राजनीति

राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा चारजना नियुक्त

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले ललितपुरका डा. अरनिको पाण्डे, काठमाडौंकी प्रा. संगीता सिंह, जुम्लाका डा. कुशरेन्द्र बहादुर महत र पाल्पाका प्रा. शिवराज अधिकारीलाई राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले नेपाल […]

२०८० चैत्र ८ गते, बिहीबार

पत्रकार महासंघको महाधिवेशन वैशाख २१ गते

काठमाडौँ । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ गते हुने भएको छ । महासंघको आज बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशन २०८१ साल वैशाख २१ गते लुम्बिनीमा गर्ने निर्णय गरेको बताइएको छ । महासंघले जिल्ला, शाखा तथा एसोसिएट्स संस्थाहरुको अधिवेशनहरु चैत मसान्तसम्म सम्पन्न गरिसक्ने र प्रदेश अधिवेशनहरु वैशाख १ गतेदेखि १२ गतेसम्म सम्पन्न […]

२०८० चैत्र ७ गते, बुधबार

सत्ता गठबन्धन दलको साझा संकल्प : आर्थिक क्रियाकलापलाई तीव्रता दिने (पूर्णपाठसहित)

काठमाडौँ । सत्तारुढ पाँच राजनीतिक दलले साझा संकल्प सार्वजनिक गरेको छ । सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन् । सत्ता गठबन्धन दलको साझा संकल्पमा अर्थतन्त्रमा उत्पादनदेखि उपभोगसम्म र लगानीदेखि व्यापारसम्म देखिएको शिथिलता हटाउन नीतिगत […]

२०८० चैत्र ६ गते, मंगलवार

‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति लिइएको छ'(पूर्णपाठसहित )

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले नेतृत्वको सरकार गठन भएदेखि नै सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको प्रष्ट्याएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मीटरब्याज, भुटानी शरणार्थी, सुन तस्करी, सरकारी जग्गा हिनामिनालगायत जुनसुकै विषय वा क्षेत्रका आपराधिक क्रियाकलापको निष्पक्ष र तथ्यपरक अनुसन्धान तथा छानविन गरी यस्ता कार्यमा संलग्न व्यक्ति वा समूहलाई […]

२०८० चैत्र ६ गते, मंगलवार

नेपाली विशेषताकाे समाजवाद नै वर्तमान संकटकाे अग्रगामी निकास

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पाेलिट व्युराे सदस्य तथा केन्द्रीय स्कुलिङ विभाग प्रमुख भेषराज सीले नेपाली विशेषताकाे समाजवाद नै वर्तमान संकटकाे अग्रगामी निकास भएको बताएका छन । साेमबार नेपाल कम्युनिस्ट पार्टी पुर्वी प्युठानले आयाेजना गरेकाे “वर्तमान संकटकाे अग्रगामी निकास : नेपाली विशेषताकाे समाजवाद ” विषयक अन्तर्क्रिया कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । […]

२०८० चैत्र ६ गते, मंगलवार

‘जनयुद्धमा सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण योगदान भएको थियो ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सीले जनयुद्धमा सांस्कृतिक क्षेत्रबाट महत्वपूर्ण योगदान भएको बताउदै उनीहरुको सपना नेपाली विशेषताको समाजवादबाट हुने बताएका छन । नेकपानिकट अखिल नेपाल जनसांस्कृतिक महासंघ पूर्वी लुम्बिनी ब्युरोद्धारा २६ औं प्रतिरोध सांस्कृतिक दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। उन्ल जनयुद्ध […]

२०८० चैत्र ६ गते, मंगलवार

नेपाली जनताको सदियौँदेखिको चाहना समाजवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य शितल सीले नेपाली जनताको सदियौँदेखिको चाहना समाजवाद भएको र त्यो कम्युनिस्टहरुको एकताबाट सम्भव भएको ठोकुवा गरेका छन । सोमबार समाजवादी मोर्चा , नेपाल दाङको शान्तिनगर गाउँपालिका स्तरीय घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।नेता शितल सीले भने – ‘ कम्युनिस्टहरुको टुटफुट र बिभाजनको लामो यात्रा पार […]

२०८० चैत्र ६ गते, मंगलवार

‘क्रान्तिकारी ध्रुविकरण र एकताले मात्र कम्युनिस्ट सत्ता ल्याउन सकिन्छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज विन्दु सीले क्रान्तिकारी ध्रुविकरण र एकताले मात्र कम्युनिस्ट सत्ता ल्याउन सकिने बताएकी छन। नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) द्वारा काभ्रेको अनेकोटमा २६ औ साँस्कृतिक प्रतिरोध दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन्। नेता विन्दु सीले […]

२०८० चैत्र ६ गते, मंगलवार

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न सहकारी पीडितद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौँ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न र जीबी राईलाई पक्राउ गर्न माग गर्दै प्रधानमन्त्री प्रचण्ड समक्ष ज्ञापनपत्र बुझाएका छन । पीडितहरूले प्रधानमन्त्री प्रचण्ड समक्ष सूर्यदर्शनबाट ३० करोड, चितवन सहाराबाट ११ करोड ७१ लाख र बुटवलको सुप्रिमबाट १० करोड ७४ लाख गोर्खा मिडिया […]

२०८० चैत्र ५ गते, सोमबार

नेकपा (एकीकृत समाजवादी) वामपन्थी एकताकाे पक्षमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीले वामपन्थी शक्तिबीच एकतालाई प्राथमिकता दिने बताएका छन । नेता खतिवडाले पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्व दिएको बताए । उनले वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले […]

२०८० चैत्र ४ गते, आईतवार