राजनीति

नेकपाको सचिवालय बैठक स्थगित

काठमाडौं , २९ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि आजका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको हो । जनवर्गीय संगठनको नेतृत्वका विषयमा मंगलबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसँग गरेको छलफलमा नेतृत्वलाई लिएर व्यापक विवाद […]

२०७६ श्रावण २९ गते, बुधबार

पक्राउ पूर्जी टाँस्न पुगेका प्रहरीलाई स्थानीयले लखेटे

काठमाडौं , २९ साउन । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकलाई पक्राउ गर्न उनको घरमा पक्राउ पुर्जी टाँस्न पुगेको प्रहरीलाई स्थानीयले लखेटेका छन् । सोमबार दिउँसो प्रहरी पुर्जी बोकेर पञ्चदेवल विनायक नगरपालिका–२ धाउखानी स्थित बिकको घरमा पुगेको थियो । प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न तयारी गर्दैगर्दा स्थानीय भेला भएर सामुहिक प्रतिकार गरेका थिए […]

२०७६ श्रावण २९ गते, बुधबार

बालुवाटारमा झडप !

काठमाडौं , २८ साउन । लोकसेवा आयोगले निकालेको विज्ञापन संविधानको समावेशी सिद्धान्त विपरीत भएको भन्दै आन्दोलनमा उत्रिएका ‘आरक्षण बचाऊ आन्दोलन’ का प्रदर्शनकारी र प्रहरीबीच बालुवाटारमा झडप भएको छ । झडपमा परी प्रदर्शनकारीहरु घाइते भएका छन् । उनीहरुले वालुवाटार अगाडि सडकमै बसेर प्रदर्शन गरेका थिए । उनीहरुले लोकसेवाको विज्ञापन खारेज गरी नया विज्ञापन गर्न माग गरेका […]

२०७६ श्रावण २८ गते, मंगलवार

आज अन्तर्राष्ट्रिय युवा दिवस

काठमाडौं, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण उद्यमशिलता र नवप्रवर्तन’ भन्ने नाराका साथ युवा दिवस मनाइँदैछ । नेपालमा युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् […]

२०७६ श्रावण २७ गते, सोमबार

आज विश्व आदिवासी जनजाति दिवस

काठमाडाैं , २४ साउन । आज विश्व आदिवासी जनजाति दिवस, नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । नेपालका आदिवासी जनजातिले ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ : पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गराैं भन्ने नारासहित विविध कार्यक्रम गरी मनाउँदै छन् । आदिवासी जनजातिहरुकोको, अधिकार, पहिचान र उत्थानका […]

२०७६ श्रावण २४ गते, शुक्रबार

कुमाल र भट्ट पुन: गिरफ्तार

काठमाडौं, २३ साउन । नेपाल कम्युनिस्ट पार्टीका गोरखा इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई जिल्ला प्रशासन कार्यालयले छोडे पनि प्रहरीले पुन गिरफतार गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट रिहा भए लगत्तै कुमाल र भट्टलाई प्रहरीले पक्राउ गरी ट्याक्सीमा हालेर स्याङजातर्फ लिएको बुझिएको छ ।

२०७६ श्रावण २३ गते, बिहीबार

सिवाकोटी र रायलाई तत्काल रिहा गर्न माग

काठमाडौं , २२ साउन । राष्ट्रिय उद्योग वाणिज्य महासंघले संगठनका केन्द्रीय सदस्य मोहन सिवाकोटी र ललितपुर जिल्ला अध्यक्ष उद्धव रायलाई बिनासर्त र यथाशीघ्र रिहा माग गरेको छ । महासंघ नेपाल कम्युनिस्ट पार्टीको आस्था राख्ने तर्क गर्दै उनीहरुलाई ललितपुरको लगनखेलबाट साउन १४ गते प्रहरी प्रशासनले बिनाकारण गिरफ्तार गरेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । […]

२०७६ श्रावण २२ गते, बुधबार

नेकपा रुकुमका इन्चार्ज गिरफ्तार

काठमाडौं , २२ साउन । नेपाल कम्युनिस्ट पार्टीका रुकुम जिल्ला इन्चार्ज श्यामबहादुर बोहोरा अटललाई प्रहरीले गिरफ्तार गरेको छ । बोहोरालाई गएराती रुकुमको मुरुस्थित आफ्नै घरमा सुतिरहेको बेला मुसीकोट खलंगाबाट गएको प्रहरीले गिरफ्तार गरेको हो । गिरफ्तारपछि इन्चार्ज बोहोरालाई सदरमुकाम खलंगा हिरासतमा लगिएको छ । यता, नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकका पुर्व जिल्ला इन्चार्ज गोपाल श्रेष्ठ ‘प्रयास’लाई […]

२०७६ श्रावण २२ गते, बुधबार

नेकपाका नेता–कार्यकर्ता गिरफ्तार

काठमाडौं, २१ साउन । नेपाल कम्युनिस्ट पार्टीले सरकारले आफ्ना नेता–कार्यकर्ताहरुलाई आफ्नो नियन्त्रणमा लिएर गोलीप्रहार गरी हत्या गर्ने र बेपत्ता पार्ने कार्य तीव्र पारेको बताएको छ । उसले बैतडीमा नेकपाका समर्थक नयनसिंह धामी र बाजुराबाट लक्ष्मीराज जोशीलाई बेपत्ता पारेको बताउदै उनीहरु आफ्नो पार्टीका साधारण सदस्य रहेको जनाएको छ । त्यस्तै इलाकाप्रहरी कार्यालय बनेपाले शुक्रबार राति पनौती–४ […]

२०७६ श्रावण २१ गते, मंगलवार

कमलपोखरी अतिक्रमणबिरुद्ध विरोध प्रदर्शन

काठमाडौं , १९ साउन । काठमाडौंको ठमेलस्थित ऐतिहासिक कमलपोखरी अतिक्रमण गरेर छायादेवी कम्प्लेक्स बनाइएकोमा भन्दै स्थानीय प्रदर्शन गरेका छन् । भू–माफियाको मिलेमतोमा ऐतिहासिक कमलपोखरी मासेर निजी स्वार्थका लागि व्यापारीक कम्प्लेक्स निर्माण गरिएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् । नेवाः राजनीतिक अभियानले आज इन्द्रचोकबाट निकालेको विरोध र्‍याली ठमेलस्थित छायादेवी कम्प्लेक्समा पुगेर कोणसभामा परिणत भएको थियो […]

२०७६ श्रावण १९ गते, आईतवार