युवा संघको विवाद चर्किदै जाँदा संघले शनिवार मकवानपुरमा भेला आयोजना गरेको छ । संघले भेला बोलाएकै दिन शनिवार नै संघकी उपाध्यक्ष दिलु पन्त नेतृत्वको असन्तुष्ट पक्षले छुट्टै भेला बोलाएको […]

२०७१ चैत्र ६ गते, शुक्रबार

एमाओवादीसँग झुक्दैनौं : वैद्य

काठमाडौ,५ चैत । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यले एकताका नाममा एमाओवादीसँग नझुक्ने बताएका छन् ।तत्कालिन जनयुद्धको क्रममा काभ्रेको अनेकोटमा मारिएका सांस्कृतिककर्मीहरुको सम्झनामा माओवादीले मनाउँदै आएको प्रतिरोध दिवसका अवसरमा अखिल नेपाल जनसंस्कृतिक महासंघले घट्टेकुलोमा आयोजना गरेको कार्यक्रममा वैद्यले कसैसँग पनि आत्मसमर्पण नगर्ने बताए । ‘हामी जानीबुझीकन एमाओवादीसँग एकताको कुरा अगाडि बढाएका हौं,’ वैद्यले भने, ‘हामी आत्मसमर्पण पनि […]

२०७१ चैत्र ५ गते, बिहीबार