राजनीति

नेपाल सम्वत् ११३५ सुरु

काठमाडौं, ७ कात्तिक। आजवाट नेपाल सम्वत् ११३५ सुरु भएको छ । सोहि क्रममा नेपाल सम्वत् ११३५ नेपाल राज्यभर विविध कार्यक्रम गरी मनाइँदैछ ।यस सम्वत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले ईसं ८८० मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात् गराएको थियो । नेपाल संवत्ले ८ सय […]

२०७१ कार्तिक ७ गते, शुक्रबार

प्रचण्डले क्यामेरा पचाए

काठमाडौ, ५ कात्तिक । लामो सशस्त्र विद्रोहपछि सत्ताको बागडोर लिँदा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको ढुकुटीप्रति कति संवेदनशीलता देखाए? त्यो अलग्गै खोजीको विषय भए पनि जिन्सी खातामा उनको नाम विगत ६ वर्षदेखि बक्यौता सूचीमा छ। उनको नाममा त्यस समयको एक लाख १६ हजार आठ सय रुपैयाँबराबरको सामान राज्यलाई फिर्ता नगरेको बक्यौता देखिएको छ। सरकारी रेकर्डअनुसार […]

२०७१ कार्तिक ५ गते, बुधबार

पद सम्हाल्दै मानवअधिकार आयोगका पदाधिकारी

काठमाडौ, ३ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगमा सिफारिस भएका पदाधिकारीले आज पद तथा गोपनियताको शपथग्रहण गरेपछि आ-आफ्नो पद सम्हाल्ने भएका छन् ।राष्ट्रपति डा रामबरण यादवले आज दिउँसो शितल निवासमा पद तथा गोपनियताको पद तथा सपथ गरुाउने कार्यक्रम रहेको छ । गएको असोज ३१ गते सबै नाम संसदीय समितिले अनुमोदन गरेको थियो । सपथग्रहण दिउँसो दुई […]

२०७१ कार्तिक ३ गते, सोमबार

गंगामायाले तोडिन् अनसन

काठमाडौं, २ कार्तिक । अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन् ।सरकारसँग ५ बुँदे सहमति भएपछि उनले शनिबार राति ९ बजेर २० मिनेटमा अनसन तोडेकी हुन् । कानुनमन्त्री नरहरि आर्चाय वीर अस्पताल पुगेर गंगामायालाई जुस खुवाएका थिए । यद्यपि उनले आफूले दाल भात नखाने र हर्लिक्स, फलफूल, जुस, ग्लुकोज र दूध मात्र खाने बताएकी […]

२०७१ कार्तिक २ गते, आईतवार

एमाले चियापान कार्यक्रम गर्दै

काठमाडौँ, १ कात्तिक । नेकपा (एमाले) ले बडादसैँ, दीपावली, नेपाल सम्वत् ११३५, छठ, वकरइद तथा ल्होसारको उपलक्ष्यमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने भएको छ ।नेकपा (एमाले) पार्टी केन्द्रीय कार्यालय मदननगर, बल्खुमा हुने सो चियापान समारोहमा प्रधानमन्त्री सुशील कोइरालालगायत मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, पूर्व प्रम, पूर्व मन्त्री, पूर्व राजदूत र […]

२०७१ कार्तिक १ गते, शनिबार

एमाओवादी नेतृत्वको २२ दलीय मोर्चा आम सभा गर्दै

काठमाडौं, ३१ असोज । एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज आमसभा गर्ने भएको छ । मोर्चाका तर्फबाट विहीबार पत्रकार सम्मेलन गरी एमाओवादीका महासचिव कृष्णबहादुर महराले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पार्ने गतिविधि भइरहेको दाबी गर्दै पहिचानसहितको संविधान निर्माणका लागि दबाब दिन सभा गर्न लागेको बताए ।२२ दलीय मोर्चामा एकीकृत माओवादी, मधेसी जनअधिकार फोरमलगायतका दल तथा […]

२०७१ आश्विन ३१ गते, शुक्रबार

आज विश्व खाद्य दिवस मनार्इंदै

काठमाडौं, असोज ३० । पारिवारिक खेती: सबैलाई खुवाऔं, पृथ्वीलाई जोगाऔँ’ भन्ने नाराका साथ आज विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनार्इंदैछ । विश्वको खाद्य समस्यालाई एकताबद्ध रुपमा सम्बोधन गर्ने उद्देश्यले विश्व खाद्य तथा कृषि सङ्गठनको आह्वानमा दिवस मनाउन थालिएको हो । यो वर्षको दिवसमा पारिवारिक खेतीमा जोड दिईएको छ । परिवारका सबै सदस्य […]

२०७१ आश्विन ३० गते, बिहीबार

एमाओवादी सम्बद्ध २२ दलीय मोर्चा जनप्रदर्शन गर्दै

काठमाडौ । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाले आज दाङको घोराहीमा जनप्रदर्शन र सभा गर्ने भएको छ । सहमतिबाटै पहिचानसहितको संघीय संविधान जारी गर्न दबाब दिने उद्देश्यले केन्द्रीय कार्यक्रम अन्तर्गत घोराहीमा प्रदर्शन र सभा गर्न थालिएको संघीय गणतान्त्रिक मोर्चाले जनाएको छ । आज दिउँसो १२ बजे ट्राफिक चोकबाट ¥याली शुरु गर्ने र तुलसीपुर चोकमा […]

२०७१ आश्विन २९ गते, बुधबार

नेताहरुको हत्या हुन सक्ने आशंका

काठमाडौ, २७ असोज । भारतले नेपाल सरकारलाई आतंककारीद्वारा नेपालका महत्वपूर्ण नेताको हत्या हुनसक्ने सूचना दिएको छ ।काठमाडौंस्थित भारतीय दूतावासले दिएको यो सूचनामा नेपाली नेताहरुको हत्यासँगै आफ्ना दूतावासका वरिष्ठ अधिकृतहरुको पनि अपहरण हुनसक्ने कुरा उल्लेख छ । १८ दिनअघि अर्थात् २४ सेप्टेम्बर २०१४ मा एक गोप्य तथा औपचारिक पत्रमार्फत भारतले नेपाली नेताहरु तथा भारतीय कूटनीतिक अधिकृतहरुको […]

२०७१ आश्विन २७ गते, सोमबार

यस्तो पो प्रचण्ड प्रवृति

काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको कार्य प्रवृति पार्टीीभत्र मात्र होइन आम राजनीतिमा समेत कसैले अनुमान लगाउन नसक्ने किसिमको भएको र्सबबिदितै बिसय हो । यसै क्रममा चालिस दिनसम्म संविधानसभाको बैठक रोकेर उच्चस्तरीय राजनीतिक समितिको दर्ुइ महिने करारसहित संयोजक पद हत्याउन सफल एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको कार्यशैली पुन अनौठो देखिएको छ । सबैको सहमतिमा […]

२०७१ आश्विन २५ गते, शनिबार