राजनीति

माओवादी घटक प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै

काठमाडौ, १९ चैत । एमाओवादी नेतृत्वको ६ माओवादी घटकले प्रधानमन्त्री सुशील कोइरालासँग वार्ता गर्ने भएको छ। सशस्त्र द्वन्दकालीन मुद्दाका बारेमा सर्वोच्च अदालतको फैसलाको विरोध गर्दै ६ माओवादी घटकले प्रधानमन्त्री सुशील कोइरालालाई शुक्रबार भेटेर ज्ञापनपत्र बुझाउने योजना बनाएका छन्। एमाओवादी केन्द्रीय कार्यालयमा बुधबार बसेको ६ माओवादी घटक दलको बैठकले सर्वोच्च अदालतको फैसलाले विस्तृत शान्तिसम्झौता र अन्तरिम […]

२०७१ चैत्र १९ गते, बिहीबार

भारतीय विदेश सचिव सुब्रमन्यम् नेपाल आउँदै

काठमाडौ, १९ चैत । भारतका विदेश सचिव डा एस (सुब्रमन्यम्) जयशंकर दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन । नेपालमा रहँदा उनले राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, परराष्ट्र मन्त्र ितथा वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाली समकक्षी शंकरदास वैरागीसँग भने प्रतिनिधि मण्डल स्तरीय भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र […]

२०७१ चैत्र १९ गते, बिहीबार

प्रधानमन्त्रीलाइ पाइलटले नटेरे पछि …

काठमाडौ, १८ चैत । त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन्। प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेका थिए। दिनभरको मौसम सुर्खेत उडानका लागि […]

२०७१ चैत्र १८ गते, बुधबार

३० दलियमोर्चा आन्तरिक छलफलमा

काठमाडौ, १७ चैत । एमाओवादी नेतृत्वको ३० दलियमोर्चाले आजपनि आन्दोलनको स्वरुप र रणनीतिको बारेमा आन्तरिक छलफल गर्दैछन । बिपक्षी मोर्चाले यस अघि घोषणा गरेको पर्सिको नेपाल बन्द कार्यक्रम फिर्ता लिएपनि अरु रणनीतिको बारेमा छलफल गर्न लागेको जनाएको छ । बैठक दिउँसो १ बजेपछि एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

२०७१ चैत्र १७ गते, मंगलवार

ठग ज्योतिष माओवादीको फन्दामा

काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारी पाल्पाले भारतीय महाराष्ट्रका ज्योतिष अशोक मण्डललाइ नियन्त्रणमा लिएका छन । अखिल क्रान्तिकारीले पाल्पाको होटल इन्द्रेणी एण्ड रेष्टुरेन्टको कोठा नं. २०२ मा भारत महाराष्ट्रका ज्योतिष पण्डित स्वामी जि महाराज अशोक मण्डल तथा उनका सहयोगी उमेश र कैलाशलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो । उनीहरुले खुलेआम रुपमा विगत ४ दिनदेखी […]

२०७१ चैत्र १६ गते, सोमबार

३० दलीय मोर्चाको बैठक बस्दै

काठमाडौ, १६ चैत । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठकमा अहिलेसम्म भएको वार्ता र छलफलको समीक्षा गर्दै आगामी कार्यक्रम बनाइने तयारीस्वरुप बैठक बस्न लागेको नेताहरुले बताएका छन् । विपक्षी मोर्चाले हिजोसम्म गरिएका वार्ताहरु सकारात्मक नभएको निष्कर्ष हिजै साँझ बसेको बैठकले पनि निकाल्दै थप आन्दोलनका कार्यक्रम सार्वजनिक […]

२०७१ चैत्र १६ गते, सोमबार

दोषीलाई बर्खास्त गर : डा. केसी

काठमाडौ, १६ चैत । अनशनमा बसेका डा. गोविन्द केसीले दोषीलाई बर्खास्त गर्न माग गरेका छन्। हिजो सरकारका प्रतिनिधि र अनशनमा बसेका डा. गोविन्द केसी पक्षका चिकित्सकबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ। अनशनको आठौं दिन वार्ता गर्न स्वास्थ्यमन्त्री खगराज अधिकारी र सरकारका मुख्य सचिव लीलामणि पौड्याल टिचिङ अस्पताल पुगेका थिए। उनीहरूले केसी पक्षका चिकित्सक योगेन्द्रप्रसाद सिंह […]

२०७१ चैत्र १६ गते, सोमबार

सभामुखको अल्टिमेटम अलपत्र

काठमाडौ, १५ चैत । संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले सहमति गर्न दलहरुलाई पछिल्लोपटक दिएको समय आज सकिँदैछ । सभामुख नेम्वाङले सहमतिका लागि आज साँझ ५ बजेसम्म कुर्ने बताएका थिए । त्यस समयभित्र पनि सहमति नबने संविधानसभाको बैठक बोलाउन बाध्य हुने चेतावनी सभामुख नेम्वाङलेले दलहरुलाई दिएका थिए । तर, प्रमुख दलका शीर्ष नेताहरुबीच संयुक्तरुपमा एकपटक पनि औपचारिक […]

२०७१ चैत्र १५ गते, आईतवार

ओलीको दैलोमा प्रधानमन्त्री

काठमाडौं, १४ चैत । आज प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।राजनीतिक गतिरोधको निकास र संविधान जारी गर्ने मिति तय गर्ने विषयमा ओली निवास बालकोटमा दुई नेताबीच छलफल भएको हो । दुई नेताबीच संविधान लेखन प्रक्रिया, दलहरुबीच सहमतिको सम्भावना र सरकारको काम–कारबाहीबारे विस्तृत कुराकानी भएको थियो ।करिब डेढ घन्टा लामो […]

२०७१ चैत्र १४ गते, शनिबार

मिल्यो एमालेको भागबण्डा

काठमाडौं – नेकपा एमालेले महाधिवेशन सकिएको ८ महिनापछि नेताहरुको कार्यविभाजन गरेको छ । चैत ८ देखि ११ गतेसम्म बसेको एमालेको स्थायी कमिटिको बैठकले नेताहरुको कार्यविभाजनको निर्णय गरेको हो । एमाले महासचिव ईश्वर पोखरेलले शुक्रबार विज्ञप्ति निकालेर बैठकको निर्णय गरे अनुसारको कार्यविभाजन बारे जानकारी दिएका हुन् हो । एमालेको कार्यविभाजनको पूर्ण बिबरण यस प्रकार रहेको छ […]

२०७१ चैत्र १४ गते, शनिबार