राजनीति

नाकाबन्दीविरुद्ध इटहरीमा बृहत -याली

काठमाडौँ, ९ मङ्सिर । इटहरी शैक्षिक समाजले भारतले सीमा क्षेत्रमा गरेको अघोषित नाकाबन्दीका कारण नेपालीको जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल नाकाबन्दी फिर्ता गर्न दबाब दिने उद्देश्यले आज इटहरीमा बृहत शैक्षिक -याली निकालेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रका ५२ भन्दा बढी निजी तथा सरकारी विद्यालय, उच्च मावि र कलेजले संयुक्त रुपमा निकालेको -यालीमा सहभागी विद्यार्थीले भारतले […]

२०७२ मंसिर ९ गते, बुधबार

भारतीय प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार

काठमाडौं , ९ मंसिर । भारतीय सुरक्षा बल एसएसबीका जबानहरुले गोली चलाउंदा सुनसरीमा चार जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा हरिपुर गाविसका असोक यादव, नरेस यादव, मनोज यादव र सरोज यादव रहेका छन् । असोकको पेटमा गोली लागेको छ भने अन्यको ढाड र शरीरका बिभिन्न भागमा गोलीका छर्रा लागेको छ । घाइते सबैको […]

२०७२ मंसिर ९ गते, बुधबार

भारतीय नाकाबन्दी बिरुद्ध माओवादीले प्रदर्शन गर्दै

काठमाडौं, ८ मंसिर । नेकपा माओवादीले भारतले अघोषित रुपमा लगाएको नाकाबन्दी र हस्तक्षेपको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । मधेश आन्दोलन र नाकाबन्दीले जनजीविका अस्तव्यस्त भैरहेको मौका छौपी कालोबजारी गर्नेहरुका बिरुद्ध पनि प्रदर्शन गर्न लागेको सो पार्टीका प्रबक्ता प्रकाण्डले जानकारी दिएका छन । माओवादीले कालोबजारीमाथि जनस्तरबाट कारवाही गर्ने भन्दै उनीहरु आफ्नो रेकर्डमा परेको जनाएको छ […]

२०७२ मंसिर ८ गते, मंगलवार

प्रधानमन्त्रीको अनुनय , यस्तो बेला साथ दिनुहोस

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका दललाई समस्या समाधानका लागि सरकारलाई साथ दिन आग्रह गरेका छन् । गएराति प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिपक्षी तथा सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री ओलीले मुलुक विषम परिस्थितिबाट गुज्रिरहेकाले सबैले मिलेर समस्या समाधान गर्नुपर्ने भन्दै उनले यस्तो अनुनय गरेका हुन् । मुलुकमा देखिएको समस्या कुनै पार्टी […]

२०७२ मंसिर ७ गते, सोमबार

सप्तरीमा गोली चल्यो , दुईजनाको मृत्यु

काठमाडौ, ६ मंसिर । गएराति मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदह र रुपनीमा राजमार्ग अबरुद्ध गर्न बसेका मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपमा गोली लागेर भारदह र रुपनीमा एक–एक जनाको मृत्यु भएको हो । भारदहमा गोली लागेर स्थानिय बीरेन्द्र राम […]

२०७२ मंसिर ६ गते, आईतवार

दुहबीमा गोलि चल्यो

काठमाडौ, ५ मंसिर । बृहत नागरिक समाजले सुनसरी जिल्लालाई टुक्र्याउन नहुने माग गर्दै निकालेको सदभाव र्‍यालीमा मधेसी मार्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास, ६ राउन्डभन्दा बढी हवाई फायर गरेको छ । त्यस क्रममा तीन प्रहरीसहित ९ जना घाईते भएको जनाइएको छ […]

२०७२ मंसिर ५ गते, शनिबार

कालोबजारी नियन्त्रणका लागि अनुगमन समिति बनाइने

काठमाडौ, ३ मंसिर । आजको मन्त्रिपरिषद बैठकले पुन:निर्माण विधेयक पारित नहुन्जेल राष्ट्रिय योजना आयोगमार्फत पुनर्निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । यसैगरी, मन्त्रिपरिषद्को आजको बैठकले तराईमा आन्दोलनरत दलहरुसँग वार्तालाई नयाँ उचाईका साथ प्राथमिकता दिने निर्णय पनि गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा कालोबजारी नियन्त्रणका लागि अनुगमन समिति बनाउने निर्णय गरेको छ । […]

२०७२ मंसिर ३ गते, बिहीबार

इन्धन सम्झौत गर्न सरकारी टोली चीन जाँदै

काठमाडौ, ४ मंसिर । सरकारले पेट्रो चाइनासँग इन्धनको व्यापारिक सम्झौता गर्न आज सात सदस्यीय प्रतिनिधिमण्डल चीन पठाउँदैछ । वन मन्त्रालयका सहसचिव शम्भु घिमिरेको नेतृत्वमा नेपाल आयल निगमसहितको उच्चस्तरीय टोली त्यसतर्फ जान लागेको हो । टोलीमा परराष्ट्र, कानुन, अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुने छन् । टोलीले पेट्रो चाइनासँग इन्धन आयातको व्यापारिक सम्झौता गर्नेछ । भारतले अघोषितरुपमा […]

२०७२ मंसिर ४ गते, शुक्रबार

इन्धन सम्झौता गर्न नेपाली टोली चीन जाँदै

काठमाडौ, ३ मंसिर । आज चीनसँग इन्धन सम्झौता गर्न सरकारी टोली बेइजिङ जाने तयारी भइरहेको छ । चीनले चाहे जति इन्धन उपलब्ध गराउने बताएपछि त्यसका लागि सम्झौता गर्न सरकारी टोली चीन जान लागेको हो । आज बिहान आपूर्ति मन्त्रालयले छलफल गरेपछि टोली चीन पठाउन लागेको छ । वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुन हिजो चीनबाट […]

२०७२ मंसिर ३ गते, बिहीबार

मोर्चासग निर्णायक वार्ता हुदै

काठमाडौ २ मंसिर । मुख्य तीन दल र तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाबीच आज निर्णायक वार्ताको तयारी भएको छ । तर वार्ताका लागि समय र स्थान भने अझैसम्म तय भइसकेको छैन । मधेशी मोर्चाका नेताहरुले प्रदेश सिमांकनमा साझा धारणा बनाएर वार्तामा आउन भनेपनि मुख्य तीन दलले अहिलेसम्म साझा प्रस्ताव तयार पारेको छैन । प्रधानमन्त्री केपी […]

२०७२ मंसिर २ गते, बुधबार